Saturday, October 17, 2009

प्रजातन्त्रको खिल्ली उडाउने सम्मेलन

२०६६ आश्विन ३० - स्वतन्त्रपूर्वक राजनैतिक दल दर्ता गरी प्रजातान्त्रिक अभ्यास गर्न पाउने बहुदलीय प्रजातन्त्रको मूल मर्मलाई तिलान्जली दिएर हालैमात्र दुईदलीय प्रजातन्त्रमा प्रवेश गरेको भुटानले यही असोज २५ देखि २८ गतेसम्म पूरै एसिया महादेशलाई प्रजातन्त्रको पाठ सिकाउन एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो । के प्रजातन्त्रको दमनकर्ता र निरंकुश सरकारले प्रजातान्त्रिक संस्कार र मूल्यमान्यता सिकाउन सक्छ ? कि भुटान प्रजातन्त्रको प्रशिक्षणका नाममा एसियाको अरू देशलाई पनि भुटानकै कथित प्रजातान्त्रिक अभ्यास अनुसरण गर्न प्रोत्साहन गर्ने प्रपञ्च रच्दैछ ? नत्र निर्लज्जताको यो पराकाष्ठा किन ? अनि विश्वभरका प्रजातन्त्रका ठेकेदार भनाउँदाहरू, जसले चाहेमा भुटानी बर्बर निरंकुश राजतन्त्रको जरा उखेल्ने क्षमता राख्दछन्, किन उनीहरू भुटानी राजाको काखमा प्रजातन्त्रको पाठ पढ्न जाँदैछन् ? जातीय सफायाको नीतिअनुरूप आफ्नै देशको छ भागको एक भाग जनसंख्यालाई देश निकाला गरेर, राजालाई विशेषाधिकारको व्यवस्थासहित बनाइएको संविधानको बलले आफ्नै देशको उलेख्य जनसंख्यालाई निर्वाचनमा भाग लिन नदिएर, राजपरिवारको आसेपासेलाई मात्र राजनैतिक दल दर्ता गर्न दिएर गरिएको निर्वाचनद्वारा गठित कठपुतली सरकार सक्रिय रहेको देशमा प्रजातन्त्रवादीहरूले पाइला हाल्नुलाई विश्वको प्रजातान्त्रिक आन्दोलनले चानचुने रूपमा लिनुहँुदैन ।

यसबारे प्रजातान्त्रिक देशहरूबीच गम्भीर बहस हुनु जरुरी छ । राजतन्त्रको रापबाट बल्ल-बल्ल मुक्ति पाएका हाम्रा देशका कांग्रेस र एमालेका सभासदले पनि यस सम्मेलनमा भाग लिए । हामी मानव अधिकारवादीले सम्मेलनको घोर भत्र्सना गर्न केही दिनअघि अन्तक्रिर्या कार्यक्रम पनि राखेका थियौं, जसमा सम्मेलनका एक निम्तालु इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलको भुटानविरुद्ध कडा रूपमा प्रस्तुत हुने कुरा समाचारमा आउनेबित्तिकै उनलाई भुटानले प्रवेशाज्ञा दिएन । यसरी आफ्ना आलोचकलाई आफ्नो देशभित्र पनि पस्न नदिने भुटानले एसिया महादेशकै प्रजातन्त्रका बारेमा बहस आयोजना गर्नु आफंैमा उपहासपूर्ण हो ।



भुटानमा भर्खरै प्रारम्भ भएको प्रजातान्त्रिक अभ्यास पनि निर्वासनमा रहेका भुटानी शरणार्थीको अथक् संघर्ष, विश्व जनमानसमा राजतन्त्रप्रतिको वितृष्णा, अन्तर्राष्ट्रिय दबाब जस्ता कुराले प्रभाव पारेर भएको हो तर भुटानी प्रजातान्त्रिक अभ्यास हामीले सोचेभन्दा एकदमै फरक छ.



पुरा लेख पढ्नुस्

No comments:

Post a Comment