Saturday, October 31, 2009

शरणार्थी पक्राउ

डेढ वर्षअघि दमकको मुख्यचौकमा अवस्थित लक्ष्मी वैंक लुटपाटको घट्नामा सम्लग्न एक जना भुटानी शरणार्थीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा वेलडाँगी -१ भुटानी शरणार्थी शिविरका सेक्टर जी का २२ वर्षीय डाकमान भुजेल रहेका छन् । भुजेललाई दमकको वसपार्क नजिकवाट पक्राउ गरिएको थियो ।

Friday, October 30, 2009

शरणार्थी सरोकार पूर्वमा पनि


उपत्यका र आसपासका जिल्ला विगत तीन बर्षदेखि बज्दै आएको भूटान मिडिया सोसाइटीको साप्ताहिक रेडियो कार्यकम्र शरणार्थी सरोकार अब धरानबाट पनि बज्न सुरु गरेको छ ।
भूटान मिडिया सोसाइटीद्वारा जारी विज्ञप्तीका अनुसार ९५.१ मेगाहर्ज गणतन्त्र एफएम धरानबाट गत अक्टोबर १८ देखि सो कार्यक्रम साप्ताहिक रुपमा बजाउन सुरु गरिएको हो ।
“नेपाल एफएम काठमाडौंबाट बज्ने शरणार्थी सरोकार अब स्याटलाइटको सहायतामा गणतन्त्र एफएम धरानबाट पनि सुन्न सकिन्छ,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अब शरणार्थी सरोकार कार्यक्रम सबै शरणार्थी शिविर, भारतका केहि जिल्ला र भूटान-भारत सिमानासम्म सुन्न सकिने भूटान मिडिया सोसाइटीले जनाएको छ ।
शरणार्थीका कथा-व्याथा अलावा भूटानी र भूटानी शरणार्थीसम्वन्धि ताजा गतिविधि, इतिहास, सुसासन, प्रेशको भूमिका र पुनर्वास पछिका विषयहरुलाई कार्यक्रमले समेट्ने सो कार्यक्रम उत्पादनमा नेपाल एफएम स्टुडियोभित्र शरणार्थी सरोकारका इच्छा पौड्याल र तेजु प्रकाश (फोटो - भुटान समाचार सेवा)

Thursday, October 29, 2009

शिविरमा छापा मारिएपछि तनाव

हंसेदुम्से सामूदायिक वन परिसरभित्र रहेको सिसौको रुख तथा काठ शरणार्थी शिविरभित्र दशैं र तिहारविच धैरै मात्रामा चोरी निकासी भएको आशंकामा बुधवार बेलडाँगी १मा छापा मारिएको छ ।
सामूदायिक वन तथा सशस्त्र प्रहरी बलद्वारा सोमबारदेखि सञ्चालित दोस्रो चरणको एलआरपी (लामो दुरीको गस्ती)र बेलडाँगी वन रेन्जपोष्टका इन्चार्ज जीवन पाठक सहितको संयुक्त टोलीले शिविरबाट ठूलो परिमाणमा लुकाएर राखेको अवैध चिरान सिसौको काठ तथा गोला एक ट्याक्टर बेलडाँगी १को सेक्टर एफ र जिका छाप्राबाट बरामद गरेको छ ।


टोलीले शिविरका सम्बन्धित निकायमा जानकारीसहित प्रवेश गरेको भनेतापनि शरणार्थी शरोकारवालले शिविरभित्र छापा मार्नु अर्न्तराष्ट्रिय नियम विपरीत भएको भन्दै टोलीको काममा बाधा पुर्याएको वनका रेन्जपोष्ट इन्चार्ज जीवन पाठकले जानकारी दिनु भएको छ ।
सहमतिका आधारमा शिविरभित्र छापा मार्नु पर्ने भनि टोलीलाई शिविर भित्रबाट शरणार्थी समान्वय एकाईका प्रतिनिधि हर्क बहादुर राई, यूएनएचसिरका प्रतिनिधि विष्णु मगर र लुथरन विश्व फेडेरेसनका बेलडाँगी १का लागि क्याम्प अधिकृत हदनारायण चौधारीले टोलीलाई क्याम्प व्यवस्थापन समितिको कार्यालयमा पुर्याएपछि ठूलो विवाद उत्पन्न भएको थियो ।


अर्कोतर्फ टोली कार्यालयमा फर्किएपछि शिविरभित्रका सिसौको गोला काठ नजिकैको रतुवा खोला तथा कुलामा फालिएको र अन्य छाप्रामा लुकाउँदै गर्दा बेलडाँगी १, सेक्टर एफ १, छाप्रा नं. ३/४मा बस्ने भिम बहादुर गजमेरलाई वन कार्यालयमा थुनिएको सशस्त्र प्रहरी बल बेलडाँगी १ले जानकारी दिएको छ ।
वनले कुनै पनि आधिकारिक जानकारीविना शिविर प्रवेश गरी शरणार्थीको खाटमा लगाएको तख्ती, मान्छे विनाको छाप्रामा खानतलासि गरेकोमा क्याम्प सचिव टिवि गुरुङ्गले दुःख ब्यक्क्त गर्नु भएको छ । त्यसै गरि सेक्टर एफका सवसेक्टर हेड कुल बहादुर बस्नेतलाई शरणार्थीले टोलीलाई फोन गरि बोलाएको भनि घेराऊमा पारेको बस्नेतले जानकारी थिए भने वनका कार्यकतालाई शिविरवासीले ढुङ्गा र अनैतिक शब्द प्रहार गरि लखेटेकोमा जीवन पाठकले आपति जानाएका छन् ।


