Sunday, May 31, 2009

लामो समयदेखि स्वदेश फिर्तीको पक्षमा संघर्षरत भुटान पिपुल्स पार्टी, ड्रुक नेशनल कांग्रेस प्रजातान्त्रिक, भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त मोर्चा राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानले २०६४ सालको जेठ १४ गते स्वदेश फिर्तीको माग गर्दै शान्तिमय लङमार्च अभिभान मेची पुलमा सुरु गरेको दिन हो ।
नेपाल सरकार, नागरिक समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवाधिकार संघ-संस्था र नेपाली नागरिकको सहयोगमा लङमार्च अभियान मेची पुलको Zero Point सम्म मात्र सफल भयो । त्यसमा मूल बाधक भारतीय सरकारका सुरक्षा निकाय र सिमा सुरक्षा बल SSB ले स्वदेश फिर्ती पक्षमा सहि निर्णय नदिई १४४ धारा लागू गरि भुटानी नेता र भुटानी जनतालाई चरम यातना दियो भने नेपाली जनता र नेपाली पत्रकारलाई समेत विभिन्न आरोप लगाई भारतीय जेलमा कोचार्यो ।शान्तिमय आन्दोलनले शरणार्थी युवा र नेपाली नागरिकको थोरै उर्जा पाएपछि र सिमानामा प्रवेश गर्न नदिएपछि स्वदेश फिर्तीको पक्षमा एक लाख बढी शरणार्थी कम्मर कसेर “नेपाल सरकार बाटो देऊ, भारत सरकार माटो देऊ” नारा जुलुसका साथ मेची पुलमा स्वदेश फिर्तीको मागका साथ नेतृत्वकर्तालाई भारतीय जेलबाट रिह गरी बाटो खुलाउन निबेदन गर्दा शरणार्थीहरुको मागलाई वेवास्ता गरि मानब अधिकारको उल्लंघन हुनेगरी भारतीय सुरक्षा बलले लाठीचार्ज गरी नेपाली सिमानामै खेदाएको तितो सत्य छ ।
लाठीचार्ज गरेपछि हजारौं शरणार्थीहरु घाइते भएपछि “भारत की नेपाल” भन्ने स्थिति आएको थियो । त्यस बखत भारतीय सुरक्षा बलको प्रतिकारमा भुटानी जनताले सामान्य मुठभेट चाँहि नचलाएको होइनन् । दुवै तर्फबाट गोली र लाठी-ढुङ्गा चलेपछि मेची पुलमा भारतीय बलले चलाएको गोलीबाट जेठ १४ गते विहिबारको दिन शरणार्थी क्याम्प शनिश्चरेका युवक सह बहादुर शिवाको ज्यान गुम्यो ।
मुख्यतयः स्थिति गम्भीर बन्दै गएपछि नेपाल सरकार र भारत सरकारले शरणार्थी नेतृत्वलाई जेलबाट निकाली शरणार्थीलाई आ-आफ्नो छाप्रो फर्किन बाध्य गराएपछि वार्तामार्फत एक महिनासम्म लङमार्च आन्दोलन स्थगित गरेको नेपाली सञ्चार माध्यम र अर्न्तराष्ट्रिय सञ्चार माध्यममार्फत जानकारी पाएपछि शरणार्थीले नेतृत्वबिहीन आन्दोलन भएको भनि छाप्रो फर्किएका थिए शरणार्थीहरु । त्यसपछि विभिन्न वार्ताको माध्यमबाट लङमार्च अभियान सञ्चालन गर्न भुटानी नेताहरुले कोसिस गरेपनि नेपाल सरकारको विभिन्न कार्यक्रमले शरणार्थी नेतृत्वलाई धोका दिइरह्यो ।
हरेक हारको बिचमा जितको महशुस गरिरहेका शरणार्थी नेतृत्वको अभियानलाई नेपाल सरकार, भारत सरकार तथा अर्न्तराष्ट्रिय जगतले भुटानी आन्दोलनलाई तहसनहस मात्र गर्न खोजेनन् भुटानीले पनि विरोधी पक्ष भएर आन्दोलनलाई उल्टाइदिए । यसलाई यसरी लिउँ की - जब मेची पुलको अभियान सुरु भयो तब भुटानी शरणार्थी शिविर सचिब हरि अधिकारीले एक अर्न्तराष्ट्रिय रेडियोमार्फत विवादास्पद बयान दिएपछि शिविरमा विभिन्न निकायमार्फत अनुसन्धानको खेल सुरु भयो । सोको विरोधमा शरणार्थी युवाले सचिब अधिकारीलाई स्पष्टिकरणा माग गरेपछि अधिकारीले नेपाल सरकारको गोलीबाट जबाफ दिन सुरु गरि शरणार्थी युवा नरपति ढुङ्गेलको ज्यान लिए जेठ १३ गते बुधबार ( २७ मे, २००७) मा ।
