Thursday, October 15, 2009

शरणार्थी सन्देश

किर्ते ठगी

स्थानीय मान्छेलाई किर्ते विवरणको भरमा शरणार्थी बनाउन खोजेको अभियोगमा बेलडाँगी शिविरका शरणार्थी सहित पाँच जना पक्राउ परेका छन
गएराती दमक ११को एक होटलबाट पक्राउ परेका शरणार्थीहरुमा बेलडाँगी शरणार्थी शिविरका पूर्वसचिव देवराज प्रधान बेलडाँगी कै सेक्टर आई१ छाप्रो नम्बर ७८ का मकर बहादुर गुरुङ्ग सहित तीन स्थानीय पनि छन
घटना बिवरण अनुसार पूर्व सचिव प्रधानको मिलेमतोमा गुरुङ्गले धनकुटाको पाख्रीबास का दीपेन्द्र मानन्धर , त्यहींका रुद्र बहादुर गुरुङ्ग काठमाण्डौंको गोंगबु का उत्तम गुरुङ्गलाई नक्कली बिवरण बनाई छोराको रुपमा दर्ता गराउने प्रकृया अघि बढाएको बताइएको
ति पाँच अभियुक्तलाई किर्ते ठगी सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको दमक प्रहरीले जनाएको
नेपालको मुलूकी ऐनमा ठगी किर्ते सम्बन्धी मुद्धामा बिगो बराबरको जरीवाना १० बर्षसम्मको कैद सजायँ हुने उल्लेख

आइसि आरसीको सहयोग  

पछिल्लो महिनामा अन्तराष्ट्रिय रेडक्रस (आइसि आरसी )ले भुटानको जेलमा रहेका ४० शरणार्थीका शिविरस्थित आफन्तलाई भुटान पुर्याई भेटघाट गराएको जनाएको
भुटानमा रेड्क्रसको कुनै एकाई नभएका कारण अन्तराष्ट्रिय रेड्क्रसका काठमाण्डौं दिल्लीस्थित कार्यालयले शरणार्थीका भुटानी जेलमा रहेका आफन्तका खबर आदान प्रदान गराउने भेटघाट गराउने गरेको रेड्क्रसको भुटानी शरणार्थी सहायता कार्यक्रमका अधिकृत ललित खतिवडाले शरणार्थी सन्देशलाई बताउनुभएको
भुटानले अन्तराष्ट्रिय रेड्क्रसलाई त्यहाँको राजधानी थिम्पूस्थित केन्द्रिय कारागार चेम्गाङ्गको मात्र भ्रमण अनुमती दिएको
भुटानमा अरु १८ वटा जेल पनि छन यस सम्बन्धि रिपोर्ट केहीबेर पछि प्रशारण गर्नेछौं
अवैध काठ बरामद

दमकको बेलडाँगी सशस्त्र प्रहरीले अस्ति सोमबार राति दुइ शरणार्थी सहित जनालाई काठ ओसारीरहेको अवस्थामा पक्राउ गरेको
पक्राउ पर्नेहरुमा बेलडाँगी शरणार्थी शिविर सेक्टर एफ छाप्रो नम्बर १३ का मौषम मोक्तान सेक्टर जि छाप्रो नम्बर २७८ का मंगलसिंह सुब्बा रहेका छन
यसैगरी त्यो घटनामा इलामको चुलाचुली का नगेस सुब्बा ,बालनन्द सुब्बा ,देवनन्द सुब्बा ज्ञान बहादुर सुब्बा पनि समातिएका छन
झापा जिल्ला बन कार्यालयमा बुझाइएका ति अभियुक्तका साथबाट १० किबि अवैध काठ समेत बरामद गरिएको


१४ वषिर्या बालिकाले कपाल खौरेर
एकजना १४ वषिर्या शरणार्थी बालिकाले कपाल खौरेर आफ्नी दिवंगत आमाको आसौच बारिरहेकी छन
घटना खुदुनाबारी शरणार्थी शिविरको हो
गएको १७ असोजमा परलोक भएकी आमा नरमाया सापकोटाको छोराले जस्तै १४ वषीया छोरी सुमन्ती सापकोटाले आसौच बारिरहेकी छिन्
सापकोटा परिवार त्यहाँको सेक्टर ए१ छाप्रो नम्बर २८ मा बसोबास गरिरहेको खुदुनाबारी शरणार्थी शिविरका सचिव भानु ढुंगानाले बताउनुभयो सुमन्तिका दाजु भाइ छैनन्

