Friday, October 30, 2009

शरणार्थी सरोकार पूर्वमा पनि


उपत्यका र आसपासका जिल्ला विगत तीन बर्षदेखि बज्दै आएको भूटान मिडिया सोसाइटीको साप्ताहिक रेडियो कार्यकम्र शरणार्थी सरोकार अब धरानबाट पनि बज्न सुरु गरेको छ ।
भूटान मिडिया सोसाइटीद्वारा जारी विज्ञप्तीका अनुसार ९५.१ मेगाहर्ज गणतन्त्र एफएम धरानबाट गत अक्टोबर १८ देखि सो कार्यक्रम साप्ताहिक रुपमा बजाउन सुरु गरिएको हो ।
“नेपाल एफएम काठमाडौंबाट बज्ने शरणार्थी सरोकार अब स्याटलाइटको सहायतामा गणतन्त्र एफएम धरानबाट पनि सुन्न सकिन्छ,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अब शरणार्थी सरोकार कार्यक्रम सबै शरणार्थी शिविर, भारतका केहि जिल्ला र भूटान-भारत सिमानासम्म सुन्न सकिने भूटान मिडिया सोसाइटीले जनाएको छ ।
शरणार्थीका कथा-व्याथा अलावा भूटानी र भूटानी शरणार्थीसम्वन्धि ताजा गतिविधि, इतिहास, सुसासन, प्रेशको भूमिका र पुनर्वास पछिका विषयहरुलाई कार्यक्रमले समेट्ने सो कार्यक्रम उत्पादनमा नेपाल एफएम स्टुडियोभित्र शरणार्थी सरोकारका इच्छा पौड्याल र तेजु प्रकाश (फोटो - भुटान समाचार सेवा)



कम्तिमा छ महिनासम्म संचालनमा ल्याइने शरणार्थी सरोकारको निर्माण पुनर्वासमा अमेरिकाको एरिजोना पुगेकी गंगा न्यौपानेले आंशिक आर्थिक सहयोग गर्ने समेत सोसाइटीले जनाएको छ । कार्यक्रमका सबै अंशहरुलाई अनलाइनबाट संसारभर छरिएका भूटानी तथा अन्य श्रोतामाझ पुर्याउन Radiobhutanonline.com तयार पारिएको कुरा पनि जानकारीमा ल्याएको छ । (पहिलो भाग सुन्नोस)
शरणार्थीहरुमा अति नै प्रिय बनेको शरणार्थी सरोकार गए बर्ष पनि झापाको पाथिभरा एफएमबाट चार महिनासम्म बजेको थियो । तर कार्यक्रमको प्रसारण शुल्क जुटाउन नसकेर कार्यक्रम बन्द गर्नु परेको कुरा शरणार्थी सरोकारका निर्माता विद्यापति मिश्रले जानकारी दिएका छन् ।
“मासिक अमेरिकी डलर १०० भए दुवै रेडियोबाट स्तरीय कार्यक्रम बजाउन सकिन्छ,” मिश्रले बताए ।

No comments:

Post a Comment