Tuesday, October 20, 2009

परिचय पत्र, नेपालीको नाममा

रोजगारीका लागि शिबिर बाहीर गएका बेलडाँगी १ शरणार्थी शिविरका दुई शरणार्थीको नाममा किर्ते विवरणको भरमा गैरभूटानीलाई फोटो खिचाई नक्कली शरणार्थी बन्उन् खोजेको खुलासा भएकॊ छ ।
बेलडाँगी १ शरणार्थी शिविर सेक्टर डि÷४ छाप्रो नम्बर २६८÷६९का याम बहादुर राई र उहाँका भतिजा किर्तिमान राईको नाममा दुई अपरिचित स्थानीय सोही परिवारकै अर्का सदस्य धनबहादुर राईको मिलेमतोमा राष्ट्रसंघिय शरणार्थी आयोगको टोली समक्ष फोटो खिचाई शरणार्थी बन्न्ो प्रकिृयामा रहेको खुलेको नातेदार कृष्णभक्त राईले बताउनु भएको छ ।



सात महिना अघि शिबिर फर्किएका किर्तीमानले खोजीनीति गरेपछि आफ्नो नाममा अर्कै अपरिचित ब्यक्तीले फोटो खिचाएको रहस्य खुलेको छ । सो रहस्य थहाँ लागेपछि छानविन गरि दोषीमाथि कावार्ही गर्न सम्बन्धित निकायमा निवेदन जाहेर गरेपनि कुनै निकायले चासो नराखोको र दिन प्रतिदिन असुरक्षित भएको कित्ीमानले बताएका छन् । उनका अनुसार ूसो किर्ते काममा आफ्नै काका धनबाहादुरले नेपाल सरकार र यूएनएचसिआरको सयूत्त कार्यलय जोइण्ड भेरिफीकेसन टिम जेभिटीका कर्मचारी सगं मिलेमतोमा गरिएको आरोप लगाएका छन् ।

कुनैपनि निकायले छानविन नगरेपछि राई परिवारले धनबाहादुरलाई फकाउ गरि छानविन गरिदिनका लागि प्रशासन क्षेत्रमा निवेदन जाहेर गरेको निवेदक कृष्णभक्त राईले बताएका छन् ।
किर्ते काइदाबाट शरणार्थीको नाममा गैह्र शरणार्थीलाई शरणार्थी बनाउन खोजिएको त्यो घटनाको बारेमा राष्ट्रसंघिय शरणार्थी आयोग र शरणार्थी समन्वय एकाईलाई जानकारी गराइएको तर धनबाहादुरलाई कुनै सोधअनुसन्धन नगरि तारिकमा चन्द्रगडी धाउनु लागाई शिविर भित्रै हिड्डुल गर्न दिनुमा शरोकारवालको संम्लग्न रहेकोमा दुइमत नरहेको कृष्ण बताउनु हुन्छ ।
रोजगारीका लागि ७ बर्ष अघि भारत पसेका यामबहादुर भने अझै शिविर फर्किएका छैनन् ।

No comments:

Post a Comment