Tuesday, October 6, 2009

रिभुल्योसनरी भुटानले हत्या गरेको खुलासा

दमकको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका पूर्व सचिव केवी खड्काको रिभुल्योसनरी फ्रन्ट अफ भुटान नामक संगठनले हत्या गरेको खुलासा भएको छ ।गएको भदौ २३ गते दमकबाट शिविर जाने क्रममा हत्या गरिएको खड्काको हत्यामा संलग्न रहेको आशंकामा समातिएका दुई जनाले वयानका क्रममा सो कुराको खुलासा गरेका हुन् । सुरक्षा स्रोतका अनुसार अभियुक्तहरु वेलडाँगीका यादव गुरुङ र टिमाइका पहलमान र्राईले प्रहरीसँगको बयानमा आफूहरु सो संगठनको सैन्य विभागका लडाकु रहेको र उनको हत्या आफ्नै संगठनको नीति अनुसार नै भएको स्वीकार गरेका छन् । उनीहरुले शरणार्थीहरुको घरफिर्ती आन्दोलनलाई वाधा पुर्याएको ठहर गरी पार्टी नीति बमोजिम सफाया गरेको बताएको स्रोतले जनाएको छ ।सुरक्षा स्रोतका अनुसार गएको वैसाखमा हन्त्या गरिएका शान्तिराम नेपालको हत्यामा समेत सोही संगठनको संलग्नता रहेको थियो ।

No comments:

Post a Comment