घटनालाई नेपाल सरकारका सुरक्षा बलले ब्यवस्था गरेको र अधिकारीलाई सुरक्षा दिएको भन्दै भुटानी शरणार्थीले लासको जिम्मा सशस्त्र बलले लिनु पर्ने भन्दै बेलडाँगी १, २ र ३ बाट ठूलो संख्यामा निस्केको जुलुसले गोली बारुद र ढुङगामुढाको वातावरण सृजना गर्यो । त्यसबखत शरणार्गी युवा पूर्ण बहादुर तामाङको पनि जेठ महिनाको १४ गते विहिबार (२८ मे) मा बेलडाँगी १को खेल केन्द्रमा ज्यान गुम्यो । त्यसपछि शरणार्थी शिविरमा केहि दिनको लागि कर्फ्यु लागु गरि नेपाल सरकारले घटनाको छानबिन समिति गठन गरि दोषीमाथि कार्बाही गने निधो गरि अभियानलाई टुप्पो न फेदमा लगेर छाडिदियो ।
सो घटनाको प्रतिबेदन सार्बजनिक गर्न विभिन्न भुटानी संघ, संगठन र राजनैतिक पार्टी विभिन्न कार्यक्रम गरि नेपाल सरकारलाई माग गर्दा सरकार र प्रतिबेदन समूहले कुनै पनि कुरा सार्बजनिक नगरेपछि सडक संर्घष जस्ता अभियान गरि क्षतिपूर्तिको मागसहित शहीद परिवारलाई राहत जस्ता लिखित प्रतिबेदन चढाएको सडक संर्घष समितिका सचिब बताउँछन् । तर कुनै पनि निर्णय नआएपछि भुटानी नेतृत्वहरुले नेपाल सरकार र भारत सरकारलाई भेट गरि सो कुरामा छानविन गरि शरणार्थी लाई स्वदेश फिर्तीमा स-समानका साथ जाने बाटो खुलाउन समेत आग्रह गरेको ड्रुक नेशनल कांग्रेस प्रजातान्त्रिकका प्रबक्ता नारद अधिकारीले बताए ।
भुटानी राजनैतिक पार्टी, मानवाधिकार संघ-सस्था र भुटान कम्यूनिष्ट पार्टी विराट पक्षको प्रबेश निकट संगठन अखिल भूटान कान्तिकारी विधार्थी सघंले मेची पुल र शरणार्थी शिविरको बेलडार्गी १,२,३ र शनिश्चरे क्याम्पमा विहिबार २०६६ जेठ १३, १४ ,१५ गते तीन दिने श्रद्धाञ्जली कार्यक्रम गरी स्वदेश फिर्तीको क्रममा आफ्नो ज्यान राष्ट्रलाई सुम्पिएका महान शहिदप्रति पार्टी सलामि ठोकेर पार्टीको झन्डा फहराई शहिदहरुलाई दिप प्रज्वलन गरि एक चोटी सम्झना गरी भावी कार्यक्रमको योजना समेत कार्यक्रममा पार्टी कार्यकताले खुलासा गरेका थिए ।
मेची पुल कार्यक्रमका आयोजक संस्थाका प्रवक्ता नारद अधिकारी, ड्रुक नेशनल कांग्रेस प्रजात्रान्तिकका उपाध्यक्ष रिन्जीङ दोर्जे, महिला सचिब जसोदा बुढाथोकी, गोपाल गुरुङ, जागिरमान लामा र शिविर कार्यक्रमका आयोजक अखिल भुटान क्रान्तिकारी सघंका सचिब विष्णु क्षेत्री, महिला सचिब सन्ध्या लगायत केन्द्रिय कार्यकताले श्रद्धाञ्जली सभामा पूनर्वास प्रकृयाले भुटानी आन्दोलनलाई कति पनि कमजोर नबनाएको भन्दै शहिद परिवारलाई सम्मान गरी आफ्नो मन्तव्य राखेका थिए भने भुटानका प्रधानमन्त्री तथा नेपाल र भारतका नवनियुक्त प्रधानमन्त्रीहरुलाई स्वदेश फिर्तिको माग गर्दै ज्ञापनपत्र पठाएका थिए ।

अर्जुन
arjunjourno@gmail.com

एक बालकको सपना

अभिभावकको मायाबाट टाढा हुनु अनि सडकमा हजारौं मानिसको गाली गलौज खानु कम अपमानको बिषय हैन । साँच्चै अभिभावकहरु भगवान हुन्थे भने मेरा कुरा बुझ्ने थिए होलान् । यो स्वभाबिक लाग्ने तर अस्वभाविक सपना एकजना बालकको हो । उनि हुन् भुटानी शरणार्थी शिविर. बेलडागी-१, सेक्टर सि-३, छाप्रा न.१८९.