Saturday, February 20, 2010

केवी, शान्तिरामका हत्याका आरोपिको हत्या

विभिन्न समयमा भएका भुटानी शरणार्थीहरुका हत्याका घटनाका मुख्य आरोपित एकजना शरणार्थीको शुक्रबार राति हत्या भएको छ ।
बेलडाँगी-१ का काँइला फागो भनिने रमेश सुव्वाको अज्ञात समूहले मेचीनगर-३, रमाइलो बस्ती नजिकै गोली प्रहार गरि हत्या गरेको हो ।
मृतकको साथबाट १५ हजार रुपैयाँ नगद र २ वटा मोबाइलसमेत बरामद भएको छ ।

उनको कन्चट, कोखा, छाती र पेटमा गरि छवटा गोली लागेको र घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
घटनास्थल इटाभट्टाचोकदेखि एक किलोमिटर उत्तरपश्चिममा पर्दछ । साँझ साढे सातवजे अकस्मात गोली चलेपछि स्थानीयवासी आतंकित भएका थिए । घटनापछि दर्ुइ तीन जना उत्तरतर्फ भागेको स्थानीय एक गाउँलेले बताए । फागो भदाको घरमा गएका थिए । विहानमात्र उनी साथीसँग बजार गएको र फर्कने क्रममा मारिएको प्रहरीले जनाएको छ । उनीसँगै गएका साथी भने सम्पर्क बाहिर छन् । फागोको शवलाई हिजो साँझ नै पोष्टमर्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।
मृत फागो बेलडाँगी १ शिविरका पूर्व शिविर सचिव समेत हुन् । पछिल्लो समय सुव्वा लिवरेसन् फ्रन्ट अफ भुटानको नेता भइ भूमिगत कृयाकलाप गर्दै आएका थिए । उनी पूर्व शिविर सचिव केवी खड्का, शान्तिराम नेपाल लगायतका शरणार्थीहरुको हत्यामा संलग्न रहेको प्रहरीले दावी गर्दै आएको थियो । यद्यपि उनको हत्या कसले र के उद्देश्यका लागि गर्यो भन्न खुल्न सकेको छैन ।

Saturday, February 6, 2010

एउटा दुर्लभ भिडियो

जतिवेला नेपालीभाषी भुटानीहरु आफ्नो देश जवरजस्ती रुपमा छोड्न वाध्य भएर नेपालका पूर्वी भागमा शरणार्थी बन्नु पर्यो, त्यसको केही समयपछि विविसीले भुटानी शरणार्थीसम्वन्धी एउटा भिजुयल बनाएर प्रसारित गरेको थियो । सो भिजुअल कलाकार केदार उप्रेतिले विविसी मार्फत प्राप्त गर्नु भएको रहेछ । अधिकाँश भुटानीले त्यो भिजुअल त्यतिवेला नहेरेको पनि हुनसक्छ, र अहिलेको पुस्ता र भावी पुस्ताको लागि पनि यो एउटा दस्तावेजका रुपमा रहन सक्छ भन्ने मनाशयका साथ हामीले यसलाई तितोपिरोमिठोमार्फत तपाइहरुसमक्ष पुर्याउने जमर्को गरेका छौं ।
युट्युवमा १० मिनट भन्दा लामो भिडियो अपलोड गर्न नमिल्ने भएकाले यसलाई २ भागमा विभाजित गरि अपलोड गरिएको छ ।
भिडियो हेर्न तल जानु होला ।

शिविरमा


शरणार्थीहरुलाई वितरण गर्न लागेको नयाँ रासन कार्ड आउँदो विहिवारदेखि बाँडिने भएको छ । कार्ड बाँड्ने बेलामा १६ वर्ष माथिका सवै शरणार्थी आफैं उपस्थित हुनु पर्ने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले जनाएको छ । नयाँ रासन कार्ड वितरण कार्यका बारेमा हिजो सवै शिविरहरुमा जानकारी गराइएको छ । परिवारका धेरैजसो सदस्य तेश्रो मुलुक पुनर्वासका गइसकेकाले नयाँ रासन कार्ड बनाउनु परेको बताइएको छ ।

Thursday, February 4, 2010

शिविरमा

भुटानी शरणार्थी शिविर शनिश्चरेका एक विद्यार्थीले आफ्नै विद्यालयका वयोवृद्ध सहायक प्रधानाध्यापकलाई कुटपिट गरि घाइते बनाएका छन् ।
शनिश्चरे शिविरस्थित न्यू होराइजन एकेडमीमा कक्षा ९ मा पढ्ने सोही शिविर सेक्टर एच ४, छाप्रो नं. ३३ का किशोर राईले उक्त विद्यालयका पचहत्तर वर्षीय स.प्र.अ. देवीचरण धिमाललाई मुक्का प्रहार गरि घाइते बनाएका हुन् ।