Tuesday, March 30, 2010

वादलसहित तीन जना पक्राउ

रिले मार्च सुरु गर्ने तीन जना स्वदेश फिर्ती अभियानमा लागेका भुटानी शरणार्थीहरुलाई सोमवार मोरङको शनिश्चरे शिबिरवाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिविरवाट रिले मास टु भुटान अभियानमा निस्कने क्रममा सो अभियानका संयोजक वादल थापा, धन वहादुर रुम्दाली र तारा थापालाई त्यहाँ शिविर सुरक्षार्थ स्थापना गरिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रण लिएका शरणार्थी सवै शनिश्चरे शिविरका रहेको स्रोतले जनाएको छ । उनीहरुलाई मार्च रिलेमा निस्कनु अगाडी विहान आठ तीस वजे नियन्त्रणमा लिएको थियो ।

Sunday, March 28, 2010

स्वादेश फिर्तीको पक्षमा वकालत

भूटानमा हुन गइरहेको १६औ सार्क सम्मेलनमा शरणार्थी समस्यालाई समाधान गर्नु पर्ने, भूटानी शरणार्थीलाई तेस्रो देश नभएर स्वादेश फिर्तीको पक्षमा वकालत गर्नु पर्ने भन्दै खुदुनाबारी शिविरबाट सोमबारदेखि रिले मार्च गर्ने भन्दै आज स्वदेश फिर्ति पक्षधर तथा कार्यक्रमका संयोजक बादल थापाले एक प्रेश विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिमा सात शिविरका भूटानी शरणार्थी क्याम्प ब्यवस्थापन समितिले समर्थन जनाएका छन् भने विभिन्न समय नेपाल, भारत हुँदै भूटानको सीमानासम्म रिले मार्च गर्ने जानकारी दिएका छन् । रिले मार्चसँगसँगै अन्तरराष्ट्य संघ संस्थालाई स्वदेश फिर्तीको कदममा सहयोग गरिपाउँ भन्ने निवेदन समेत चडाउने रिले मार्चको कार्य तालिकामा उन्लेख गरिएको छ ।
उक्त प्रेश विज्ञाप्ति जस्ताको तस्तै -

सेरोफेरो

                                             दुइ शरणार्थी विद्यार्थी पक्राउ

अर्काको नामबाट एस एल सी परीक्षा दिइरहेका दुइ शरणार्थी विद्यार्थी पक्राउ परेका छन् । बेलडाँगी ३ शरणार्थी शिविरको त्रिरत्न मा.वि. परीक्षा केन्द्रबाट सागर सुजीको नामबाट परीक्षा दिइरहेका प्रल्हाद सुव्वा र तिलक सुव्वाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे आज पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिनेसहित चारै जना विद्यार्थी बेलडाँगी ३ शरणार्थी शिविरका हुन् । यसैविच हिजो शुरु भएको एस एल सी परीक्षामा झापा र मोरङमा रहेका सातै शिविरका गरि १३३० विद्यार्थी सहभागी भएका छन् । एस एल सी परीक्षा दिन फर्म भरेका मध्ये १४ जना पुनर्वासमा तेश्रो मुलुक गएका कारितासले जनाएको छ ।
सन १९९२ देखि शरणार्थी शिविरमा एस एल सी शुरु भएको हो । अहिले सम्म एस एल सी दिएका २१ हजार चार जना भुटानी शरणार्थी विद्यार्थीमध्ये १२ हजार सातसय ४० जनाले पास गरिसकेका छन् ।

Friday, March 26, 2010

शिविरमा एस एल सी

तेस्रो मुलुक पुनर्वासको काम धमाधम भइरहेको अवस्थामा झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरमा पनि विहिवारदेखि शुरु भएको एसएलसीमा १३ हजारभन्दा वढि शरणार्थी सहभागी भएका छन् ।
झापाको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा मोरङको शनिश्चरे शिविरका परीक्षार्थीलाई समेत सहभागी गराइएको थियो ।

Thursday, March 25, 2010

शरणार्थीका सास्ती नै सास्ती

सोह्रजनाको एउटै चिहान
मेरो घर लामीडाँडामा थियो । हाम्रो गाउँदेखि गाडी चल्ने बाटोसम्म पुग्न तीन दिन पैदल हिँड्नुपथ्र्यो । यहाँका मानिस नुन, तेल र चामल लिन भुटान र आसामको सिमानामा रहेको सरभाङबजार र्झथे । तीन दिन जंगलको बाटो हिँड्नुपर्ने, ओडार या रूखमुनि बास बस्नुपर्थ्यो । जंगलको बाटोमा चोरी हुने, लुटिने घटना भइरहन्थ्यो ।