का १० वर्षीय विशाल दर्जी । बिशाल कुरो बुझ्ने हुन नपाउँदै उनकी आमाले अर्कै लोग्नेको घर स्याहार्न थालिसकेकी थिइन । आमाको कोखबाट जन्मिएर संसार बुझ्ने, आफनो बारे सोच्ने र ब्यक्तित्व बिकास गर्ने अबसर उनलाई जुरेन । आमाले चटक्कै छोडेर अर्कोसगँ गएपछि विशाललाई आमाको माया धेरै आवश्यकता खड्कियो । तर विडम्वना, उनी त्यो अबसरबाट बञ्चित नै रहे । उनका दाजु सोम बहादुर र दिदी सुकमाया पनि नजिकै बजारको एउटा होटलमा जुठा भाँडा माझ्दैछन् । उनिहरुले महिनाभरी भाँडा मस्काएर पचासदेखि सय रुपैया हात पार्छन् ।बिशालका लागि ठूला तर ती कलिला मजदुरहरुको साँझ बिहान खाना र बास पनि त्यही होटलमा नै हुन्छ । उनीहरुका मनमा पनि सुकिला लुगा लगाउने, मिठो मसिनो खाने, साथीहरुसँग हाँसखेल गर्दै स्कुल जाने, आमाको काख र बाबुको काँधमा रमाउने सपना हुँदै नभएको चाँही हैन है । तर ती सपना फूल खेल्न नपाउदै बडो बिचित्रसँग मटियामेट भए । एकदिन उनीहरुकी आमाले घर छोडीन् । उनले अर्कै लोग्नेको सिन्दुर लिएपछि यी तीन बालबालिकाका दुखी दिन शुरु भएका हुन् । यी तीन दिदीभाइको सपनामा ज्यान भर्ने काम उनीहरुका आमा बाबुकै हो । तर कमजोरीको शुरुवात त्यहीँबाट भयो । परिस्थितिमा केही बदलाव आयो । छोरा-छोरीको स्याहार र घर चलाउन आफुलाई भरथेग होस भनिकन मन मायालाई दोस्रो श्रीमतीको रुपमा भित्र्याए अर्जुनले । पछिल्ली श्रीमती पनि दुइ सन्तान जन्माएर अर्कैसँग हिडेपछि परिबारको झन् कन्तबिजोग भयो ।
त्यसपछि यो परिबार एउटा अब्यबस्थित गृहस्थको दुखी अखडा झैं भयो । दुःख र हण्डरको बोझ अर्जुन दर्जीको काँधमा एकपछि अर्को गर्दै थपिदै गयो । अर्जुन आफुलाई पनि पिडीत ठान्छन् । श्रीमतीले घर गृहस्थी लथालिङ्ग पारेर हिँड्दा आफु पनि बिक्षिप्त भएको तर्क छ उनको । भन्छन् “म के गरौं ?” यो एउटा पिडाको कथा हो । दुःखको कहानी हो । असमझदारीले घरमा निम्त्याउने कलहको नमिठो चित्र हो । घरमा आमा बाबुका काम कुरा मिलेनन् भने परिबार कसरी भाँडिन्छ भन्ने कुराको पिडीत उदाहरण बनेका बिशालको जीवन भोगाई शरणार्थी शिबिरका औसत दुखी शरणार्थीकोभन्दा बढ्तै टिठलाग्दो छ । उनीलाई अहिले लेखपढ गर्ने अबसर चाहिएको हो । ज्यान तगडा पार्न तागतीलो खान्की र चेतनाको बिकासका लागि राम्रो शिक्षा चाहिएको छ । आङ ढाक्ने कपडा पनि चाहिएको छ । यी उसका खोस्नै नमिल्ने हक अधिकारहरु हुन् । शरणार्थीको हक-अधिकार र संरक्षण गर्छौं भन्ने संघसंस्थाको यहाँ कमी छैन । तै पनि किन बिशाल जस्ता शरणार्थी बालबालिकासम्म ती संस्थाहरु अझै पुगेनन् ।
शरणार्थी बाल मञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिना “शरोकारवालहरुले नै चासो नराखेकाले र पुनस्थापन गर्ने स्थान नभएका कारणले धेरैजसो शरणार्थीहरुमा यो समस्या रहेको” बताउँछन् शरणार्थी सरोकारवालाले शरणार्थी शिविरलाई लक्षित गरेर विभिन्न समाजिक सचेतनामूक अभियान मार्फत शरणार्थीहरुको हक-अधिकारलाई संरक्षित र सुरक्षित गर्दै आएको छ र नेपाल सरकारको सहयोगमा बाल बचाउ अभियान शिविरहरुमा शुरु गरेको यू.एन.एच.सि.आर ले बताएको छ । अभिभावक विहिन बालबालिकाको लागि पुनस्थापना प्रकृया शरणार्थी सरोकारवालहरुले शरणार्थी शिविरमै बाल संरक्षण कक्षाको पहलकदमी सुरु गरेको बेलडाँगी-१ का क्याम्प सचिव टि.बि.गुरुङले बताउनु भयो । अब विशालको परिवारले मात्र संरक्षण पाउने होइन अन्य शरणार्थी बालबालिका र शरणार्थीले पनि हक-अधिकारको सुनिश्चित गर्न पाउने छन् भन्छिन् भुटानी शरणार्थी महिला मञ्चकी कार्यक्रम संयोजक इन्द्रवती राई ।
अर्जुन