Monday, October 26, 2009

डेजी डेललाई खुल्ला पत्र


भुटानी पत्रकार टिपि मिश्रले युएनएचसीआर नेपाल प्रतिनिधि डेजी डेलका नाममा आफ्नो व्लगमा आज एउटा खुल्ला पत्र लेखेका छन् । शरणार्थी शिविरभित्र भइरहेका गतिविधिहरुतर्फ सम्वन्धित पक्षले चासो नदिएको औंल्याउँदै उनले लेखेको पत्रको भावानुवाद ।
युएनएचसीआर नेपाल प्रतिनिधि
डेजी डेल
महोदया,

म आराम छु र सायद यो नयाँ भूमि न्यू योर्क शहरमा आफ्नो प्रारम्भिक जीवनका लागि संघर्ष गर्दैछु । अवचाहिँ यताउती नगरि यो पत्रले भन्न खोजेको विषयवस्तुतिर जाउँ होला ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा हालसालै छाएका पुनर्सवास सम्वन्धी अनर्गल प्रचारवाजी तथा खास गरेर गैर भुटानीलाई भुटानी नागरिक बनाउने खेलका बारेमा यहाँले भलिभाँति जानकारी लिइ राख्नु नै भएको होला । यो एउटा अत्यन्तै गम्भीर विषय हो भन्ने मैले ठानेको छु ।

यसबारेमा तपाईको कार्यालयकै पनि केही कमीकमजोरी रहेका छन् कि ! एउटा अपवाद मात्रै नभएर शिविरहरुभित्र शरणार्थीहरु पिल्सिरहेका छन् । पुनर्वासका कारण परिवार विखण्डन जस्ता पिडाबाट राहत दिनका लागि तपाईहरुले तत्कालै केही गर्नै पर्ने हुन्छ । शरणार्थीहरुलाई विकसित देशकहरुमा पुनर्वासका लागि म तपाईहरुलाई धन्यवाद दिन चाहान्छु तर साथसाथै पुनर्वासका नाममा भएका र वारम्वार देखिरहेका त्यस्ता तमाम समस्याहरुको समाधानका लागि तपाइलाई घच्घच्याउन पनि चाहन्छु ।
अर्कोतर्फ एउटा डरलाग्दो पाटो पनि छ, राष्ट्संघको शरणार्थीहरुको खाना घटाउने निर्णयले उनीहरुमा चरम निरासा छाएको छ । तसर्थ सो कार्यले उनीहरुको जीवनमा पर्ने प्रभावका बारेमा पनि सोच्नु आवश्यक देखिन्छ । शरणार्थीका लागि ठूलो धनराशी खर्च गर्न आर्थिक समस्या राष्ट्र संघलाई होला, तर त्यसो भन्दैमा उनीहरुको स्वास्थ्यमा नै प्रतिकूल असर पर्ने गरि खाद्यान्न कटौति गर्ने निर्णय गर्नु मानवीय दृष्टिले पनि उचित सर्वथा हुँदैन ।
मलाई आशा छ, मैले यहाँ उठाएका कुराले समस्या समाधानका लागि सकारात्मक पहल हुनेछ ।
यो खुला पत्रलाई सकारात्मक रुपमा हेरिदिनु भएको मा अग्रिम धन्यवाद ।
तपाईंको
टिपि मिश्र
न्यू योर्क
संयुक्त राज्य अमेरिका

No comments:

Post a Comment