Friday, October 16, 2009

खाद्यान्न कटौति मा बहिष्कार



 खुदुनाबारी र टिमाइ शिविरका शरणार्थीहरूले राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले दिने खाद्यान्न बहिष्कार गर्ने भएका छन् । खुदुनावारी शिविरबाट नाम बताउन नचाहने एक शरणार्थीले दिएको जानकारी अनुसार पहिले दिइरहेको खाद्यान्न नपाए कुनै पनि खाद्यान्न दुवै शिविरका शरणार्थीले नलिने भएका छन् ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले खाद्यान्न मौज्दात र आर्थिक अभावका कारण देखाउँदै भुटानी शरणार्थीलाई दिँदै आएको खाद्यान्न विहीबारबाट कटौती गरेको छ ।

विहीबार एक विज्ञप्ती निकालेर कार्यक्रमका नेपाल प्रतिनिधि रिचर्ड रगनले तत्कालै नगद सहयोग प्राप्त नभए केही महिनाभित्रै थप खाद्यान्न सहयोग कटौती गर्न वाध्य हुने चेतावनी दिएका छन् । उनले खाद्य कटौतीले शरणार्थीको स्वास्थ्यमा असर पर्न सक्ने पनि बताएका छन् ।
कार्यक्रममले दैनिक सातसय किलो क्यालोरी र १४ ग्राम प्रोटीन कटौती गर्ने भएको छ । सामान्यतः दुइ महिनामा दुइ हजार एक सय किलो क्यालोरी प्रतिदिनका दरले चामल, दाल, वनस्पति घ्यू, चिनी, नून, र सोयाविन कार्यक्रममले उपलव्ध गराउँदै आएको छ ।

पूर्वी नेपालका झापा र मोरङका सात शिविरमा हाल करिव नव्वेहजार शरणार्थी रहेका छन् । सो कार्यक्रममले शरणार्थीलाई दिँदै आएको खाद्यान्न सहयोगमा थप कटौति हुन नदिन र सन् २०१० सम्म खाद्यान्न सहयोगका लागि ४० लाख अमेरिकी डलर आवश्यक भएको जनाएको छ ।

No comments:

Post a Comment