Wednesday, November 24, 2010

आर्दिक श्र~ादानजली

जो नेपाली पन र नेपाली मनको लागि अरात्र संघर्ष गर्दछ उ नागरिक विहिन मात्र होइन अरु थुप्रै कुराबाट दुखित हुनुपर्छ । आज नेपाली चलचित्र उद्योगमा काम गर्ने कालकार मात्र होइन अन्य क्षेत्र जसमा नेपाली शिर ठाडो बनाउने देखिलिएर नेपाली भाषा साहित्य संकृति आदिमा दिन रात मेहनत गर्ने नेपाली भाषी माथि नेपाल सरकारले खेलबाडमात्र होइन उनीहरुको मेहनतको हरेक Tex  काटि आर्थि भण्डार मात्र बडाउन जानेको छ ।

Monday, November 22, 2010

सीएनएन हिरो / लाखौं दर्शक सामु रोइन् अनुराधा


तपाईहरुको यो सहयोग मेरा कामका लागि थप जिम्मेवारी हो' आँशु पुछिन् र उनले भनिन्, 'यो जघन्य अपराधलाई हामीले अन्त्य गर्नु पर्छ, आउनुस् हात मिलाउँ..........युवाहरुलाई सम्मान गरौं । जो नयाँ पुस्ताको निर्माण गर्दै छन् । धेरै धेरै धन्यवाद ।'
यो यौन दासी बनाउनका लागि हुने महिला तथा बालिकाहरुको तस्करी रोकथाम तथा उद्दारमा गरेको योगदानका लागि 'सीएनएन हिरो २०१०' घोषणा गरिंदा अनुराधा कोइरालाले दिएको मन्तव्य हो ।

तीन रुवाइ


अर्जुन प्रधान 
http://bhutaneseliterature.com
जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ
फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ
क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै
भावनामा डुबाएर रस-प्यासको बात गर्यौ !

Thursday, November 18, 2010

शरणार्थी शिविर जमे प्रकाश

कस्ले भन्यो देश माटो जन हो शरणार्थी ?
सत्य कुरो विचार अनि मन हो शरणार्थी ।
बेलडाँगी शरणार्थी शिविरको छाप्रा भित्र गएको आइतबार यसै भन्दै थिए युवा गजलकार प्रकाश आङ्देम्बे । विचार, भावना र मनले मानिस कहिले पनि शरणार्थी हुदैन भन्दै प्रकाशका गजल शेरहरु अगाडी बढ्छन्
देशज्युँदो त्यहाँ हुन्छ जहाँ मन हुन्छ,
देशमै बस्ने विना मनको तन हो शरणार्थी ।
प्रकाश गजल बाचन गर्न थालेपछि हलभित्र खचाखच रहेका साहित्यप्रेमीहरुले तालीले स्वागत गरे । उनका हरेक रचनाले सबैका् मन छोएछ क्यारे तालीको बर्षा गजबको भयो । धेरै बालबालीकाको माया पाएर होला प्रकाश पनि उत्साहका साथ गजल र रुवाइहरु वाचन गर्दै गए ।

Saturday, November 13, 2010

हिऊ परोको हेदै भुटानी अमेरिकामा

Devika pipe the snow from her window
अमेरिकाको ४९ वटा राज्यहरुमा शुक्रबार देखि हिऊ पर्न थालेको छ । हवाली राज्यमा भने हिऊ नपरेको अमेरिकाको विभिन्न साचार जगतले प्रकाशन गरेको छ ।



आज दुई देखि छ इन्च सम्म परेको हिऊले धर्तीलाई डाक्ने छ भने पुर्वापाचीम देखि ३५ एमपिएच हिऊ पानी पर्ने मिनीसोटाको व्यदर टुडेले बताएको छ । मिनीसोटा राज्यमा विहानको समयदेखि लगातर हिऊ पर्ने थालेको छ । हिऊ पाँच माहिना सम्म पर्ने छ ।

Sunday, November 7, 2010

भूटानी नेपाली भाषीले मनाए भाइटीका

मिनीसोटा राज्यमा रहेका भूटानी नेपाली भाषीहरु देउसी भैलीको रमाइलो गर्दै ।
अमेरिकाका विभिन्न राज्यमा छरिएका नेपाली भाषी भुटानीहरुले तीन दिनसम्म देउसी भैली खेल्दै भाइटीका लगाएर तिहार मनाएका छन् ।
यसैक्रममा मिनिसोटा राज्यमा रहेका नेपाली भाषी भुटानीहरुले वरपर रहेका आ-आफ्ना चेलीबेटीसमक्ष भाइटीका लगाए ।
भाइटीकाका दिन मिनिसोटामा रहेका भुटानी समाजसेवी डाक्टर छवि शर्मा , परमानन्द खतिवडा, कलाकार गोविन्द ढुङ्गाना ,पत्रकार अर्जुन प्रधान, मंगला शर्मा, तिलक पकुवाल लगायतले पुर्नवाश भएका माइतीहरुले शुख, शान्ति र संमुद्धिको कामना गर्दै स्वतन्त्रताको