Wednesday, June 29, 2011

स्वेतपत्र पढेपछि


कवि खेमनाथ दहालद्वारा लिखित, उषा दहाल द्वारा प्रकाशित ‘श्वेतपत्र’ महाकाव्य हालसालै राष्ट्रकवि माधव घिमिरेद्वारा काठमाण्डौमा विमोचित भएको छ । वास्तवमा साधारण अर्थमा भन्ने हो भने एक सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्तिलाई श्वेतपत्र भन्ने गरिन्छ तर कवि खेमनाथ दहालले श्वेतपत्रलाई ऐतिहासिक र वर्तमान यथार्थताका ताना बानाले सजाएर देशको सिमाना, राष्ट्रको अस्मिता, छिमेकीको सम्बन्धको स्थिति, अझ प्रष्ट शब्दमा भन्ने हो भने नेपालको अग्रगमन, सिक्किम स्वतन्त्रताको लागि पथ प्रदर्शन र भुटानमा गणतन्त्रको स्थापनाको प्रस्थान विन्दु र छिमेकी ठूला मुलुकले साना मुलुकप्रति गरेको हैकमवादको उजागर गर्दै दक्षिण एशियाको सामुहिक उत्पिडनप्रति सचेत गराउने उद्देश्यले रचना गरिएको आभास पाइने कृति हो श्वेतपत्र महाकाव्य भन्नमा अत्युक्ति होला ।
श्रद्धाञ्जलि (कविता संग्रह), रश्मि (खण्डकाव्य), योद्धा (काव्य) र हावर्डको चौतारीमा (कविता संग्रह)कृतिहरु रचना गरिसकेका कवि दहालको लेखाइमा आफ्नै वैशिष्टता छ । उनका हरेक कृतिमा अन्याय, अत्याचार, शोषण, उत्पीडनसितको भीडन्त छ । श्रद्धाञ्जलिमा गोर्खाल्याण्डको अस्तित्वको लडाई लड्नेहरूप्रति श्रद्धासुमन र नेपाल भित्रका विकृति विसंगतिमाथि तिखो प्रहार, रश्मिमा सामन्तवाद विरुद्धको आवाज, योद्धामा ब्रिटिश साम्राज्यले नेपाली (गोर्खाली) माथि गरेको अत्याचार विरुद्धको शङ्खनाद छ भने हावर्डको चौतारीमा अमेरिकाले तेश्रो मुलुकप्रति गर्ने व्यबहारको यथार्थता छ ।
पन्ध्र सर्गमा विस्तारित श्वेतपत्र महाकाव्य पूरै अनुष्टुप छन्दमा रचना गरिएको छ । नाटकीय शैलीमा हिमालपुत्रीहरु नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको रुपमा चित्रण गरी तीनमध्ये माइली सिक्किमलाई कसरी नवसाम्राज्यवादीले हडप गर्यो, अरु बाँकी दुइलाई कसरी अस्तित्वहीन बनाउन प्रयत्न गरिँदैछ भन्ने मार्मिक यथार्थताको एकपक्षबाट यस कृतिमा बर्णन गरिएको छ भने अर्को तरवबाट सशक्त रुपमा प्रतिकार गर्दै चेतावनी दिइएको छ ।

Sunday, June 19, 2011

पहिलो प्रेमको तस्बिर


अर्जुन प्रधान 
मिनिसोटा, अमेरिका
हिंसारहित हुनु पर्छ
भन्दै नारा लगाउने
उनी…..
राजनीतिबाट अलिक
टाढा….

Sunday, June 5, 2011

देशप्रेम र पुनर्वाशको अन्तिम सर्जरी


अर्जुन प्रधान
अमेरिका
………..पूर्वी नेपालको झापा र मोरङका पाँच ठाउँका सात शरणार्थी शिविरमा बस्दै आएका एक लाख बढी भूटानी शरणार्थीको ससम्मान स्वदेशफिर्ती हुनुपर्ने भन्दै भूटानी नेता टेकनाथ रिजालले प्रेश विज्ञप्ति जारी गरेका छन् ………..।
…….निवार्शनमा भूटानी शरणार्थीहरुको सुरक्षा नभएको भन्दै रिजालले नेपाल सरकारको फित्तलो प्रशासन व्यवस्थामाथि दुःख व्यक्त गर्नुभएको छ….!
…..यो रेडियो नेपाल हो । “घटना र विचार”,मा अब मुख्य समाचार सुन्नुहोस्……