Sunday, July 8, 2012

भुटानी स्रष्टहरुको सम्मान अमेरिकामा


 
भुटानीस कमिनीटी अफ मिनीसोटाको आयोजनामा आषाढ २३,शनिबार मिनीसोटा राज्यमामा अमेरिकाको विभिन्न राज्यमा पुर्नवाश भएका भुटानी स्रष्टहरुलाइ नेपाली कागजमा स्वणिम अक्षरमा लेखि डा.छवि शर्माको प्रमुख आतिथ्यमा सम्मान गरिएको छ । समानित भुटानी कलाकारहरुको योगदानलाइ प्रकाश पार्दै “अब हामी आफ्नो कला, साहित्य, सँस्कुतिलाइ हरेक भुगोलमा प्रस्तुत गर्न सक्छौ । तसर्थ अग्रज भुटानी गायक तथा संगीतकार सर्बश्री प्रताब सुब्बा र मधुकर लोहोनीले देखाउनु भएको सुमार्गमा हामी हिड्ने छौ र भुटानी समुदय मिनीसोटाले भब्य स्रष्ट सम्मान कार्यक्र आयोजन गरेर कलकारहरुलाइ संगीतमा लागिरहने ठुलो प्रेरण मिलेको साथै भुटानी संगीत जगतमा इतिहास कायम गरेको राम गुरुङ्ग भन्नुहुन्छ ।

सम्मानीत कलाकारहरु राम गुरुङ्ग (एटलान्ट र्जजिया),मनोज राइ(florida), महेश थुलुङ्(Georgia),डम्बर खापुङ्ग (N.Dakota),कान्छी माया सुब्बा (Virginia), छवि न्यौपाने (S.Dakota) बलराम गुरुङ्ग(Pennsylvania), अशोक गुरुङ्ग(Pennsylvaina), अर्जुन रसाइली (Ohio), नन्दी किशोर शिवाकोटी (S.Dakota), अम्बर सुब्बा(Ohio) , धन बराइली (Texas) , हरि पौडेल (Michigan), अडी गुरुुङ्ग (s.Dakota) तथा गितकार सन्चमान राइ (Pennsylvania), लगायतका कलाकारहरुलाइ प्रमुख अतिथि डा.शर्मा, श्रीमती मगला शर्मा, नेपाली मुलका डा.पदम रिजालका साथै संस्थाका पदधिकारीहरु बाट नेपाली टोपी, खाँदा र सम्मान पत्र, प्रदान गरि सम्मान गरिएका थिएँ । 
सम्मानीत कलाकारहरुको तर्फबाट मिनीसोटावासीलाइ धन्यवाद दिदै, “कला, साहित्यको संरक्षण,र सम्बर्धनमा एक जुट भइ अघि बड्नु आजको आवश्यक्त छ भन्दै गायक अशोक गुरुङ्गले सम्क्षिप्त मन्तब्य राख्नुभएको थियो ।

Sunday, June 3, 2012

Geet/गीत


अर्जुन प्रधान
अमेरिका
मेरो जीवनबाट कुनै आश नगर
आधा आधा भइ मरिसकेको लास हुँ
मेरो जीवनबाट……..
कुनै मोड थियो यस्तो
जहाँ फुलिदिने कोमल पास थिए
मेरो जीवनबाट…….
हरेक पल सम्झनामा छटपटाउने
त्यो ऐनभित्रको नौलो खाश हुँ
मेरो जीवनबाट……..
एक एक तिम्रो साथले
मोहनी लगाइ नाश गरायो
मेरो जीवनबाट……….
जुनिभरको यात्री रथी टाडिएपछि
एकान्तको आँशु समुन्द्रको राश भो
मेरो जीवनबाट……….
तिम्ले समालेको दिलको तस्वीर आज
कुनैपल साधा भए जस्तो माटिको बास छ
मेरो जीवनबाट……..

Ready for OBCA Convention


Sunday, May 13, 2012

परिकल्पना गरौं


अर्जुन प्रधान 
मिनिसोटा अमेरिका
परिकल्पना गरौं
यो भुगोलको सृष्टि थिएन
न त कुनै स्वर्ग स्थान
न कुनै नर्कको संसार
ध्रुवसत्य मात्र थियो
हामी माथि निलो गगन
त्यसैले विश्व मानवहरु हामी
आजकालागि जिउने प्रयास गरौं
परिकल्पना गरौं
भुगोलभित्र भुगोलहिन सिमाना
असम्भव पनि छैन, सम्भावना पनि रहेन
त्यसैले न कुनै देश छ
न त कुनै धर्म नै
न त कुनै ग्रन्थ नै
स्वतन्त्रता, सदभावनाको परिकल्पना गरौं
हामी जिउनु पर्छ शान्तिकालागि