सो विषयमा शरणार्थी समान्वय एकाइ र झापा जिल्ला प्रमुख जिल्ला अधिकारीलाई जानकारी भईसकेको शरणार्थी प्रतिनिधि र टोलीका इन्चार्ज पाठकले जानकारी दिनु भएको छ ।
संयूक्त टोली र शरणार्थी शरोकारवालाविच आज बेलडाँगी १को क्याम्प ब्यवस्थापन समितिको कार्यालयमा सहमतिको लागि बैठक बस्ने भएको छ ।

सडक दुर्घटनामा एक घाइते

अमेरिकाको वासिङ्गटनस्थित केन्टमा पुनरस्थापित एक युवती  सडक दुर्घटनामा परि घाइते भएकी छिन् । २० वर्षीया नर्वदा तिम्सिनालाई बाटो क्रस गर्ने क्रममा एउटा ट्रकले ठक्कर दिएको थियो ।
केही समयअघि उनको आन्द्राले काम नगर्ने भएपछि अपरेशन गरिएको उनका बावु मोतिखर तिम्सिनाले जनाएका छन् । घटना लगत्तै उनलाई सेटल शहरमा रहेको हार्वरभ्यू अस्पताल लगिएको थियो । उनको दायाँ खुट्टाको घुँडामुनि भाँचिएको परीक्षणपछि थाहा भएको छ । चिकित्सकका अनुसार घाइतेको अवस्था चिन्ताजनक रहेको छ । उनको आन्द्रामा अझ असर पर्न सक्ने पनि चिकित्सकको अनुमान छ ।
तिम्सिना परिवार बेलडाँगी - १ सेक्टर ए-३, छाप्रा नं. २४८ बाट पुनर्वास कार्यक्रम अन्तरगत अमेरिका आएको थियो ।
(भुटान समाचार सेवाबाट)

Monday, October 26, 2009

शिविरमा सौर्य वत्ती

भुटानी शरणार्थी शिविरहरुमा वाक्लै रुपमा रहेका छाप्राहरु पूनर्वासका कारण खाली हुँदै गरेका भए पनि शरणार्थीका लागि सहयोगी संस्था लुथरन विश्व महासंघले ती छाप्रा र छाप्रावासीका लागि सौर्य वत्ती प्रदान गरिरहेको छ ।


शिविरभित्र दिन-प्रतिदिन घट्ने हिंसा, आगलागि, चोरीडकैती अनि लुटपाटका घट्नाहरुलाई नियन्त्रण गर्ने उद्देश्यले शिविरभित्र विगत तीन वर्ष अघिदेखि

डेजी डेललाई खुल्ला पत्र


भुटानी पत्रकार टिपि मिश्रले युएनएचसीआर नेपाल प्रतिनिधि डेजी डेलका नाममा आफ्नो व्लगमा आज एउटा खुल्ला पत्र लेखेका छन् । शरणार्थी शिविरभित्र भइरहेका गतिविधिहरुतर्फ सम्वन्धित पक्षले चासो नदिएको औंल्याउँदै उनले लेखेको पत्रको भावानुवाद ।
युएनएचसीआर नेपाल प्रतिनिधि
डेजी डेल
महोदया,

Saturday, October 24, 2009

पढाइ छोडेर ‘कमाइ’

शिविरबाहिर गई यौन ब्यवहार गर्ने तीन शरणार्थी युवतीलाई विहिबार विभिन्न स्थानबाट क्याम्प रेखदेख समिति शनिश्चरेले पक्राउ गरेको छ ।

शिविरबाट दुइ/तीन दिन हराएपछि ती युवतीका बाबुआमाले समितिमा उनीहरुको खोजतलासका लागि निवेदन दिएका थिए । सो निवेदन परेपछि समितिले सुराकी लगाई विराटनगर, दमक, वितामोड र इटाहरिका विभिन्न होटल र रेष्टुराँबाट उनीहरुलाई पक्राउ गरेको समितिका संयोजक डिवी गुरुङ्गले बताउनु भयो ।
पक्राउ पर्नेमा शनिश्चरे क्याम्प सेक्टर सि/२, की १६ वषिर्या मोति तामाङ्ग, सेक्टर जे/१ बस्ने १५ वर्षिया निमा डोल्मा तामाङ्ग र सोही क्याम्प बस्ने सेक्टर सि/२ की १६ वर्षिया गोपीमाया दर्जी रहेको गुरुङ्गले जानकारी दिएका छन् ।

Thursday, October 22, 2009

( Follow up news)

Dhan Bdr Rai who involve in refugee registration fraud case is on arrest of nepal police today for more investagation.
 
Now he is in damak nepal police costody. According to inspector nabin karki- he cant give the name of local people who registrated as refugee. 
 
