Saturday, October 3, 2009

फलोअप - केवी खड्काका हत्यारा पक्राउ

भुटानी शरणर्थी शिविर बेलडाँगी ३ का पूर्व सचिव केबी खड्काको हत्यामा संलग्न दुइ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले शुक्रवार राती झापाको टिमाई र बेलडाँगी शिविरका दुइ जना भुटानी शरणार्थीलाई पक्राउ गरेको हो ।
गत भदौ २३ गते झापाको दमक स्थित बेलडाँगी १ र २ शिविर नजिकैको हंम्से दुम्से सामुदायिक वन कार्यालय नजिकै खड्काको हत्या भएको थियो । घटनमा संलग्न दमक बेलडाँगी शिविर सेक्टर जि २ हट नम्वर २६५/६६ बस्ने बस्ने वर्ष  २६ को यादव गुरूङ र टिमाई शिविर सेक्टर ए ३ हट नम्वर १४ बस्ने वर्ष ३९ वषिर्य पहलमान राई लाई शुक्रवार राती सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपती सशस्त्र प्रहरी उपरिक्षक गणेशठाडा मगरले पक्राउ परेका दुबैलाई जनपद प्रहरीको शनिवार जिम्मा लगाइएको बताए । पक्राउ परेका मध्ये गुरुङ भुटानी शिक्षक शान्तिराम नेपाललाई हत्या गर्न गोली हान्ने प्रमुख व्यक्ति रहेको भन्ने खुल्न आएको जानकारी दिए । नेपाललाई गत वैसाख ८ गते बेलडाँगी १ शिविरमा गोली हानी हत्या गरिएको थियो ।
सशस्त्र प्रहरी उपरिक्षक मगरले खड्काको हत्यामा संलग्न आधा दर्जन भन्दा धेरै व्यक्तिको खोजी भईरहेको बताए ।
दुइ जना भुटानी शरणार्थी अगुवाको हत्यापछि झापा र मोरङ स्थित सातै शिविरमा समेत सुरक्षा व्यस्था कडा बनाइएको छ । ती शिविरमा सावरी आवत जावतमा कर्डाई गर्नुका साथै साँझ सातबजे शिविर बाहिर र भित्र आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ ।

No comments:

Post a Comment