Tuesday, August 24, 2010

विदाइका हातहरु



रातभरि निन्द्रलागेन मनमा नाना थरिका कुरामात्र खेलिरहयो । बाहिरा भित्र गरिरहे तर पनि निन्द्रलागेन् । मलाई पनि थाहाँ नै थिएन किन म बाहिरा भित्र गरिरहेको छु भनेर ।

त्यतिकैमा भुटानी गजलकार याम थुलुङ्गको फोन आयो । फोनमा अर्जुन तिमी नरिसाउ हौ । प्रकाश आङदेम्बे तिमीलाई बिदाई गर्न नआउने भए । सर विहानै पारि जाने रे ल । नआउने भनेको सुन्ने वितिकै ममा नमिठो कुरा खेल्न थालिसकेकेा थियो । तर पनि अरु धेरैसाथीहरुले मलाई विदाई गर्न विहान आउछु भनेका थिए फोनमा ।

सबैसाथीहरु विदाइ गर्ने सशस्त्र प्रहरी बलको परिसर अगाडि भेला भइसकेका रहेछन् तर म भने सामूदयिक बाल संरक्षण केन्द्रमा विदाइ माँग्न प्रवेश मात्र गरेको थिए मलाई मेरा भान्जा भान्जीहरुले हामीलाई जाडेर नजानुमामा भन्दै रोएको आवाजले मलाई धेरै सोच्न स्तब्ध गरायो ।

भान्जा भान्जीलाई माया गर्दै जसो तसो विदाई भइयो तर मलाई धेरै माया गर्न दिदि दिलमाया र सोममाया अनि सलिनाले एक पाइला अगाडिमात्र बडाएको थिए भाइ हामीलाई सम्झदै गर्नु भन्दै हातले आँशु पूस्दै हात हल्लाईरहनु भयो ।

साथीभाइले होडाई दिएको खादाले आखाभरि भएको आँशुलाई विस्तारै पुसिरहेतर पनि मनले मानेन्अनि सबैलाई अँगालोमा बाधेर केही मिनेट रोइरहे। बाटामा धेरै साथीहरु मलाई कुरिरहनु भएको थियो।

 मैले प्रवाशी आँखाका प्यारा भाइहरु दिलन समाल आइता गुरुङ्ग लोक मोहोरा पुर्नसिङ गुरुङ्ग रेनुका राईबाट पनि विदाइको खादा पहिरन पाए त्यसपछि सबै एकै चोटी कहीलै भेट नहुने गरि अँगालोमा बाधियौ ।

समयले सेतो बसमा बोलाइरहेको थियो तर पनि सार्थी भाइले मलाई माया र ममता बाडिरहेको थिए । समयले नजिक पुराए पनि मलाई आमा बुबाको जतिनैमाया दिनुहुने विवि राई अनि मेरो नानालाई पनि आँखा भरि आँशु बोकेर विदा माग्न पुग्ए । त्यसपछि गोपाल गड्तौला कुमार लुइटेल राजन दाहाल अशोक बस्नेत पुजन प्रधान याम थुलुङ्ग आदिको न्यानो अँगालोमा बाधिन पाएँ ।

अँगालोमा बाधिएको केही समय पछि म उनिहरु देखि अस्ताएको घाम जस्तै हुदै दमकको आइ ओ एम कक्षामा प्रबेश गरे । त्यसबिच सम्म पनि मलाई धेरै अप्ठारोभइरहेको थियो। बसबाट केही छिन् कक्षामा सही गर्न निस्केपनि यादहरु सबै क्याम्प कै मात्र आइरहेको थियो ।

 भद्रपुर विमानस्थल देखि काडमण्डै पुगेर पनि तिनदिन सम्म यादहरु एक एक आइरहयो त्यसलाई विट मार्दै सबैलाई फोन गरे । काडमाण्डैबाट १६ अगष्ट उडियो तर कता कता मनमा धेरै सन्चो भएन् विद्ययपति दाईको खुटा र्मकिएर मलाई भेट्न समेत आउन पाउनुभएन् ।

धेरै यादहरुलाई सिरानी बनाएर १८ अगष्टको दिन अमेरिका को मिनिसोटा राज्यमा पुर्नस्थपन भइयो । मिनिसोटा मा प्रवेश गर्ने वितिकै मेरो भाइ जिवन अनि मलाई सहयोग गर्नेसस्था धयचमि चभषिभ चभागनभभ कभचखष्अभ ले स्वागत गर् यो । त्यसपछि सस्थाले गाँस बास र कपासको सबै बन्दोवस्त गरि राख्यो।

मिनिसोटा राज्यमा पनि धेरै भुटानी साथीहरु पाइयो। उनिहरुले आफनो जिवनलाई नयाँ दिशा दिइसकेका रहेछन् । यहाँ उनिहरुलाई देखे पछि आफुमा पनि सो विकाशका लहराहरु समात्न बाध्य बनाउदोरहेछ । उनीहरु शिविरमा जस्तैगरि खेल्न कार्यक्रम गर्ने समय निकाल्दा रहेछ त्यसमा सबै भूटानीमा सहभागी भई एक अर्कमा परिचय गर्न गराउने आदि हुदो रहेछ ।
जेजस्तो भए पनि वन कि चरि बन मै रमाउछे भने जस्तो मलाई भएको छ । तपाईहरुको विदाइको हातले मलाई निलो अकाशमा भएको सेतो कुहिरो मात्र सुमसुमाउन बाध्य गराएको छ । तपाईहरु राम्रो सगँ बस्नुहोला म केही बर्षपछि सबैलाई भेट्न आउछु त्यसपछि…………………।

1 comment:

  1. blog ma pargati ramro 6 sir yati ramro kuraharu lekhnu vara6.

    ReplyDelete