He is under arrest with the application of his nephew krishna bhakta rai of same hut D2/ 168 and 69.
In the absence of his brother yam bdr rai and nephew kirtiman rai , dhan bdr registrated local as his family and snape the photo in JVT house.
 
 

शरणार्थी, समाचार


रमेश सुब्बाका जेठा छोरा पत्राउ
शिविर भित्र भूमिगत संगठनको नाममा शरणार्थी अगुवाहरुलाई धाक-धम्कि दिने एक शरणार्थी विर बाहादुर सुब्बालाई गएराति सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सयुंक्त टोलीले पत्राउ गरेको छ ।

Tuesday, October 20, 2009

परिचय पत्र, नेपालीको नाममा

रोजगारीका लागि शिबिर बाहीर गएका बेलडाँगी १ शरणार्थी शिविरका दुई शरणार्थीको नाममा किर्ते विवरणको भरमा गैरभूटानीलाई फोटो खिचाई नक्कली शरणार्थी बन्उन् खोजेको खुलासा भएकॊ छ ।
बेलडाँगी १ शरणार्थी शिविर सेक्टर डि÷४ छाप्रो नम्बर २६८÷६९का याम बहादुर राई र उहाँका भतिजा किर्तिमान राईको नाममा दुई अपरिचित स्थानीय सोही परिवारकै अर्का सदस्य धनबहादुर राईको मिलेमतोमा राष्ट्रसंघिय शरणार्थी आयोगको टोली समक्ष फोटो खिचाई शरणार्थी बन्न्ो प्रकिृयामा रहेको खुलेको नातेदार कृष्णभक्त राईले बताउनु भएको छ ।

Saturday, October 17, 2009

कला र कलाकारितालाई सम्मान



भूटानी कला, साहित्य, संस्कृतिको बचाउ अभियानमा जुटेका नव शरणार्थी यूवाहरुको एउटा समूह क्रिएटिभ इन्टरटेन्टमेन्ट समूहले तिहार विशेष कार्यक्रमको आयोजना  आज लक्ष्मी पुजाको दिन पारेर शनिश्चरे विशाल   साङ्गितिक तथा साहित्यीक महोत्सव २०६६ को भूटानी कलाकार केदार उप्रेतीको सभाध्यक्षतामा सम्पन्न गरेको छ ।

प्रजातन्त्रको खिल्ली उडाउने सम्मेलन

२०६६ आश्विन ३० - स्वतन्त्रपूर्वक राजनैतिक दल दर्ता गरी प्रजातान्त्रिक अभ्यास गर्न पाउने बहुदलीय प्रजातन्त्रको मूल मर्मलाई तिलान्जली दिएर हालैमात्र दुईदलीय प्रजातन्त्रमा प्रवेश गरेको भुटानले यही असोज २५ देखि २८ गतेसम्म पूरै एसिया महादेशलाई प्रजातन्त्रको पाठ सिकाउन एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो । के प्रजातन्त्रको दमनकर्ता र निरंकुश सरकारले प्रजातान्त्रिक संस्कार र मूल्यमान्यता सिकाउन सक्छ ? कि भुटान प्रजातन्त्रको प्रशिक्षणका नाममा एसियाको अरू देशलाई पनि भुटानकै कथित प्रजातान्त्रिक अभ्यास अनुसरण गर्न प्रोत्साहन गर्ने प्रपञ्च रच्दैछ ? नत्र निर्लज्जताको यो पराकाष्ठा किन ? अनि विश्वभरका प्रजातन्त्रका ठेकेदार भनाउँदाहरू, जसले चाहेमा भुटानी बर्बर निरंकुश राजतन्त्रको जरा उखेल्ने क्षमता राख्दछन्, किन उनीहरू भुटानी राजाको काखमा प्रजातन्त्रको पाठ पढ्न जाँदैछन् ? जातीय सफायाको नीतिअनुरूप आफ्नै देशको छ भागको एक भाग जनसंख्यालाई देश निकाला गरेर, राजालाई विशेषाधिकारको व्यवस्थासहित बनाइएको संविधानको बलले आफ्नै देशको उलेख्य जनसंख्यालाई निर्वाचनमा भाग लिन नदिएर, राजपरिवारको आसेपासेलाई मात्र राजनैतिक दल दर्ता गर्न दिएर गरिएको निर्वाचनद्वारा गठित कठपुतली सरकार सक्रिय रहेको देशमा प्रजातन्त्रवादीहरूले पाइला हाल्नुलाई विश्वको प्रजातान्त्रिक आन्दोलनले चानचुने रूपमा लिनुहँुदैन ।

यसबारे प्रजातान्त्रिक देशहरूबीच गम्भीर बहस हुनु जरुरी छ । राजतन्त्रको रापबाट बल्ल-बल्ल मुक्ति पाएका हाम्रा देशका कांग्रेस र एमालेका सभासदले पनि यस सम्मेलनमा भाग लिए । हामी मानव अधिकारवादीले सम्मेलनको घोर भत्र्सना गर्न केही दिनअघि अन्तक्रिर्या कार्यक्रम पनि राखेका थियौं, जसमा सम्मेलनका एक निम्तालु इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलको भुटानविरुद्ध कडा रूपमा प्रस्तुत हुने कुरा समाचारमा आउनेबित्तिकै उनलाई भुटानले प्रवेशाज्ञा दिएन । यसरी आफ्ना आलोचकलाई आफ्नो देशभित्र पनि पस्न नदिने भुटानले एसिया महादेशकै प्रजातन्त्रका बारेमा बहस आयोजना गर्नु आफंैमा उपहासपूर्ण हो ।

