Thursday, September 30, 2010

गजल


तिम्रले मलाई बोलाएर घात गर्‍यौ
अँधेरी त्यो सुनसानमा बात गर्‍यौ
सबले देख्लान् भन्ने डर थियो
चुप भन्दै ममाथि रात गर्‍यौ
टोलाएर यता–उता सबतिर
बनाई राता आँखा मात गर्‍यौ
स्वार्थी कस्तो स्वार्थी तिमी त
जीवन तिम्रो हो भन्दै हात गर्‍यौ
Source: www.bhutaneseliterature.com

Tuesday, September 21, 2010

शिविर भित्रको खबर

भुटानी शरणार्थी शिविर वेलडाँगी १ का एक वृद्ध शरणार्थीले अहिले साँझ  गरेका छन् । वेलडाँगी १ शिविरको सेक्टर सी १, छाप्रा नं. ७६ का ६५ बर्षीय चकमान लम्जेलले अहिले साँझ ९ बजे झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाइ छाप्रोदेखि पचास मिटरजति टाढा रहेको नर्सरीमा पीपलको रूखमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा उनकै माइला छोरा विर्ख बहादुरले फेला पारेका थिए ।

Monday, September 20, 2010

भुटानदेखि झापा-झापादेखि ब्रोङ्क्ससम्म

( विजय पौडेल - नेपाल अरब डट कमबाट)
लामो समयदेखि दक्षिण भुटानमा बस्दै आएका नेपालीहरु जसलाई लोहोतसम्पा पनि भन्ने गरिन्छ । अकस्मात उनीहरुलाई सन् १९९० मा भुटानको गैरकानुनी नागरिक भनेर भुटान सरकारद्वारा खेदिएर नेपाल पसेका करिब १ लाख १० हजार भुटानीहरुलाई न फेरि भुटान सरकारले स्वीकार गर्‍यो न त नेपाल सरकारले आफ्नो नागरिक भन्यो ।

झन्डै १८ वर्ष युएनएचसीआरले व्यवस्थापन गरेको झापास्थित सात वटा शिविरहरुमा बसेर जीवन धान्दै

Friday, September 17, 2010

बफेल्लोमा फेरि आत्महत्या

केही साताअघिको आत्महत्याको घटनापछि न्यूयोर्कको बफेल्लो सिटीमा आज बिहीबार फेरि सो काण्ड दोहोरिएको छ।  अगष्ट महिनामा नेपालको शनिश्चरे शरणार्थी शिविरबाट यहाँ पुनर्स्थापित भएको एक सातामै धनमाया गुरुङले आत्महत्या गरेकी थिइन् भने बिहीबार, करिब ३५ वर्षिया निर्मला निरौलाले आत्महत्या गरी जीवनको बिसर्जन गरेकी छन्।
प्राप्त जानकारीअनुसार बेल्डाँगी १, सेक्टर डी ३ बाट गत जूनमा बफेल्लो आइपुगेको हरिप्रसाद निरौलाकी श्रीमती निर्मलाले बिहीबार, १६ सेप्टेम्बरको दिन बेलुकीतिर आफ्नै निवासको तलामुनी (बेसमेण्ट)-मा कपडाको पासो लगाई आत्महत्याको काण्ड दोहोर्याएकी छन्।

Thursday, September 16, 2010

बुढाथोकी हत्याकाण्डको मुद्दा फिर्ता हुने

भुटानी शरणार्थी नेताको हत्यामा संलग्नहरुको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि शरणार्थी समुदायमा असन्तुष्टी पैदा भएको छ ।
सन् २००१ सेप्टेम्वर ९ तारिकका दिन हत्या गरिएका भुटान पिपुल्स पार्टीका संस्थापक अध्यक्ष आर के बुढाथोकीको हत्याको अभियोग लागेका शनिश्चरे शिविरका राम सुवेदी क्षेत्री लगायतकाको मुद्दा फिर्ता लिने निर्णय मन्त्री परिषदको गत साउन २८ गते बसेको बैठकले गरेको थियो ।

Sunday, September 12, 2010

गजल

राम मोती भए सी, सिता गजल
शेरमा श्रृंगारिक छ, रिता गजल

सपनीमा देख्या जस्तो कहाँ हुन्छ ?
रावणजति जीता अब, जिता गजल

Saturday, September 11, 2010

शोकग्रस्त भए एरिजोनाका भूटानी

सेप्टेम्बर 7 का दिन घर नजिकैको स्वीमिङ पूलमा डुबेर सिकिस्त बनेकी 17 वर्षीय पूर्णीमाया तामाङको मृत्युले एरिजोनामा हुने सबै भूटानीलाई शोकमग्न बनाएको छ। ‘‘पूर्णीमाया अब हामीसँग छैनन्,’’एरिजोना-भूटानी समाजका अध्यक्ष मनोरथ खनालले भूटान समाचार सेवालाई भने, ‘‘यति सानै किशोरीको यो असामयिक निधनले हामी सबै भूटानीलाई शोकाकुल बनाएको छ।’’

Thursday, September 9, 2010

Whose happiness? Tikaram Adhikari

 The paradox of over 100,000 Bhutanese refugees who had been languishing in the UNHCR-supported seven refugee camps in Nepal for over two decades stood in sharp contrast with the Gross National Happ-iness (GNH) so vehemently promoted by Bhu-tan and so graciously appreciated by the development community including donors, academics and governments in developed countries. The Bhutanese refugee population stands close to one sixth of Bhutan’s controversial population figure ranging from anywhere between 600,000 to 1.2 million. The irony is stark when seen through the lens of compassion imbedded in the Buddhist philosophy of love for all human beings that is supposed to be the central theme of Bhutan’s development philosophy.

