Monday, October 26, 2009

शिविरमा सौर्य वत्ती

भुटानी शरणार्थी शिविरहरुमा वाक्लै रुपमा रहेका छाप्राहरु पूनर्वासका कारण खाली हुँदै गरेका भए पनि शरणार्थीका लागि सहयोगी संस्था लुथरन विश्व महासंघले ती छाप्रा र छाप्रावासीका लागि सौर्य वत्ती प्रदान गरिरहेको छ ।


शिविरभित्र दिन-प्रतिदिन घट्ने हिंसा, आगलागि, चोरीडकैती अनि लुटपाटका घट्नाहरुलाई नियन्त्रण गर्ने उद्देश्यले शिविरभित्र विगत तीन वर्ष अघिदेखि
शरणार्थीको सहायता संस्था लुथरन विश्व फेडेरेसन दमकले सोलार बत्ती वितरण गर्दै आएको हो ।
शरणार्थीहरुले पाउने गाँस, बास र कपासमा दिन-प्रतिदिन कटौती भएता पनि शिविर रहन्जेलसम्म शरणार्थीहरुलाई सहयोग गर्ने लक्ष्य लिएका संस्था कारितास नेपाल र लुथरन फेडेरेसनले पूनः सातै शिविरमा गरि २३ र ४५ वाटका १२७ वटा सोलार बत्ती ब्यस्त बाटो र विद्यालय परिसर, अस्पताल आदिमा लगाउँदै आएको सोलार इलेक्ट्रिसिटी कम्पनीका प्रोपाईटर इश्वरी प्रसाद लामिछानेले बताउनुभयो ।
लामिछानेका अनुसार बेलडाँगी-२,३ हुँदै १ मा सोलार बत्ती लगाइरहेको र अन्य क्याम्पमा पनि लगाउने बताउनु भएको छ ।

No comments:

Post a Comment