Friday, October 16, 2009

शिविर भित्र माग्नेको पिडा

प्रजातन्त्रको मागपछि शरणार्थी भई नेपालको पूर्वी भाग झापा र मोरङ्गमा शरणागत एक लाख बढी भूटानी शरणार्थी विभिन्न दातृ संघ-संस्थाको मानविय सहायतामा आश्रित र पोषित छन् ।

वर्तमान परिप्रेक्ष्यमा शरणार्थीले पाउँदै आएको न्यूनतम राहत पनि ५० प्रतिशतले काटिएको खबरले शरणार्थी शंसकित र भयवित छन् । यस्तो परिस्थितिमा जोगीको घरमा सन्यसी पाहुना भने झैं शरणार्थी शिविरका छाप्राका ढोकामा आज भोली माग्नेहरु होडबाजी देख्दा, हग्नेलाई भन्दा देख्नेलाई लाज भन्ने जस्तो शरणार्थी स्वयंम नै लज्जास्पद देखिन्छन् । धर्मको नाममा होस या समाजिक संस्कारले गर्दा होस अझै पनि शरणार्थी भित्री मुठीको एक मुठी चामल दिन भने छोडेका छैनन् ।

खाद्यान्न कटौति मा बहिष्कार


Thursday, October 15, 2009

शरणार्थी सन्देश

किर्ते ठगी

स्थानीय मान्छेलाई किर्ते विवरणको भरमा शरणार्थी बनाउन खोजेको अभियोगमा बेलडाँगी शिविरका शरणार्थी सहित पाँच जना पक्राउ परेका छन
गएराती दमक ११को एक होटलबाट पक्राउ परेका शरणार्थीहरुमा बेलडाँगी शरणार्थी शिविरका पूर्वसचिव देवराज प्रधान बेलडाँगी कै सेक्टर आई१ छाप्रो नम्बर ७८ का मकर बहादुर गुरुङ्ग सहित तीन स्थानीय पनि छन

Tuesday, October 13, 2009

सुब्बाले आपत्ती जनाए

भुटान मानव अधिकार संगठनका अध्यक्ष एसबी सुब्बाले केही समय पहिले भएको भुटानी नेता केबी खड्का हत्या प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने आशयले प्रकासित समाचार प्रति आपत्ती जनाउनु भएको छ । अध्यक्ष सुब्बाले एक प्रेस विज्ञप्ती प्रकासित गरि आफ्नो चरित्र हत्या गर्ने उदेश्यले समाचार प्रकासित भएको भन्दै आपत्ती जनाउनु भएको हो । विज्ञप्तीमा भुटानी शिक्षक शान्तिराम नेपाल र पूर्व सचिव खड्का हत्या प्रकरणमा एक जना मानव अधिकारकर्मीको नाम जोडीनु दुखद भएको उल्लेख छ ।


उहाँले घटनामा संलग्नको पहिचान र गिरफतारी समेत भईसकेको अवस्थमा आफूँमाथि लगाइएको आरोप निन्दनिय भएको जनाउनु भएको छ ।हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले परेका वेलडाँगी शिविरका यादव गुरुङ र टिमाइका पहलमान र्राईलाई केही समय अघि पक्राउ गरि अनुषन्धान शुरु गरेको थियो । उनीहरुले घटनामा आफ्नो रिभुल्योसनरी फ्रन्ट अफ भुटानको संलग्नता रहेको स्वीकार गरेका छन् । विज्ञप्तीमा घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरिएको छ ।यसअघि सुव्वाले भुटान समाचार सेवाका टिपी मिश्रलाई आफू निर्दोष रहेको आषयको इमेलमार्फत एक अन्तरवार्ता दिएका थिए ।

Friday, October 9, 2009

नेपाल सरकारलाई ज्ञापन पत्र


भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले नेपाल सरकारकै कमजोरीका कारण घर फिर्न चाहने भुटानी शरणार्थीको आत्मसम्मानमा चोट पुगेको आरोप लगाएको छ ।


समितिका अध्यक्ष डा. भम्पा राईले आज नेपाल सरकारलाई ज्ञापन पत्र पठाई घर फिर्न चाहने भुटानी शरणार्थीको मनोभावनाको पनि मूल्यांकन गर्न आग्रह गर्दै सहयोगका लागि याचना गर्नु भएको हो ।
झापाको दमकमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्रालयका प्रतिनिधि इलाका प्रशासन कार्यालयका प्रमुख गणेश अधिकारीमार्फत ज्ञापन पत्र पठाईएको हो ।


स्वदेश फिर्तीका लागि यसअघि शराणर्थीले गरेका प्रयासहरु निष्फल प्राय भएको उल्लेख गर्दै ज्ञापन पत्रमा तेस्रो मुलुक पुनर्वासका प्रचार अत्याधिक भएकोले अव त्यसलाई रोक्न आग्रह गरिएको छ ।


