Saturday, October 31, 2009

शरणार्थी पक्राउ

डेढ वर्षअघि दमकको मुख्यचौकमा अवस्थित लक्ष्मी वैंक लुटपाटको घट्नामा सम्लग्न एक जना भुटानी शरणार्थीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा वेलडाँगी -१ भुटानी शरणार्थी शिविरका सेक्टर जी का २२ वर्षीय डाकमान भुजेल रहेका छन् । भुजेललाई दमकको वसपार्क नजिकवाट पक्राउ गरिएको थियो ।


उक्त वैंकवाट लुटिएको १७ लाख रुपयाँ सहित घट्नामा सम्लग्न रहेका तीन जना भुटानी शरणार्थी भने तत्काल पक्राउ परेका थिए । भुजेलको पनि सोही समयदेखि नै प्रहरीले खोजी गरिरहेको थियो । उक्त वैंकवाट दिउँसै ७/८ जनाको संख्यामा आएका लुटेराले ७९ लाख रुपयाँ लिएर फरार भएका थिए । जसमध्ये हालसम्म १७ लाख नगद सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment