Sunday, May 29, 2011

गीत

www.Nagariknews.com

अर्जुन प्रधान 
मिनिसोटा, अमेरिका
सेतो कपासले बेरेको लास मेरो
निर्जिव भएर खेरेको आश मेरो
नबोलाउ लामो सुत्छु सुखको साथ
आत्मा आत्माहरुको एक भण्डारमा
दु:खहरुको नयाँ यात्राबाट
स्वतान्त्रता भरेको प्रकाश मेरो
निर्जिव भएर खेरेको आश मेरो

Monday, May 23, 2011

Gazal

म अन्तिम घोरिएछु अधुरा तस्बिरमा
छिनमा एक्लै बोलि रह्यो कुरा तस्बिरमा

क्यानभासमा उनि सुन्दरताले सजिएकी
उसै राम्रा सिंदुर अनि चुरा तस्बिरमा

Sunday, May 22, 2011

गीत


सपनी कोरेर जीवन जलाइदियौ
रङ्गहरुमा वियोग मिसाइदियौ
मलाई मेटाउन देउ आधा-आधा गरी
नशामा जवानी चढेको हरेक रागमा
सरगम मिल्छ सिमसिमे रातमा
पल्टाइमा पूरै जीवन पल्टाइदियौ
रङ्गहरुमा वियोग मिसाइदियौ

Sunday, May 8, 2011

देश, प्रेम र पुर्नवाश


अँध्यारो रात
सुनसान बस्तीभित्र
चिर….र आवाज
त्यसमा आमाको वेदना
चित्कार अनौठो
भयले घेरिएको देशमा
मेरी आमा मलाई पिठ्यूँमा बोकेर
देशबाट बाहिरिनु भो
मेरो रुवाइको प्रश्नको
उत्तरमा आमा भन्नुहुन्छ
दशैं–तिहार मनाएपछि आउने
मामा घर गएको हो
हो नानी ।
भन्दै नजान्दो पारामा आँसु पुस्दै
भारतीय सिमाना More Details

Friday, May 6, 2011

Gazal


लुकाए लुक्दैन चोखो पि्रत हजुर
Photo: Dillan Samal
हारको विचमा हुन्छ जित हजुर

बलिदान हो तिम्ले-मैले दिए हुन्छ 
प्रेमकै शन्तिमा आउछ मित हजुर

Thursday, May 5, 2011

Gazal

मेची देखि महाकालीसम्म रङग भर्दैछ नेपाल
देशमा नयाँ सविदानको तरङग र्छर्दैछ नेपाल

लोकतान्त्रीक गणतन्त्र स्थापना गरि देशमा
विजयको खुशीमा छिमेकी दङग पार्दैछ नेपाल

Monday, May 2, 2011

गजल


Google image

खाली सिउँदो भराउने हात मिलेन
सँगै जीवन बिताउने जात मिलेन
नियम, रीति सबै आ–आफ्नै छ
पल–पलमा रमाइरहने रात मिलेन