वर्तमान परिप्रेक्ष्यमा शरणार्थीले पाउँदै आएको न्यूनतम राहत पनि ५० प्रतिशतले काटिएको खबरले शरणार्थी शंसकित र भयवित छन् । यस्तो परिस्थितिमा जोगीको घरमा सन्यसी पाहुना भने झैं शरणार्थी शिविरका छाप्राका ढोकामा आज भोली माग्नेहरु होडबाजी देख्दा, हग्नेलाई भन्दा देख्नेलाई लाज भन्ने जस्तो शरणार्थी स्वयंम नै लज्जास्पद देखिन्छन् । धर्मको नाममा होस या समाजिक संस्कारले गर्दा होस अझै पनि शरणार्थी भित्री मुठीको एक मुठी चामल दिन भने छोडेका छैनन् ।
ती जोगी हुन् या साधु सन्त, सन्यासी जे सुकै हुन् शरणार्थीका लागि उनीहरु माग्ने हुन । माग्नेको मुठी दिनेको उठी भने झै एक छाकमा १०० ग्राम मात्र खाएर पेट पाल्नु परिरहेको अवस्थामा दिनमा १ मानो चामल त माग्नेलाइ नै छुट्याउनु पर्छ भन्छन् शरणार्थी महिलाहरु । हामी एसियाली संस्कारमा हुर्केका त्यसमा पनि हिन्दुहरुले त दान गर्नुलाई निकै महत्वका साथ हेर्दछन् । त्यसैले पनि होला हरे राम, ऊँ बम बम भोले, सिता राम जस्ता नारा घन्काउदै आउने साधु सन्तलाई खाली हात फर्काउनै सक्दैनन् शरणार्थीहरू । शरणार्थीलाई जे जति भए पनि मानवीय आधारमा खाद्य सहयोग पुर्याउँदै आउने सस्था विश्व खाद्य कार्यक्रमलाई शरणार्थी भगवानको रुपमा पूजा गर्छन् । हुन त सन् १९९० यता यूएनएचसिआर, कारितास नेपाल, लुथरन विश्व फेडेरेसन, आम्दा नेपाल आदि संघ-संस्थाले शरणार्थीलाई विभिन्न क्षेत्रमा सहयोग गदै आएको कुरा विश्व सामु छर्लंङ्ग छ ।
यिनै दातृ संघ-संस्थाको सहयोगले गर्दा भूटानी शरणार्थी शिक्षित भएका छन्, सभ्य भएका छन् र विश्व सामु उदारहण पनि बनेका छन् । यी उदारहणको सिधा नमूनाले गर्दा शिविरभित्र पूनर्वास भित्रिएपछि गाँस, वास, कपास र शिक्षा, स्वास्थ्यमा दिन प्रतिदिन कटैति हुनुमा ठूलो प्रश्न चिन्ह खडाभएको छ ।
तर शरणार्थी के गुनासो गर्छन भने माग्न आउने भिखारीलाई शरणार्थीले मुष्ठी दान दिनै पर्छ भन्ने कुनै अनिवार्यता नभए पनि एक मुठी दिन पछि पदैनन् भने दुइ दशकदेखि पाल्दै आउने संस्थाले एक महिना पुर्याएर खानु भन्दै विश्व खाद्यान्नका कार्मचारीले शिविर घुमेर दुखद् खबर सुनाउनु नै शरणार्थीको थाक्न लागेको घाउ फेरी दुख्न थालेको छ । त्यसैले हरेराम, हरे कृष्ण प्राण बचइ देउ हे खाद्यन्य कार्यक्रम ‘।
डम्बर ओस्ती
खुदुनाबारी
खुदुनाबारी
No comments:
Post a Comment