Thursday, October 22, 2009

शरणार्थी, समाचार


रमेश सुब्बाका जेठा छोरा पत्राउ
शिविर भित्र भूमिगत संगठनको नाममा शरणार्थी अगुवाहरुलाई धाक-धम्कि दिने एक शरणार्थी विर बाहादुर सुब्बालाई गएराति सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सयुंक्त टोलीले पत्राउ गरेको छ ।


सुब्बा बेलडागी-१ सेक्टर जि/२, छाप्रा नं. १६५ का हुन् । उनी भूमिगत संगठन यूनाइटेड रिभोल्युसन आर्मी अफ भूटानको सदस्य रहेको र शिविरबाट फरार रहेको प्रहरी निरिक्षक नविन कार्कीले बताउनु भएको छ ।
सुब्बालाई प्रहरी बलले मंगलबार राति घरबाट तीन युवासहित प्रकाउ गरेको थियो । प्रहरीको अनुसन्धान अनुसार अन्य युवा सुव्बाको घरमा टिका लगाउन आएको र संगठनमा संलग्न नरहेको बताएका छन् ।
सुब्बालाई इलाका प्रहरी कार्यालय, दमकमा थप अनुसन्धनका लागि राखिएको छ । उनी रमेश सुब्बाका जेठा छोरा हुन् ।
 अवैध मदिरा

झापाको दमक स्थित भुटानी शरणार्थी विविरमा अवैध रुपमा भित्र्याईएको मदिरा शिविर सुरक्षार्थ खटिएको प्रहरीले आज वरामद गरेको छ ।
वेलडाँगी स्थित शिविरमा अवैध रुपमा लगि विक्रीका लागि राखिएको घरेलु र आयातित गरि ६० हजार वरावरको मदिरा वरामद गरेको हो । वरामद गरिएको मदिरा आजै नागरिक समाज, पत्रकार, स्थानिय प्रतिनिधीको रोहवरमा नष्ट गरिएको छ ।
                                                  दुर्घटना

आफ्नै छोराले चलाएको मोटरसाइकलबाट झरेर गोलधाप शरणार्थी शिविर सेक्टर ए ४ छाप्रो नम्बर २० की ७० वर्षीया चन्द्रमाया प्रधान सिकिस्त भएकी छिन् ।
छोरा धन बहादुर प्रधानले चलाएको मोटरसाइकल चढी आज बिहान ९ बजे शनिश्चरे शरणार्थी शिविरबाट गोलधाप र्फकंदै गर्दा पूर्व पश्चिम राजमार्गको उर्लाबारी खण्डमा त्यो दुर्घटना भएको हो ।
घाइते चन्द्रमायालई उपचारका लागि बिराटनगर स्थित कोशी अञ्चल अस्पताल  लागेको छ ।
 

No comments:

Post a Comment