Sunday, May 13, 2012

परिकल्पना गरौं


अर्जुन प्रधान 
मिनिसोटा अमेरिका
परिकल्पना गरौं
यो भुगोलको सृष्टि थिएन
न त कुनै स्वर्ग स्थान
न कुनै नर्कको संसार
ध्रुवसत्य मात्र थियो
हामी माथि निलो गगन
त्यसैले विश्व मानवहरु हामी
आजकालागि जिउने प्रयास गरौं
परिकल्पना गरौं
भुगोलभित्र भुगोलहिन सिमाना
असम्भव पनि छैन, सम्भावना पनि रहेन
त्यसैले न कुनै देश छ
न त कुनै धर्म नै
न त कुनै ग्रन्थ नै
स्वतन्त्रता, सदभावनाको परिकल्पना गरौं
हामी जिउनु पर्छ शान्तिकालागि
हिंशा रहित बन्न
सृष्टिका चार शुर किल्लाबाट
मानव अष्तिपन्जरमा
शान्तिका ओम नम:  शिवायः
भनी नारा बुलन्द गराऊँ
त्यसैले विश्व मानवहरु हामी
बाँचिरहेको  भुगोलमा हिंशा छ
अहिंशाको मार्गमा महामानव
कुनै स्वामित्व ग्रहण नगरि
दुखि सुखि सबमा भाइचारा सम्बन्ध
एक आपसमा सुख साटिदैछ
महामारि र हाँकारहरु विलय हुँदै
अवश्य यी विचारमा सब एक जुट हुँदै
नयाँ विहानीका साथ नौलो मार्ग कोरिन्छ
त्यसैले परिकल्पना गरौं एक चोटी
विश्व भयमुक्त हुँदौ खुसियालीमा छाएको छ
पूर्ण परिकल्पना गरौं !!!

No comments:

Post a Comment