आज सरकोकारवालासँग शरणार्थी समस्याको विषयमा अर्न्तक्रिया गर्ने भनिएकोमा बन्दको कारण सहभागिहरु उपस्थित हुन नसकेपछि सो कार्यक्रम भने स्थगन भएको थियो ।

Thursday, October 8, 2009

भर्कीको विदाइ, अमलराजको स्वागत





शरणार्थीहरुको शैक्षिक कार्यक्रममा सहयोग पुर्याउँदै आएको संस्था कारितास नेपाल-दमकका कार्यक्रम निर्देशक फादर भर्कि पेरेक्कट एस.जे.लाई आज दमकमा शरणार्थी नेतृत्व, क्याम्प ब्यावस्थापन समिति र शरणार्थीहरुले विदाई कार्यक्रम गरेका छन् ।
कार्यक्रमको अध्यक्षता कारितास नेपालका अध्यक्ष विशप, एन्टोनी शर्माको रहेको थियो भने प्रमुख अतिथि कारितास नेपालका कार्यकारिणी निर्देशक केवी बोगटी रहनु भएको थियो । उक्त अवसरमा शरणार्थी नेता अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

भर्किको विदाई कार्यक्रमा भुटानी शरणार्थी स्वदेश फिर्ती परिषदका अध्यक्ष डा.भम्पा राई, राष्ट्रिय गोर्खा मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष राजमान गुरुङ, क्याम्प सचिवहरू भानु ढुङगाना, टिबी गुरुङ, डिल्लीराम अधिकारी लगायत शरणार्थीहरुले शरणार्थीहरुको शैक्षिक कार्यक्रमका बारेमा निरन्तरता दिन कारितास नेपालसँग निवेदन गरेका छन् ।
"शरणार्थीहरुको यात्रा जति लामो भएपनि कारितास नेपाल सदासर्वदा आफ्नो कार्यक्रम लिएर शिविरभित्र हुनेछ" फादर भर्किको भनाइ थियो उक्त अवसरमा। भर्किले शरणार्थी शिविरभित्र पूनर्वासका कारणले गर्दा अनुभवी शिक्षकहरुको अभाव रहेको र विद्यार्थीको घट्दो क्रमलाई पनि मध्यनजर गर्दै शिक्षाप्रति अन्य शरणार्थीलाई ध्यान दिन समेत आग्रह गर्नुभयो ।
भर्किको विदाईसँगै कार्यक्रममा फादर पि.यस.अमलराज एस.जे.लाई पनि शरणार्थीहरुको शैक्षिक कार्यमा सधैं माया गर्नु भन्दै शरणार्थीहरुले स्वागत गरेका थिए ।
शरणार्थी विद्यालय, शरणार्थी समूदाय, शरणार्थी प्रभावित श्रेत्र र विभिन्न संघ-संस्थाले भर्किको विदाई गरिसकेको र भर्कि शनिबार दमकबाट भारतको राजस्थानस्थित जयपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
शरणार्थी शिविरमा विगत १९ वर्ष अघिदेखि शैक्षिक कार्यक्रममा सहयोग पुर्याउँदै आएको संस्था कारितास नेपालले शरणार्थीको शिक्षामा विभिन्न सघं-सस्थाहरुसँग सहकार्य गरि पठपाठन गराई रहेको छ ।



यसैविच, भूटानी शरणार्थी यूवा मैत्री केन्द्रले फादर भर्किको विदाई कार्यक्रम पारेर शरणार्थी यूवाहरुको प्रतिभालाई एउटा मालाको रुपमा प्रस्तुत गर्दै सम्झौता नामक क्यासेट विमेचन गरेको छ ।
शिविरभित्र कला, साहित्य र सास्कृतिको संरक्षण गरि शरणार्थी समूदायलाई नयाँ गोरेटोमा डोर्याउनका लागि मैत्री केन्द्रले विगतका वर्षदेखि नै शिविरमा विभिन्न यूवा सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
मैत्री केन्द्रको प्रकाशनमा शरणार्थी शिविरभित्रको वर्तमान परिवेसलाई समेटी यूवाहरुमा लुकेर वसेको प्रतिभालाई समाजमाझ एक सम्झैता नामक गिती क्यासेट प्रकाशन गरेको कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चाले बताउनु भयो । गिती क्यासेटमा सात शिविरका शरणार्थी यूवाहरुको शब्द, संगीत तथा स्वर रहेको छ भने नेपाल लगायत भारतका ख्यातीप्राप्त कलाकारहरुको पनि सहयोग रहेको छ । क्यासेटलाई विमेचन गरि भावी दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता भर्किले जाहेर गरेका छन् । शरणार्थी यूवाहरुले विभिन्न गित, मन्तव्य राखि भर्किलाई विदाई गरेका थिए भने फादर अमलराजलाई स्वागत गरि कार्यक्रमलाई कारितास नेपालका अध्यक्ष विसहोप एन्टोनी शर्माले समापन गर्नुभएको थियो ।


