Sunday, October 31, 2010

दिल्ली अहिले थिम्पू बनेको छ


भारत आफैंलाई दक्षिण एशियाको शतिशाली मालिक ठान्छ । आफ्नै देशलाई दक्षिण एशियाको मूल खाँबो सम्झेर बंगलादेश, भूटान तथा नेपालको आदि भागसम्म सीमा अतिक्रमण गर्छ, हरेक देशको निर्वाचन विथोलिदिन्छ । शासनको आन्तरभागसम्म हस्तक्षेप गरिदिन्छ । निम्ता पाओस, नपाओस् झगडा मिलाउन अघि सर्छ, तर मिल्न भने कहिल्यै दिँदैन, आफैं बितण्डा झिकेर । सीमारक्षाको नाममा हरेक आमाको सिउँदो रित्याइदिन्छ, विभिन्न आयश्रोत तथा पर्यटकीय क्षेत्रलाई उल्टाइपुल्टाई गरिदिन्छ । यतिमात्र होइन, भारतले सबैथोक गरेर पनि राजा-महाराजाका शक्तिलाई आफ्नै काँधमा बोकेर कसम खान लगाई छिमेकी देशका नागरिकलाई शरणार्थी बनाउँछ अनि आफ्नो सिमानामा पटकपटक १४४ धारा लाएर उनीहरूली स्वदेशफिर्तीबाट रोक्छ, विभिन्न वार्ताप्रक्रियालाई विफल बनाई आफ्नै देशमा द्वन्द्व जन्माउँछ ।

Sunday, October 24, 2010

भुटानी नेपालीहरुले पेन्सिलभानियमा मनाए दशैं

"म सुखी मात्र होइन आश्चर्यचकित पनि भएको छु, जहाँ हरेक नेपाली गीत संगितमा देशी तथा विदेशी पनि रमाएको देखेर ।"

आइतबार अक्टोबर २३ को साँझ हुहिलीयाम पिट हुइन्न् हल अन्तर्गत युनिभरसिटी अफ पिट्सवर्गको पेन्सलभानिमा भुटानी कलाकार सघं (जरजिया)का अध्यक्ष राम गुरुङले दशैंको अन्तिम दिनको दिन हर्षोउल्लासका साथ मनाएको दशैं साँझका अवसरमा रंगीन स्वर थपि दिएका थिए ।
नेपाली पोष्टका लागि अर्जुन प्रधान पेन्सिलभानियामा रहेका नेपाली भाषी भुटानीहरुले मनाएको दशैंकाबारेमा पठाएको समाचारमा लेख्छन्,

Saturday, October 23, 2010

डेनमार्कमा नेपाली भाषी भूटानीहरु संगठित

पूर्वी नेपालको सातवटा शरणार्थी शिविरबाट डेनमार्कको विभिन्न राज्यमा पुनर्वाश भएका नेपाली भाषी भुटानीले अक्टोबर २३ का दिन नेपाली भाषी भूटानीहरुको संस्था ”द एसोसिएसन अफ नेपाली स्पिकिङ भुटानी इन डेनमार्क “The Association of Nepali Speaking Bhutanese in Denmark (ANSBD) को स्थापना गरेका छन् ।

नेपाली भाषा, संस्कृति, रितीरिवाज र डेनमाकमा पुनर्वाश हुने नयाँ भुटानी भाषीको संरक्षण र सहयताका लागि नेपाली भाषी भुटानीले डेनमार्क (ANSBD) स्थापन गरेको एसोसिएनका नामबाट प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

Thursday, October 21, 2010

गजल

गरीब छु धनीहरुले नुन लाटो भन्ठाने ।
मै माथि चढेर आफुखुशि बाटो भन्ठाने ।

म भने एक छाक मेरो परिवारको निम्ति,
आधा म, आधा साहु भन्दा साटो भन्ठाने ।

कुन अन्न हो कुन भुस हो चिन्दैन् धनी,
मेरै पसिनालाई उनीहरुले माटो भन्ठाने ।

संसारनै विचित्रको छ, कहाँ के हुदैन,
सुख दुख मात्र भन्दै फाटो भन्ठाने ।

छरिएको मनलाई बुटुलेर माला बनाउँ
द्धन्द्रव पछि शान्ति ल्याउँदा काटो भन्ठाने ।


Source   Nepaligajalharu

Friday, October 15, 2010

भूटानमा कस्तो खुशीयाली मनाइरहेका छन् ?


संयुक्तराज्य अमेरिका - अर्जुन प्रधान 
प्रकाशनको मिति १५ अक्टोबर २०१० २१:११ बजे   |  ० वटा प्रतिक्रिया
सन् १९९०, मा देश निकाला परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै ।

सन् १९९०, मा देश निकाला परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै । 

थप छायाँहरू »
ह.. लो
हलो आमा
के छ छोरी ?
आ....मा कन्तविजोग छ । सरकारले सबै घर जग्गा निलाम गरी सुकुम्वासी बनाएर राख्य छ देशमा.....।

निकैबेर संवाद अड्किएपछि सुक-सुक गरेको आवाजमा छोरीको देशप्रति करुणभाव विस्तारै पोखिदै थियो । यसमानेमा की सरकारले नेपाली भाषी भुटानीमाथि गरेको अन्याय अत्यचारको विरुद्धमा । अस्वभाविक लाग्न सक्छ पढ्नेलाई तर स्वभाविक त्यसमा पनि  निकै फरक खालको वार्ता, दुइ देश विच टेलिफोनमा -जहाँ राष्ट्र खुशीयाली भएको भुटान र प्रजातन्त्रले भरिपूर्ण भएको संयुक्त राज्य अमेरिका बिच भइरहेको थियो मंगलबार राती २८ सेम्टेम्बर २०१० को ८ बजेतिर ।

