Friday, October 2, 2009

एच.आइभि.एड्स सम्बन्धी सडक नाटक


परिर्वतन नाट्य परिवारको प्रस्तुतीमा फूलपातीको दिनदेखि सुरु भएको एच.आइभि.एड्स सम्बन्धी सडक नाटक आज बेलडाँगी-१को विभिन्न सेक्टरहरुमा प्रस्तुत गरिएको छ ।

भूटानी शरणार्थीहरु रोजगारीको लागि शिविर बाहिर काम गर्न वर्षेनी जाने भएकाले उनीहरुमा एच.आइ.भी.एड्स सम्बन्धि कुनै पनि चेतना नभएकाले नाट्य परिवारले भूटानी शरणार्थीहरुको स्वस्थ्य चौकी आम्दा नेपालको आयोजनमा दशैंभरि सो चेतनामूलक नाटक प्रस्तुत गरिने परिवारका अध्यक्ष आइत गुरुङ्गले बताउनु भयो ।

रोजगारीमा गएर शिविर भित्रिएपछि कसैले पनि स्वस्थ्य चौकीमा जाँच नगर्ने भएकाले विदेशबाट आएका भूटानी शरणार्थीलाई चेतना दिनका लागि निर्माण गरिएको "साथ" नामक नाटकले शरणार्थीहरूको दैनिक अवस्थाको चित्रण गर्दै शिविरको सात ठाँउमा प्रस्तुत भइसकेको छ ।

नाटकमा शरणार्थीहरुलाई सघं-संस्थाले दिने गाँस, बास र कपास अपर्याप्त भएका कारण मिठो र मसिनो खानेकुरा ल्याउनका लागि एक युवा शिविरबाट बाहिरिन्छ तर उत्तम जीवनका लागि धन कमाउन बाहिरिएको उ विभिन्न युवतीसँग अनुचित र असुरक्षित यौन सम्वन्धमा लिप्त हुन थाल्छ आफ्ना परिवारजनलाई धोका दिएर । नेपालीहरुले मनाउने चार्डपर्वमा मान्ने सिलसिलामा शिविर आएको बेला विरामी भएकोले परिवारले उसलाई स्वस्थ्यचौकी लैजान्छन्, उसलाइ एड्स भएको पत्ता लाग्छ । तर उसले आफुलाई केही नभएको भन्दै शिविरबाट बाहिर निस्कन खोज्दा स्वस्थ्य चौकीका स्वयंमसेवकले राम्रोसँग सम्झाइ बुझाइ गरि उनलाई औषधी र एड्स सम्बन्धि जानकारी दिन्छन् ।

एच.आइ.भी.एड्स सम्बन्धि शरणार्थीहरूलाइ चेतना दिलाउन तयार गरिएको सो नाटक आफ्नो उद्देश्यमा पूर्ण रूपमा सफल हुने विश्वास गरिएको सो नाटकका लेखक तथा निर्देशक गुरूङ्गले बताउनु भयो ।


यू.एन.एच.सि.आरको प्रायोजनमा सडक नाटक भएको थियो ।

यसैविच आजदेखि शिविरका सबै कार्यलयहरु खुला भएका छन् ।

1 comment:

  1. Dai Thanks for putting news of bhutanese refugee i have also one blog www.thearizonanepal.blogspot.com help me to make it better hai. thanks again

    ReplyDelete