Tuesday, October 6, 2009

शिविर भित्र

करणी

दुई वालिकालाई जवरजस्ती करणी गर्ने दुई युवामध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार रहेका छन् ।
भुटानी शरणारी शिविर टिमाइ, सेक्टर बी २ का २५ बर्षीय मानसिंह तामाङ र सोही स्थानका २१ बर्षीय पदम सार्कीले १० र ११ बर्षीया दुई वालिकालाई जवरजस्ती करणी गरेका थिए ।शनिवार राती ८ बजेतिर नजिकैको टिमाइ खोलामा सामूहिक वलात्कार गर्न थालेपछि दुई वालिकामध्ये एक जना भाग्न सफल भएकी थिइन् । अभिभावकलाई खवर गरेपछि प्रहरीको सहयोगमा मानसिंहलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीले जनाएको छ

अपराध
चोरी लुटपाट लगायतका आपराधिक घटनामा संलग्न दुई जना भुटानी शरणार्थी झापाको गोल्धाप शिविरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोल्धाप शिविर सेक्टर ए छाप्रो नं. ९ का २० वर्षीय चेतन विश्व र सोही शिविर सेक्टर ड-१ छाप्रो नं. १८ का २८ वर्षीय टंक थारु रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले सुराकीको आधारमा आइतवार राती पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक तथा पाथिभरा गणका गणपति गणेश ठाडा मगरले बताए ।समातिएका दुवै जना यसअघि गएको चैतमा विर्तामोडका माता लिङदेनको घरमा भएको लुटपाटमा संलग्न रहेको सुरक्षा स्रोतको दावी छ । “चार/पाँचवटा भन्दा बढि घटनामा उनीहरु संलग्न छन् ।” मगरले भने ।

नक्कली रक्सी

झापाको बेलडाँगी शरणार्थी शिविरमा अवैध रुपमा लुकाएर बेच्न राखिएको नक्कली रक्सीसहित एक शरणार्थीलाई सोमबार पक्राउ गरिएको छ ।बेलडाँगी - ३ सेक्टर सी, छाप्रा नं. १४ बस्ने दलविर र्राईलाई विभिन्न नामका बोतलमा सिल्डप्याक गरिएको १५ दर्जन बढि नक्कली रक्सीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी वेस वेलडाँगीले जानकारी दिएको छ । आइतबार राती शसस्त्र प्रहरी गस्ती टोलीले र्राईको घरमा छापा मार्दा ती नक्कली रक्सी बोरा तथा टिनको बाकसमा लुकाएर राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी निरीक्षक तथा वेस प्रमुख गान्धिवराज स्याङतानले बताएका छन् । बरामद रक्सी क्याम्प व्यवस्थापन समिति, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थितिमा सार्वजनिक रुपमा खाडल खनि नष्ट गरि पुरिएको सशस्त्र वेस वेलडाँगीले जानकारी दिएको छ ।
शिविरभित्र उछृङ्खल गतिविधि रोक्न सम्वन्धित निकायले शिविरभित्र कुनै पनि मादकजन्य पदार्थ बेचविखन तथा प्रयोग प्रयोजन पूर्ण रुपमा निषेध गर्न पटक पटक सूचना जारी गरेको छ ।पक्राउ परेका र्राईलाई सोमबार थप कानुनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको बताइएको छ ।

रिभुल्योसनरी भुटानले हत्या गरेको खुलासा

दमकको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका पूर्व सचिव केवी खड्काको रिभुल्योसनरी फ्रन्ट अफ भुटान नामक संगठनले हत्या गरेको खुलासा भएको छ ।गएको भदौ २३ गते दमकबाट शिविर जाने क्रममा हत्या गरिएको खड्काको हत्यामा संलग्न रहेको आशंकामा समातिएका दुई जनाले वयानका क्रममा सो कुराको खुलासा गरेका हुन् । सुरक्षा स्रोतका अनुसार अभियुक्तहरु वेलडाँगीका यादव गुरुङ र टिमाइका पहलमान र्राईले प्रहरीसँगको बयानमा आफूहरु सो संगठनको सैन्य विभागका लडाकु रहेको र उनको हत्या आफ्नै संगठनको नीति अनुसार नै भएको स्वीकार गरेका छन् । उनीहरुले शरणार्थीहरुको घरफिर्ती आन्दोलनलाई वाधा पुर्याएको ठहर गरी पार्टी नीति बमोजिम सफाया गरेको बताएको स्रोतले जनाएको छ ।सुरक्षा स्रोतका अनुसार गएको वैसाखमा हन्त्या गरिएका शान्तिराम नेपालको हत्यामा समेत सोही संगठनको संलग्नता रहेको थियो ।

Monday, October 5, 2009

मुखमा रामराम वगलीमा छुरा

हिजो पक्राउ गरिएका दुइ शरणार्थीहरुबाट शिविरहरुमा भएका हत्याका सृंखलाका बारेमा थप तथ्य प्राप्त भएका छन् । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुसँग सोधपुछ गर्दा थप जानकारी प्राप्त भएको जनाएको छ । पक्राउ परेका यादव गुरुङ र पहलमान राइ भूमिगत संगठन लिवरेसन आर्मी अफ भूटानका सदस्य भएको टिमाई सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

