भुटानीस कमिनीटी अफ मिनीसोटाको आयोजनामा आषाढ २३,शनिबार मिनीसोटा राज्यमामा अमेरिकाको विभिन्न राज्यमा पुर्नवाश भएका भुटानी स्रष्टहरुलाइ नेपाली कागजमा स्वणिम अक्षरमा लेखि डा.छवि शर्माको प्रमुख आतिथ्यमा सम्मान गरिएको छ । समानित भुटानी कलाकारहरुको योगदानलाइ प्रकाश पार्दै “अब हामी आफ्नो कला, साहित्य, सँस्कुतिलाइ हरेक भुगोलमा प्रस्तुत गर्न सक्छौ । तसर्थ अग्रज भुटानी गायक तथा संगीतकार सर्बश्री प्रताब सुब्बा र मधुकर लोहोनीले देखाउनु भएको सुमार्गमा हामी हिड्ने छौ र भुटानी समुदय मिनीसोटाले भब्य स्रष्ट सम्मान कार्यक्र आयोजन गरेर कलकारहरुलाइ संगीतमा लागिरहने ठुलो प्रेरण मिलेको साथै भुटानी संगीत जगतमा इतिहास कायम गरेको राम गुरुङ्ग भन्नुहुन्छ ।
सम्मानीत कलाकारहरु राम गुरुङ्ग (एटलान्ट र्जजिया),मनोज राइ(florida), महेश थुलुङ्(Georgia),डम्बर खापुङ्ग (N.Dakota),कान्छी माया सुब्बा (Virginia), छवि न्यौपाने (S.Dakota) बलराम गुरुङ्ग(Pennsylvania), अशोक गुरुङ्ग(Pennsylvaina), अर्जुन रसाइली (Ohio), नन्दी किशोर शिवाकोटी (S.Dakota), अम्बर सुब्बा(Ohio) , धन बराइली (Texas) , हरि पौडेल (Michigan), अडी गुरुुङ्ग (s.Dakota) तथा गितकार सन्चमान राइ (Pennsylvania), लगायतका कलाकारहरुलाइ प्रमुख अतिथि डा.शर्मा, श्रीमती मगला शर्मा, नेपाली मुलका डा.पदम रिजालका साथै संस्थाका पदधिकारीहरु बाट नेपाली टोपी, खाँदा र सम्मान पत्र, प्रदान गरि सम्मान गरिएका थिएँ ।
सम्मानीत कलाकारहरुको तर्फबाट मिनीसोटावासीलाइ धन्यवाद दिदै, “कला, साहित्यको संरक्षण,र सम्बर्धनमा एक जुट भइ अघि बड्नु आजको आवश्यक्त छ भन्दै गायक अशोक गुरुङ्गले सम्क्षिप्त मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रको विधिवत शुरुवत गायक डम्बर खापुङ्ग र गायक प्रकाश घिमिरेको शब्द संगीतमा रहेको “अतिथि देव भव” स्वागत गीत र “भुटानी कथा ब्यथा”का गायक मनोज राई द्धारा “भाषा हो सभ्याता हाम्रो” बोलको सामुहिक गीतबाट भएको थियो ।
कार्यक्रममा सम्मानीत भुटानी कलाकारहरुले आ—आफ्ना एल्बमका गीतहरु प्रस्तुत गरि दर्शकहरुलाइ मनोरञ्जन गराए । स्थानीया कलाकारहरु मेनुका प्रधान, सुनिता राइ, मुना बराकोटी, आइता तमाङ्ग, रुपा, सुनिता, सिता अधिकारी, सुशिला पोख्रेल, विशाल बारकोटी, मेघ, कुमारी सुबेदीका सार्थीहरुले नृत्य प्रस्तुत गरे ।
भुटानी माटोमा आफ्नो कला, साहित्य र सँस्कुतिलाइ स्थान नदिएपनि आज विश्वाको हरेक कुनाबाट भुटान र भुटानीलाई चिनाउने काममा कलाकारहरुले गरिरहेको छ । आज हामीले देशको एक अभिन्न अङ्गलाई सम्मान गर्न पाउँदा म लगायत मिनीसोटावासी भुटानी गर्भवन्दीत भएको संस्थाका उपध्यक्ष तथा कार्यक्रका संयोजक श्री तिलक पकुवल आफ्नो महत्बयमा प्रकट गनुहुन्छ ।
No comments:
Post a Comment