Monday, October 5, 2009

मुखमा रामराम वगलीमा छुरा

हिजो पक्राउ गरिएका दुइ शरणार्थीहरुबाट शिविरहरुमा भएका हत्याका सृंखलाका बारेमा थप तथ्य प्राप्त भएका छन् । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुसँग सोधपुछ गर्दा थप जानकारी प्राप्त भएको जनाएको छ । पक्राउ परेका यादव गुरुङ र पहलमान राइ भूमिगत संगठन लिवरेसन आर्मी अफ भूटानका सदस्य भएको टिमाई सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

बेलडाँगी-१, सेक्टर जि/२ छाप्रा नं।२५६का २६ वषिर्य यादव गुरुङले भूटानी शरणार्थी अगुवाहरुको ज्यान लिइसकेको पनि खुल्न आएको छ । उनले गत वर्षबेलडाँगी-३का लाल बहादुर गुरुङलाई सुतिरहेको अवस्थामा गोली प्रहार गरि फरार भएको, बेलडागी-१ का शान्तिराम नेपाललाई पनि घरमै गई गोली प्रहार गरि घटनास्थालमै ज्यान लिएको, त्यसैगरि शरणार्थी अगुवा केवी खड्कालाई पनि दिनदहाडै सडकमा छुरा प्रहार ज्यान लिएको प्रहरीलाई बयान दिएका छन् । गुरुङ सहित टिमाई क्याम्प सेक्टर ए/३, छाप्रा नं.१४ का ३९ वषिर्य पहलमान राई लाई शुक्रबार राति शिविरबाट सशस्त्र प्रहरीबलले प्रकाउ गरि इलाका प्रहरी कार्यलय धुलाबारि बुझाएको सइ जयकुमार चौधारीले जानकारी दिएका छन् ।खड्काको हत्या यादव गुरुङ र उनका भेना भक्त गुरुङले गरेको प्रहरीलाई बयान दिएका छन् । भक्त टिमाई क्याम्पका शरणार्थी हुन् । खड्कालाई के कारण हत्या गरेको भन्ने बारेमा अझै जानकारी प्राप्त हुनसकेको छैन।


सो आपराधिक समूहलाई सञ्चालन गर्नेमा शरणार्थी शिविरका रमेश सुब्बा, तारामान मुकारुङ्ग र मानव अधिकारवादी नेता एस.वि. सुब्वाको नाम गुरुङले खुलासा गरेको टिमाई सशस्त्रप्रहरी बलका सहि चौधारीले जानकारी दिनुभएको छ । गुरुङ र राईलाई थप अनुसन्धानका लागि भद्रपुर चलान गरिएको छ भने शिविरमा सुरक्षा कडा पारिएको छ ।

No comments:

Post a Comment