
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले नेपाल सरकारकै कमजोरीका कारण घर फिर्न चाहने भुटानी शरणार्थीको आत्मसम्मानमा चोट पुगेको आरोप लगाएको छ ।

समितिका अध्यक्ष डा. भम्पा राईले आज नेपाल सरकारलाई ज्ञापन पत्र पठाई घर फिर्न चाहने भुटानी शरणार्थीको मनोभावनाको पनि मूल्यांकन गर्न आग्रह गर्दै सहयोगका लागि याचना गर्नु भएको हो ।
झापाको दमकमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्रालयका प्रतिनिधि इलाका प्रशासन कार्यालयका प्रमुख गणेश अधिकारीमार्फत ज्ञापन पत्र पठाईएको हो ।

स्वदेश फिर्तीका लागि यसअघि शराणर्थीले गरेका प्रयासहरु निष्फल प्राय भएको उल्लेख गर्दै ज्ञापन पत्रमा तेस्रो मुलुक पुनर्वासका प्रचार अत्याधिक भएकोले अव त्यसलाई रोक्न आग्रह गरिएको छ ।

आज सरकोकारवालासँग शरणार्थी समस्याको विषयमा अर्न्तक्रिया गर्ने भनिएकोमा बन्दको कारण सहभागिहरु उपस्थित हुन नसकेपछि सो कार्यक्रम भने स्थगन भएको थियो ।
No comments:
Post a Comment