Saturday, October 24, 2009

पढाइ छोडेर ‘कमाइ’

शिविरबाहिर गई यौन ब्यवहार गर्ने तीन शरणार्थी युवतीलाई विहिबार विभिन्न स्थानबाट क्याम्प रेखदेख समिति शनिश्चरेले पक्राउ गरेको छ ।

शिविरबाट दुइ/तीन दिन हराएपछि ती युवतीका बाबुआमाले समितिमा उनीहरुको खोजतलासका लागि निवेदन दिएका थिए । सो निवेदन परेपछि समितिले सुराकी लगाई विराटनगर, दमक, वितामोड र इटाहरिका विभिन्न होटल र रेष्टुराँबाट उनीहरुलाई पक्राउ गरेको समितिका संयोजक डिवी गुरुङ्गले बताउनु भयो ।
पक्राउ पर्नेमा शनिश्चरे क्याम्प सेक्टर सि/२, की १६ वषिर्या मोति तामाङ्ग, सेक्टर जे/१ बस्ने १५ वर्षिया निमा डोल्मा तामाङ्ग र सोही क्याम्प बस्ने सेक्टर सि/२ की १६ वर्षिया गोपीमाया दर्जी रहेको गुरुङ्गले जानकारी दिएका छन् ।

शरणार्थी शिविर बेलडाँगी-२ की देवी गुरुङ्गले उनीहरुलाई ललाईफकाई यौन कार्यमा लगाएको उनीहरुले वयान दिएका छन् ।
उनीहरुले एकपटकमा एक हजार देखि पाँच हजार रुपैंयासम्म यौन कार्य गरेबापत कमाई गर्ने गरेको बताएका छन् । सातै शिविरबाट विद्यालय जान छाडेका युवतीहरुको सो कार्यमा संलग्नता रहेको समेत उनीहरुले बताए ।
यौन व्यवसायमा संलग्न शरणार्थी युवतीहरुको एक समूह नै रहेको र सो कार्यबाट कमाइ भएको रकम बैंकमा खाता खोली जम्मा गर्ने गरेको निमा डोल्मा तामाङ्गले बताइन् ।
सो समूह होटल तथा रेष्टुराँको माग अनुसार अनुसार एक/दुइ हप्तासम्म एक ठाँउ देखि अर्को ठाँउसम्म जाने गरेको पनि तामाङ्गले बताएकी छिन् ।
उनीहरुको मोबाइल समूह काकडभिट्टादेखि धरानसम्मका ठूल-ठूला रेष्टूराँसम्म गई सेवा प्रदान गर्ने गरेको तामाङ्गले बताइन् ।
शनिश्चरे शिविरकी सपना सुब्बा, बेलडाँगी शिविरकी अञ्जु विश्व र मञ्जु विश्व इटहरीमा रहेर उनीहरूलाइ यौन पेशामा संलग्न गराइरहेको पनि तामाङ्गले जानकारी दिएकी छन् ।
हाल उनीहरुलाई शनिश्चरे क्याम्पको रेखदेख समितिमा अनुसन्धानका लागि राखिएको छ । क्याम्प ब्यवस्थापन समितिको कार्यालय सोमबार खुलेपछि सम्बन्धित निकायमा बुझाइने गुरुङ्गले बताउनु भयो ।

1 comment:

  1. Arjunji, might be it could have been better had you not published the names of these girls. This will have negative touch in their future. Bhutanua has published the same news sourcing your blog and it has spread significantly.

    www.bhutaneseliterature.com

    ReplyDelete