संलग्नता नरहेको दाबी
एउटा भुटानी भुमिगत संगठनले अघिल्लो महिना एकजना शरणार्थी कार्यकर्ता मारिएको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको
युनाइटेड रिभ्योलुसनरी फ्रन्ट अफ भुटानद्धारा प्रेशित एउटा इमेल बक्तब्यमा बेलडाँगी शरणार्थी शिविरका भूतपूव सचिव केबी खड्का मारीएको घटनामा आफ्नो संगठनको संलग्नता नरहेको भन्दै सफाईको प्रयास गरेको
बक्तब्यमा संगठन भुटानको तानाशाही सत्तालाई घुँडा टेकाउन ,शरणार्थीलाई घर फर्काउन नागरिक अधिकार फर्काउन केन्द्रित रहेको पनि उल्लेख
गएकेा २३ भदौमा बेलडाँगी शिविर नजिक पर्ूव सचिव केबी खड्काको ज्यान लिइएको घट्नाको अनुसन्धानको क्रममा प्रहरीले बेलडाँगी का यादव गुरुङ्ग टिमाईका पहलमान र्राईलाई पक्राउ गरी कार्वाही अघि बढाएको
ति अभियुक्तहरुको बयानका आधारमा अरु केहीको खोजी भइरहेको पनि श्रोतले बताएको
यसैबीच भुटानी अधिकारबादी संगठन हृयुरोवका अध्यक्ष एसबी सुब्बाले पनि त्यस्तै ब्यहोराको इमेल बिज्ञप्ति मार्फ त्यो घटनामा आफू संलग्न छैन भन्नु भएको
बिज्ञप्तिमा खड्काको ज्यान लिइएको घटनाले आफूले एक मिलनसार मित्र गुमाएको लेख्दै सुब्बाले त्यो घटनाको छानबिनमा आफू सहयोग गर्न तयार रहेको जनाउ दिनुभएको
शरणार्थी समाजमा समाजसेवी ब्यक्तीको रुपमा परिचित खड्काको ज्यान लिइएको एक महिना पछि मात्र सुब्बाको त्यस्तो बक्तब्य आएको हो

खेल
खुदुनाबारी शरणार्थी शिविरमा दशैं तिहारको अवसर पारेर खेलाइएको अन्तर सेक्टर भलिबल प्रतियोगीता सेक्टर बि को टिमले जितेको
फाइनल खेलमा सेक्टर बि को टिम सेक्टर्रर् इको बि टिमबीच प्रतिस्पर्धा भएको थियो
खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले आयोजना गरेको त्यो भलिबल प्रतियोगीताको बिजयी टिम सेक्टर बि को एलाई १५०० सय उसको प्रतिस्पर्धी सेक्टर्रर् को बि टिमलाई १२०० सय रुपैंयाको नगद पुरस्कार दिइयो सेक्टर बि का खेलाडी धनबहादुर मगर म्यान अफ दि म्याच घोषित भए
गएको १८ गते देखि शुरु भलिबल प्रतियोगीता २२ गते सकिएको थियो त्यो भलिबल प्रतियोगीतामा सात वटा सेक्टरका १२ टिम सहभागी थिए
यसैगरी तिहारको अवसर पारेर गोलधाप शरणार्थी शिविरमा पनि फुटबल प्रतियोगीता भइरहेको समाचार प्राप्त भएको
अस्ति २० गतेदेखि शुरु फुटबल प्रतियोगीतामा महिलाहरुको दर्ुइ टिम सहित १४ टिम सहभागी छन
अस्ति सोमबार भएको लभली भाङ्गा पार्ट टु बीच भएको क्वाटर फाइनल खेल - को अन्तरले लभली क्लबले जितेकेा
यसैगरीे टिपटप फ्रेन्डसिप स्पोर्टिङ् क्लबबीच हिंजो भएको क्वाटर फाइनल खेल फे्रन्डसिप क्लबले - को अन्तरले जितेको
गोलधाप शरणार्थी शिविरको युवा मैत्री केन्द्रले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेल आउने शनिबार हुने बताइएको

No comments:

Post a Comment