बेलडाँगी-१, सेक्टर जि/२ छाप्रा नं।२५६का २६ वषिर्य यादव गुरुङले भूटानी शरणार्थी अगुवाहरुको ज्यान लिइसकेको पनि खुल्न आएको छ । उनले गत वर्षबेलडाँगी-३का लाल बहादुर गुरुङलाई सुतिरहेको अवस्थामा गोली प्रहार गरि फरार भएको, बेलडागी-१ का शान्तिराम नेपाललाई पनि घरमै गई गोली प्रहार गरि घटनास्थालमै ज्यान लिएको, त्यसैगरि शरणार्थी अगुवा केवी खड्कालाई पनि दिनदहाडै सडकमा छुरा प्रहार ज्यान लिएको प्रहरीलाई बयान दिएका छन् । गुरुङ सहित टिमाई क्याम्प सेक्टर ए/३, छाप्रा नं.१४ का ३९ वषिर्य पहलमान राई लाई शुक्रबार राति शिविरबाट सशस्त्र प्रहरीबलले प्रकाउ गरि इलाका प्रहरी कार्यलय धुलाबारि बुझाएको सइ जयकुमार चौधारीले जानकारी दिएका छन् ।खड्काको हत्या यादव गुरुङ र उनका भेना भक्त गुरुङले गरेको प्रहरीलाई बयान दिएका छन् । भक्त टिमाई क्याम्पका शरणार्थी हुन् । खड्कालाई के कारण हत्या गरेको भन्ने बारेमा अझै जानकारी प्राप्त हुनसकेको छैन।


सो आपराधिक समूहलाई सञ्चालन गर्नेमा शरणार्थी शिविरका रमेश सुब्बा, तारामान मुकारुङ्ग र मानव अधिकारवादी नेता एस.वि. सुब्वाको नाम गुरुङले खुलासा गरेको टिमाई सशस्त्रप्रहरी बलका सहि चौधारीले जानकारी दिनुभएको छ । गुरुङ र राईलाई थप अनुसन्धानका लागि भद्रपुर चलान गरिएको छ भने शिविरमा सुरक्षा कडा पारिएको छ ।

Saturday, October 3, 2009

फलोअप - केवी खड्काका हत्यारा पक्राउ

भुटानी शरणर्थी शिविर बेलडाँगी ३ का पूर्व सचिव केबी खड्काको हत्यामा संलग्न दुइ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले शुक्रवार राती झापाको टिमाई र बेलडाँगी शिविरका दुइ जना भुटानी शरणार्थीलाई पक्राउ गरेको हो ।
गत भदौ २३ गते झापाको दमक स्थित बेलडाँगी १ र २ शिविर नजिकैको हंम्से दुम्से सामुदायिक वन कार्यालय नजिकै खड्काको हत्या भएको थियो । घटनमा संलग्न दमक बेलडाँगी शिविर सेक्टर जि २ हट नम्वर २६५/६६ बस्ने बस्ने वर्ष  २६ को यादव गुरूङ र टिमाई शिविर सेक्टर ए ३ हट नम्वर १४ बस्ने वर्ष ३९ वषिर्य पहलमान राई लाई शुक्रवार राती सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपती सशस्त्र प्रहरी उपरिक्षक गणेशठाडा मगरले पक्राउ परेका दुबैलाई जनपद प्रहरीको शनिवार जिम्मा लगाइएको बताए । पक्राउ परेका मध्ये गुरुङ भुटानी शिक्षक शान्तिराम नेपाललाई हत्या गर्न गोली हान्ने प्रमुख व्यक्ति रहेको भन्ने खुल्न आएको जानकारी दिए । नेपाललाई गत वैसाख ८ गते बेलडाँगी १ शिविरमा गोली हानी हत्या गरिएको थियो ।
सशस्त्र प्रहरी उपरिक्षक मगरले खड्काको हत्यामा संलग्न आधा दर्जन भन्दा धेरै व्यक्तिको खोजी भईरहेको बताए ।
दुइ जना भुटानी शरणार्थी अगुवाको हत्यापछि झापा र मोरङ स्थित सातै शिविरमा समेत सुरक्षा व्यस्था कडा बनाइएको छ । ती शिविरमा सावरी आवत जावतमा कर्डाई गर्नुका साथै साँझ सातबजे शिविर बाहिर र भित्र आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ ।

Friday, October 2, 2009

एच.आइभि.एड्स सम्बन्धी सडक नाटक


परिर्वतन नाट्य परिवारको प्रस्तुतीमा फूलपातीको दिनदेखि सुरु भएको एच.आइभि.एड्स सम्बन्धी सडक नाटक आज बेलडाँगी-१को विभिन्न सेक्टरहरुमा प्रस्तुत गरिएको छ ।

भूटानी शरणार्थीहरु रोजगारीको लागि शिविर बाहिर काम गर्न वर्षेनी जाने भएकाले उनीहरुमा एच.आइ.भी.एड्स सम्बन्धि कुनै पनि चेतना नभएकाले नाट्य परिवारले भूटानी शरणार्थीहरुको स्वस्थ्य चौकी आम्दा नेपालको आयोजनमा दशैंभरि सो चेतनामूलक नाटक प्रस्तुत गरिने परिवारका अध्यक्ष आइत गुरुङ्गले बताउनु भयो ।

