Thursday, October 29, 2009

शिविरमा छापा मारिएपछि तनाव

हंसेदुम्से सामूदायिक वन परिसरभित्र रहेको सिसौको रुख तथा काठ शरणार्थी शिविरभित्र दशैं र तिहारविच धैरै मात्रामा चोरी निकासी भएको आशंकामा बुधवार बेलडाँगी १मा छापा मारिएको छ ।
सामूदायिक वन तथा सशस्त्र प्रहरी बलद्वारा सोमबारदेखि सञ्चालित दोस्रो चरणको एलआरपी (लामो दुरीको गस्ती)र बेलडाँगी वन रेन्जपोष्टका इन्चार्ज जीवन पाठक सहितको संयुक्त टोलीले शिविरबाट ठूलो परिमाणमा लुकाएर राखेको अवैध चिरान सिसौको काठ तथा गोला एक ट्याक्टर बेलडाँगी १को सेक्टर एफ र जिका छाप्राबाट बरामद गरेको छ ।


टोलीले शिविरका सम्बन्धित निकायमा जानकारीसहित प्रवेश गरेको भनेतापनि शरणार्थी शरोकारवालले शिविरभित्र छापा मार्नु अर्न्तराष्ट्रिय नियम विपरीत भएको भन्दै टोलीको काममा बाधा पुर्याएको वनका रेन्जपोष्ट इन्चार्ज जीवन पाठकले जानकारी दिनु भएको छ ।
सहमतिका आधारमा शिविरभित्र छापा मार्नु पर्ने भनि टोलीलाई शिविर भित्रबाट शरणार्थी समान्वय एकाईका प्रतिनिधि हर्क बहादुर राई, यूएनएचसिरका प्रतिनिधि विष्णु मगर र लुथरन विश्व फेडेरेसनका बेलडाँगी १का लागि क्याम्प अधिकृत हदनारायण चौधारीले टोलीलाई क्याम्प व्यवस्थापन समितिको कार्यालयमा पुर्याएपछि ठूलो विवाद उत्पन्न भएको थियो ।


अर्कोतर्फ टोली कार्यालयमा फर्किएपछि शिविरभित्रका सिसौको गोला काठ नजिकैको रतुवा खोला तथा कुलामा फालिएको र अन्य छाप्रामा लुकाउँदै गर्दा बेलडाँगी १, सेक्टर एफ १, छाप्रा नं. ३/४मा बस्ने भिम बहादुर गजमेरलाई वन कार्यालयमा थुनिएको सशस्त्र प्रहरी बल बेलडाँगी १ले जानकारी दिएको छ ।
वनले कुनै पनि आधिकारिक जानकारीविना शिविर प्रवेश गरी शरणार्थीको खाटमा लगाएको तख्ती, मान्छे विनाको छाप्रामा खानतलासि गरेकोमा क्याम्प सचिव टिवि गुरुङ्गले दुःख ब्यक्क्त गर्नु भएको छ । त्यसै गरि सेक्टर एफका सवसेक्टर हेड कुल बहादुर बस्नेतलाई शरणार्थीले टोलीलाई फोन गरि बोलाएको भनि घेराऊमा पारेको बस्नेतले जानकारी थिए भने वनका कार्यकतालाई शिविरवासीले ढुङ्गा र अनैतिक शब्द प्रहार गरि लखेटेकोमा जीवन पाठकले आपति जानाएका छन् ।


सो विषयमा शरणार्थी समान्वय एकाइ र झापा जिल्ला प्रमुख जिल्ला अधिकारीलाई जानकारी भईसकेको शरणार्थी प्रतिनिधि र टोलीका इन्चार्ज पाठकले जानकारी दिनु भएको छ ।
संयूक्त टोली र शरणार्थी शरोकारवालाविच आज बेलडाँगी १को क्याम्प ब्यवस्थापन समितिको कार्यालयमा सहमतिको लागि बैठक बस्ने भएको छ ।

No comments:

Post a Comment