सन् १९९० बाट देश निकालामा परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै हुनुहुन्थ्यो । छोरीलाई आत्माबल दिदै धनमाया हिमाल-पहाड, खोला नाला अनि सरकारले घोषण गरेको राष्ट्रिय खुशियालीको विभेदकारी नीतिको नियम बुझ्दै हुनुहुन्छ । आ.मा... छोरीका कुरालाई काट्दै सान्तवान स्वरुप भन्छिन् यताबाट छोरी... नेपालीभाषी भुटानी जनताले रगत बगाएका छन् त्यो भुटानमा त्यसैले जस्तै अप्ठारो स्थिति आइपरेपनि तिमीहरु त्यहाँबाट निस्कनु हुन्न अब ।”

उताबाट छोरी भन्छिन्, आमा तपाइँहरुले राती घर छाडेर गएपछि केही दिनपछि सरकारी सेनाले घर जग्गा सबै अरुहरुलाई बाडिदियो । हाम्रो घरमा भएको गाइबस्तु अनि धनसम्पति सबै सरकारले लिलाम गर्‍यो भने घरमा पालेको भोटे कुकुरलाई त आमा सिधै गोली हानेर खेतको आलीमा गाडी दिएको छ ।

जनताहरुलाई चरम यातना दिएर देशबाट निकालन गरि बस्तुभाउको पनि रगत खान पछि परेन छ । कस्तो निरंकुश सरकार ? कति दिनसम्म टिक्छ यो निरंकुश शक्ति जिग्मे परिवारमा ? अबको युगमा शक्तिशाली धर्मराज साब्डुङ नावा नाम्गेललाई र जनतालाई दुःख दिएको जस्तो हुँदैन् । हिजो शक्ति परिवर्तन हुन भने बाह्र बर्ष लाग्थियो तर, अब शक्ति परिवर्तन हुनका लागि बाह्र दिनमै हुन्छ छोरी डर नमान् ।

Monday, October 11, 2010

गजल

देश नहुने जनताको दशैँ कस्तो नाम हो
हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो

सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने
धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो

सबैले रीस पोखाई भय फैलाउने हाम्रो शिविर
भयभित बनाई  हिंसा  फैलाई  दिने कस्तो घाम हो

धन नहुनेको मन हुन्छ त्यसमा माटो बाटो मिल्छ
विश्व चकित हुन्छ एक दिन त्यसमा कस्तो दाम हो

Wednesday, October 6, 2010

नेपाली भाषी भूटानीको दशैं अझै भयपूर्ण

मिनोसोटा, अमेरिका - अर्जुन प्रधान 
प्रकाशनको मिति ०६ अक्टोबर २०१० १८:२२ बजे  
दशैं आशिर्वादको एक रङ्ग, प्रेरणा, मनोरञ्जन, एकले अर्कोलाई देख्ने ऐना र भय पनि हो । मनमा पीडा बोकेर बसेका कोहि मानिस अनि खुशीले रमाएका मानिसमा दशैंको माहोल भने धेरै फरक देखिन्छ । टाढाबाट र नजिकबाट आउने आफन्तजनमा दशैंको रुप, रमझम भने धेरै अन्तरको हुन्छ । कोहि मनका धनि छन्, भने कोहि धनका धनि छन् हाम्रो समाजमा । समाज दिन-प्रतिदिन परिवर्तित हुँदै आएको छ, यस अर्थमा कि समाजका मानिसहरुमा विचारको मुहान दैनिक रुपमा बढ्दै विकाशोन्मुख रुपमा लम्किएको छ । मानिसले नै निर्माण गरेको धर्म, सँस्कृति, चाडपर्व, रीतिरिवाज आदिमा भय छ, द्वन्द्व छ।
 एक आपसमा मेरो र तेरोको हारालुछ छ, किन ? के सब सिद्धान्त, विचार, दर्शन एकै नै होइन र ? आदिम कालमा देउताहरुको पक्ष र विपक्षबाट विजयी भएपछि मात्र निस्केको यो चाड दशैं सबले मान्नुपर्छ भन्ने पनि छैन तर मनभित्र देवता हुनेहरुले त दशैं मात्र होइन संसारमा मनाउने हरेक चाडपर्व खुशीले मनाउनु पर्छ र मनाउँछन् पनि । सबैले देखेको तारामण्डली एकै हुन्छ भन्ने छैन्, त्यसको आकार विभिन्न-विभिन्न हुन्छ, कसैले तारा गोलो छ भन्छन् भने कसैले ताराभित्र पहाड पो रहेछ भन्छन् । यस्तै फरक-फरक विश्लेषणबाट मनाइन्छ हरेक चाडपर्व । दशैं कहिलेदेखि र किन मनाइयो भन्ने बारेमा हामी सबैलाई थाहै छ । तर चाडपर्व मनाउने शैली हरेक राष्ट्रको आफ्नो-आफ्नो तरिका, नियाम र विधान हुन्छ । नियमभन्दा आफुमाथि उठेर चाडपर्व मनाएमा मानिसमा भय पैदा हुन्छ अनि हिंसाका कारण चाडपर्वमा नकारात्मक सोच, विचारहरुको भण्डार भरिन थाल्छन् ।

यस्तै.................

सडक दुर्घटना ( Breaking)

 अमेरिकाको मिनीसोटामा पुनर्वास भएकी २९ बर्षीया राधिका अधिकारी स्थानीय समय अनुसार मगलबार विहान ८ बजेतिर काममा जाँदै गर्दा मिनीसोटा राज्यको Saint Paul सिटीको युनिभर्सिटी एभेन्यूको व्यस्त सडक काट्ने क्रममा कारले ठक्कर दिँदा सिकिस्त घाइते भएकी हुन् ।