Thursday, October 8, 2009

भर्कीको विदाइ, अमलराजको स्वागत





शरणार्थीहरुको शैक्षिक कार्यक्रममा सहयोग पुर्याउँदै आएको संस्था कारितास नेपाल-दमकका कार्यक्रम निर्देशक फादर भर्कि पेरेक्कट एस.जे.लाई आज दमकमा शरणार्थी नेतृत्व, क्याम्प ब्यावस्थापन समिति र शरणार्थीहरुले विदाई कार्यक्रम गरेका छन् ।
कार्यक्रमको अध्यक्षता कारितास नेपालका अध्यक्ष विशप, एन्टोनी शर्माको रहेको थियो भने प्रमुख अतिथि कारितास नेपालका कार्यकारिणी निर्देशक केवी बोगटी रहनु भएको थियो । उक्त अवसरमा शरणार्थी नेता अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

भर्किको विदाई कार्यक्रमा भुटानी शरणार्थी स्वदेश फिर्ती परिषदका अध्यक्ष डा.भम्पा राई, राष्ट्रिय गोर्खा मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष राजमान गुरुङ, क्याम्प सचिवहरू भानु ढुङगाना, टिबी गुरुङ, डिल्लीराम अधिकारी लगायत शरणार्थीहरुले शरणार्थीहरुको शैक्षिक कार्यक्रमका बारेमा निरन्तरता दिन कारितास नेपालसँग निवेदन गरेका छन् ।
"शरणार्थीहरुको यात्रा जति लामो भएपनि कारितास नेपाल सदासर्वदा आफ्नो कार्यक्रम लिएर शिविरभित्र हुनेछ" फादर भर्किको भनाइ थियो उक्त अवसरमा। भर्किले शरणार्थी शिविरभित्र पूनर्वासका कारणले गर्दा अनुभवी शिक्षकहरुको अभाव रहेको र विद्यार्थीको घट्दो क्रमलाई पनि मध्यनजर गर्दै शिक्षाप्रति अन्य शरणार्थीलाई ध्यान दिन समेत आग्रह गर्नुभयो ।
भर्किको विदाईसँगै कार्यक्रममा फादर पि.यस.अमलराज एस.जे.लाई पनि शरणार्थीहरुको शैक्षिक कार्यमा सधैं माया गर्नु भन्दै शरणार्थीहरुले स्वागत गरेका थिए ।
शरणार्थी विद्यालय, शरणार्थी समूदाय, शरणार्थी प्रभावित श्रेत्र र विभिन्न संघ-संस्थाले भर्किको विदाई गरिसकेको र भर्कि शनिबार दमकबाट भारतको राजस्थानस्थित जयपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
शरणार्थी शिविरमा विगत १९ वर्ष अघिदेखि शैक्षिक कार्यक्रममा सहयोग पुर्याउँदै आएको संस्था कारितास नेपालले शरणार्थीको शिक्षामा विभिन्न सघं-सस्थाहरुसँग सहकार्य गरि पठपाठन गराई रहेको छ ।



यसैविच, भूटानी शरणार्थी यूवा मैत्री केन्द्रले फादर भर्किको विदाई कार्यक्रम पारेर शरणार्थी यूवाहरुको प्रतिभालाई एउटा मालाको रुपमा प्रस्तुत गर्दै सम्झौता नामक क्यासेट विमेचन गरेको छ ।
शिविरभित्र कला, साहित्य र सास्कृतिको संरक्षण गरि शरणार्थी समूदायलाई नयाँ गोरेटोमा डोर्याउनका लागि मैत्री केन्द्रले विगतका वर्षदेखि नै शिविरमा विभिन्न यूवा सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
मैत्री केन्द्रको प्रकाशनमा शरणार्थी शिविरभित्रको वर्तमान परिवेसलाई समेटी यूवाहरुमा लुकेर वसेको प्रतिभालाई समाजमाझ एक सम्झैता नामक गिती क्यासेट प्रकाशन गरेको कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चाले बताउनु भयो । गिती क्यासेटमा सात शिविरका शरणार्थी यूवाहरुको शब्द, संगीत तथा स्वर रहेको छ भने नेपाल लगायत भारतका ख्यातीप्राप्त कलाकारहरुको पनि सहयोग रहेको छ । क्यासेटलाई विमेचन गरि भावी दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता भर्किले जाहेर गरेका छन् । शरणार्थी यूवाहरुले विभिन्न गित, मन्तव्य राखि भर्किलाई विदाई गरेका थिए भने फादर अमलराजलाई स्वागत गरि कार्यक्रमलाई कारितास नेपालका अध्यक्ष विसहोप एन्टोनी शर्माले समापन गर्नुभएको थियो ।


No comments:

Post a Comment