Wednesday, September 8, 2010

सही शरणार्थीको उठिवास

लगातार चौध वर्षको जेल सजायपछि बितेको अप्रिल ३० मा भुटानको चामगाङ केन्द्रीय जेलबाट छुटेका सुकप्रसाद राई अहिले झापाको बेलडाँगी शरणार्थी शिविरमा झन्डै मगन्ते हैसियतमा दिन कटाइरहेका छन् । तीन वर्ष अघिको शरणार्थी जनगणनामा नपरेका कारण ‘परिचय पत्रविहीन’ बनेका यी ३४ वर्षेले अरूहरूसँगको मागजुग र सापटीमा दैनिकी गुजार्नुपरेको छ । यी आस्थाका बन्दी सुकप्रसादले अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा जेलबाट छुट्कारा पाएका रहेछन् । उनका अनुसार अहिले पनि जेलबाट छुटेर आफ्ना हराइरहेका आफन्त पहिल्याउँदै नेपालका शरणार्थी शिविरहरूमा आउने भुटानीहरू थुप्रै छन् । सुकप्रसाद थुनामा रहेको चामगाङ जेलमा मात्रै ७२ नेपालीभाषी भुटानी आस्थाका बन्दी रहेछन् । भुटानका सबै जेलमा गरेर ४ हजार ३ सय राजनीतिक बन्दी रहेको तथ्यांक आधारमा (नमरी बाँचे) ढिलोछिटो यो संख्या नेपालै भित्रिने सुकप्रसादको विश्वास छ ।

केवीको सम्झनामा

भुटानी अगुवा केबी खड्काको हत्या भएको आज ठिक एक बर्ष पूरा भएको छ । गत बर्ष आजकै दिन अर्थात भदौ २३ गते भुटानी शरणार्थी शिविर बेलडाँगी नजिकै रहेको हम्सेदुम्से सामुदायिक वन को कार्यालय नजिकै उहाँको नृशंस हत्या गरिएको थियो ।
यसै अवसरमा हृयुरोवका अध्यक्ष एस बी सुव्वाले उहाँलाई सम्झँदै एउटा पत्र लेख्नु भएको छ । उक्त पत्र जस्ताको तस्तै 



OBITUARY TO K.B.KHADKA

शिविर भित्रको खबर

                                    राहत मिल्ने भो
 परिचय पत्रको लागि फोटो खिचाएका शरणार्थीले चाँडै शरणार्थी परिचय पत्र पाँउनसक्ने अधिकारीहरुसँगको छलफलपछि एक शरणार्थी प्रतिनिधिले बताएका छन् ।
राहत बिाचत पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेलले गएको आईतबार शरणार्थी समन्वय एकाईका निर्देशक तथा झापाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ लगायतका अधिकारीसँगको कुराकानीपछि परिचय पत्र बितरण सम्बन्धी त्यस्तो आश्वासन पाएको बताउनु भएको छ ।

Tuesday, September 7, 2010

पूनर्वासमा हिँडेकालाई फेरि फर्काइयो

अन्तराष्ट्रिय आप्रबास संस्थामार्फत तेस्रो मुलुक पुनर्बासमा लान काठमाडौं पुर्याइएका २ परिवार भूटानी शरणार्थीलाइ शिविर फर्काइएको छ ।
मोरङ शनिश्चरे शिविरका २ परिवारका १२ जना सदस्यलाइ अमेरिका पुनर्वासका लागि शिविरबाट काठमाडौं पुर्याइ त्यहाँबाट फर्काइदा उनीहरु समस्यामा परेका छन् ।

Wednesday, September 1, 2010

पुनर्गणना सुरु

भुटानी शरणार्थीको पुनर्गणनामा छुटेका शरणार्थीको पुनर्वास प्रकृयाको प्रराम्भिक काम शुरु भएको छ ।
सन् २००६ मा भएको पुनर्गणनमा छुट भएका उनीहरुको दुइ बर्षपछि पुनः गणना र फोटो खिच्ने काम भएको थियो ।
शरणार्थी मामिलासम्बन्धि राष्ट्रसंघीय उच्चायोग र पुनर्वासमा संलग्न आप्रवास सम्बन्धी अन्तराष्ट्रिय संगठन आईओएमले आजबाट उनीहरुसँग अर्न्तवार्ता लिने काम आरम्भ गरेका हुन् ।

एकता निर्माण अनिबार्य

ड्रुक नेशनल काँग्रेस डेमोक्रेटिकले भुटानी आनदोलन अघि बढाउन भुटानीबिच बलियो एकता निर्माण अनिबार्य भएको बताएको छ ।
त्यो पार्टीका महासचिब तथा राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानका प्रबक्ता नारद अधिकारीले राजधानी काठमाण्डौमा बिभिन्न चार भुटानी संगठनले गरेको कार्यगत एकताको घोषणाको अर्थ र औचित्य सबै भुटानीले थाहा पाउनु पर्ने बताएका छन् ।