Tuesday, October 6, 2009

शिविर भित्र

करणी

दुई वालिकालाई जवरजस्ती करणी गर्ने दुई युवामध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार रहेका छन् ।
भुटानी शरणारी शिविर टिमाइ, सेक्टर बी २ का २५ बर्षीय मानसिंह तामाङ र सोही स्थानका २१ बर्षीय पदम सार्कीले १० र ११ बर्षीया दुई वालिकालाई जवरजस्ती करणी गरेका थिए ।शनिवार राती ८ बजेतिर नजिकैको टिमाइ खोलामा सामूहिक वलात्कार गर्न थालेपछि दुई वालिकामध्ये एक जना भाग्न सफल भएकी थिइन् । अभिभावकलाई खवर गरेपछि प्रहरीको सहयोगमा मानसिंहलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीले जनाएको छ

अपराध
चोरी लुटपाट लगायतका आपराधिक घटनामा संलग्न दुई जना भुटानी शरणार्थी झापाको गोल्धाप शिविरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोल्धाप शिविर सेक्टर ए छाप्रो नं. ९ का २० वर्षीय चेतन विश्व र सोही शिविर सेक्टर ड-१ छाप्रो नं. १८ का २८ वर्षीय टंक थारु रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले सुराकीको आधारमा आइतवार राती पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक तथा पाथिभरा गणका गणपति गणेश ठाडा मगरले बताए ।समातिएका दुवै जना यसअघि गएको चैतमा विर्तामोडका माता लिङदेनको घरमा भएको लुटपाटमा संलग्न रहेको सुरक्षा स्रोतको दावी छ । “चार/पाँचवटा भन्दा बढि घटनामा उनीहरु संलग्न छन् ।” मगरले भने ।

नक्कली रक्सी

झापाको बेलडाँगी शरणार्थी शिविरमा अवैध रुपमा लुकाएर बेच्न राखिएको नक्कली रक्सीसहित एक शरणार्थीलाई सोमबार पक्राउ गरिएको छ ।बेलडाँगी - ३ सेक्टर सी, छाप्रा नं. १४ बस्ने दलविर र्राईलाई विभिन्न नामका बोतलमा सिल्डप्याक गरिएको १५ दर्जन बढि नक्कली रक्सीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी वेस वेलडाँगीले जानकारी दिएको छ । आइतबार राती शसस्त्र प्रहरी गस्ती टोलीले र्राईको घरमा छापा मार्दा ती नक्कली रक्सी बोरा तथा टिनको बाकसमा लुकाएर राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी निरीक्षक तथा वेस प्रमुख गान्धिवराज स्याङतानले बताएका छन् । बरामद रक्सी क्याम्प व्यवस्थापन समिति, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थितिमा सार्वजनिक रुपमा खाडल खनि नष्ट गरि पुरिएको सशस्त्र वेस वेलडाँगीले जानकारी दिएको छ ।
शिविरभित्र उछृङ्खल गतिविधि रोक्न सम्वन्धित निकायले शिविरभित्र कुनै पनि मादकजन्य पदार्थ बेचविखन तथा प्रयोग प्रयोजन पूर्ण रुपमा निषेध गर्न पटक पटक सूचना जारी गरेको छ ।पक्राउ परेका र्राईलाई सोमबार थप कानुनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको बताइएको छ ।

No comments:

Post a Comment