Sunday, March 21, 2010

अस्पतालबाट बेपत्ता

उपचारका लागि दमक आम्दा अस्पातलबाट कोशी अंचल अस्पताल विराटनगर गएका अन्दागि बर्ष ४५का टिकाराम सार्की मिती चैत्र २ गते देखि अस्पातल बाटै बेपत्ता भएका छन् ।
टिकाराम सार्की भूटानी शरणार्थी शिविर बेलडागी १को सेक्टर सी÷१ छाप्रा नं।७८÷७९ का शरणार्थी हुन ।

शरणार्थी शिविरमा पनि शोक

भूतपूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निधनले भुटानी शरणार्थी समुदायलाई पनि शोकाकुल बनाएको छ । विभिन्न भुटानी राजनैतिक तथा सामाजिक संघ संगठनहरुले कोइरालाको निधनले दक्षिण एसियाको एउटा बलियो लोकतान्त्रिक छवि ओझेल परेको भन्दै शोक व्यक्त गरेका छन् ।
ड्रुक नेशनल काँग्रेस (डेमोक्रेटिक) का अध्यक्ष थिन्ले पेन्जोरले काँग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरालालाई पठाएको शोक तथा समवेदना पत्रमा कोइराला भुटानी शरणार्थीलाई माया गर्ने लोकतन्त्रबादी शिखर पुरुष थिए भनिएको छ ।

Heartfelt Condolence

We would like to express our heartfelt condolence to the great Nepali leader and freedom fighter, former PM of Nepal, Girija Prasad Koirala who passed away at his daughter’s residence in Kathmandu today due to chronic respiratory disease.
We pray to the Almighty God that the departed soul rests in perfect peace in heaven forever.

www.newsofexile.blogspot.com and from bhutanese committee

Friday, March 19, 2010

कार्यक्रम


सुख्खा यामसँगै शरणार्थी शिविरहरुमा हुनसक्ने आगलागिका घटनाप्रति सजग हुन आग्रह गर्दै गोलधाप र बेलडाँगी एक शिविरमा र्‍याली र सभा गरिएको छ । विहान १० बजेतिर गोलधाप शिविरमा निस्किएको र्‍यालीले सलाई, लाइटर जस्ता आगो निस्किने बस्तु बालवालिकाले नभेट्ने ठाउँमा राख्न र आगोको हिफाजतपूर्ण प्रयोग गर्न आह्वान गर्दै शिविर परिक्रममा गरेको थियो । र्‍यालीपछि भएको सभामा गोलधाप शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर गुरुङ, युवा मैत्री केन्द्र गोलधापका संयोजक सागर तिम्सिनालगायतले आगलागिबाट होसियार रहन शरणार्थीलाई आग्रह गर्नुभयो । गोलधाप शिविरमा दुइ बर्षअघि भएको आगलागिमा परेर एकहजार दुइ सय ६५ छाप्रा नष्ट भएका थिए । आज भएको कार्यक्रममा सन् २००८ को मार्च १ तारिकमा भएको आगलागिको घट्नासँग सम्वनिधत वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । वृत्तचित्र युवा मैत्री केन्द्र गोलधापले बनाएको हो ।
यसैगरि वेलडाँगी १ को युवा मैत्री केन्द्रले पनि आगलागिबाट बच्न आग्रह गर्दै जनचेतनामूलक र्‍याली निकालेको छ । बेलडाँगी एक शरणार्थी शिविरमा गएको माघ महिनामा भएको आगलागिका कारण लगभग एक सय छाप्रा नष्ट भएका थिए ।

Saturday, March 13, 2010

वेलायतले पनि पुनर्वासमा लैजाने

पूर्वी नेपालमा दुइ दशकदेखि शरण लिइरहेका भुटानीलाई बेलायतले पनि पुनर्वासमा लैजाने भएको छ । स्रोतका अनुसार आगामी साता आउने टोलीले शरणार्थीको अन्तरबार्ता लिनेछ । अन्य देशका लागि फारम भरेर अस्वीकृत गरिएका र शिविरमा जनगणनाका वेला छुटेका शरणार्थी वेलायत जानेमा पर्ने सम्भावना बढि रहेको जनाइएको छ ।

त्रिदेशीय गजल महोत्सव शुरू

त्रिदेशीय गजल महोत्सव झापाको दमकमा आजदेखि शुरु भएको छ । महोत्सवमा नेपाल, भुटान र भारतका सयौं गजलकारको सहभागिता रहेको छ ।
दुइ दिनसम्म चल्ने उक्त महोत्सवमा नेपालको झापादेखि पर्वत जिल्ला, भारतको दार्जिलिङदेखि भुटान गजल मञ्चका श्रष्टाहरुको जमघट रहेको छ । आज भएको साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्राज्ञ बुँद रानाले गर्नु भएको थियो ।