रोजगारीमा गएर शिविर भित्रिएपछि कसैले पनि स्वस्थ्य चौकीमा जाँच नगर्ने भएकाले विदेशबाट आएका भूटानी शरणार्थीलाई चेतना दिनका लागि निर्माण गरिएको "साथ" नामक नाटकले शरणार्थीहरूको दैनिक अवस्थाको चित्रण गर्दै शिविरको सात ठाँउमा प्रस्तुत भइसकेको छ ।

नाटकमा शरणार्थीहरुलाई सघं-संस्थाले दिने गाँस, बास र कपास अपर्याप्त भएका कारण मिठो र मसिनो खानेकुरा ल्याउनका लागि एक युवा शिविरबाट बाहिरिन्छ तर उत्तम जीवनका लागि धन कमाउन बाहिरिएको उ विभिन्न युवतीसँग अनुचित र असुरक्षित यौन सम्वन्धमा लिप्त हुन थाल्छ आफ्ना परिवारजनलाई धोका दिएर । नेपालीहरुले मनाउने चार्डपर्वमा मान्ने सिलसिलामा शिविर आएको बेला विरामी भएकोले परिवारले उसलाई स्वस्थ्यचौकी लैजान्छन्, उसलाइ एड्स भएको पत्ता लाग्छ । तर उसले आफुलाई केही नभएको भन्दै शिविरबाट बाहिर निस्कन खोज्दा स्वस्थ्य चौकीका स्वयंमसेवकले राम्रोसँग सम्झाइ बुझाइ गरि उनलाई औषधी र एड्स सम्बन्धि जानकारी दिन्छन् ।

एच.आइ.भी.एड्स सम्बन्धि शरणार्थीहरूलाइ चेतना दिलाउन तयार गरिएको सो नाटक आफ्नो उद्देश्यमा पूर्ण रूपमा सफल हुने विश्वास गरिएको सो नाटकका लेखक तथा निर्देशक गुरूङ्गले बताउनु भयो ।


यू.एन.एच.सि.आरको प्रायोजनमा सडक नाटक भएको थियो ।

यसैविच आजदेखि शिविरका सबै कार्यलयहरु खुला भएका छन् ।

Thursday, October 1, 2009

पत्रकारीताको तालिम


भूटानी शरणार्थी शिविर बेलडागी-१को बालमञ्च केन्द्रिया कार्यलयमा प्रवाशि आँखा नाम गरेको एक स्वातन्त्र समूहले दशैको अवसर पारेर आधारभूत पत्रकारीताको तालिम सम्पन्न गरेको छ ।
भूटानी पत्रकारीतालाई जोगाई राख्नका लागि सो समूहले शिविर भित्रका ताजा समाचारलाई राष्ट्र तथा अर्न्तराष्ट्र सम्म पुर्‍याउने लक्षाका साथ WWW.exileeye.blogspot.com को जन्म गराएको कार्यक्रम संयोजक लोक बाहादुर महोराको विचार छ । तालिममा शिविर भित्रका १८ बर्षमुनिका बालबालिका लगायत सघं-सस्थामा आवद्ध स्वयम सेवक गरि ३० जानको उपश्थिती रहेको थियो ।

तालिमलाई भूटानी पत्रकार भक्त घिमिरे, विध्यपति मिश्र, अर्जुन प्रधानले सजिकरण गरेका थिए भने समूहले सहजकता लगायत शरणार्थी सम्बन्धि लेख रचना, समाचार लेख्ने पत्रकार तथा समाजसेवी ब्यर्ती गौपाल गड्तौला र इन्द्र तिम्सिनालाई खादा और्डाई सम्मान गरेको थियो ।

प्रवाशमा रहेका पत्रकारहरुको सुरक्षा, प्रेश स्वतन्त्रताबारेमा प्रवाशी आँखा नामक समूहले राष्ट्र तथा अर्न्तराष्ट्र कानून बमोजिम शरणार्थीको स्वदेश फिर्ती जस्ता कार्यमा आवज भएर जनतासमक्ष बुलन्द आवज भइ काम गर्न जस्ता हक-अधिकार का बारेमा वकलत भावि कार्यक्रम मार्फ सरकार समक्ष मागँ गर्नै लक्षा राखेको कार्यक्रमका सभापति मनोज मगरले ब्यक्त गनुभयो ।
कार्यक्रममा भूटानी पत्रकार टि.पि. मिश्रद्रारा लिखित Becomining a journalism in exile एक थान किताव सो समूहलाई मायाको चिनो स्परुप भूटानी पत्रकार भक्त घिमिरेको बहुलीबाट वितरण गरिएको थियो ।

कार्यक्रम टिकाको अघिलो दिनदेखि तिन दिन सम्म सञ्चालन भएको थियो भनि समूहको थप जिज्ञासले गर्दा दुइ दिन थप गरि रेडियो लगायत अनलाइन पत्रिका सम्वन्धि सहजीकरण गरि विहिवार मनोज मगरको सभापतित्वमा सम्पन्न भएको छ ।