Saturday, October 17, 2009

कला र कलाकारितालाई सम्मान



भूटानी कला, साहित्य, संस्कृतिको बचाउ अभियानमा जुटेका नव शरणार्थी यूवाहरुको एउटा समूह क्रिएटिभ इन्टरटेन्टमेन्ट समूहले तिहार विशेष कार्यक्रमको आयोजना  आज लक्ष्मी पुजाको दिन पारेर शनिश्चरे विशाल   साङ्गितिक तथा साहित्यीक महोत्सव २०६६ को भूटानी कलाकार केदार उप्रेतीको सभाध्यक्षतामा सम्पन्न गरेको छ ।





कार्यक्रममा कला र कलाकारितालाई सम्मान गरौं भन्ने मूल नाराको साथ शिविरमा रहेका विभिन्न लोक सांस्कृतिक तथा शिविरभित्र लुकेर बसेका प्रतिभाहरुको प्रस्तुतीका साथ वर्तमान आवस्थाबारे भूटानीले पूनर्वासमा गई खेप्नु परेको कथा र खाद्यन्न कटौती बारे हास्याब्याङ्ग नाटक आदि सम्बन्धमा शरणार्थीले नविन परिवर्तन नाट्य परिवार र बाल मञ्च शनिच्चरेको प्रायोजनमा शरणार्थी दर्शक सामु आफ्नो कला प्रस्तुत गरेको थिए । कार्यक्रमलाई नेपाली लोक बाचा बजाएर अतिथिको आशन तथा कार्यक्रमको उद्घाटन गरिएको थियो ।


साथै, शरणार्थी शिविर शनिश्चरे क्याम्पका नव कवि मणिराम धिमाल "दिपित"द्वारा लिखित अविरल आँसु नामक कविता संग्रहको विमोचनका साथ विभिन्न लोक संस्कृतिको प्रस्तुती गरिएको थियो । उक्त विमोचनका प्रमुख अतिथि क्याम्प सचिव चम्फा सिङ्ग र्राई, विशेष अथिती प्रकाश आङदेम्वे, भूटानी गजलकार याम थुलुङ्ग , सञ्चारकर्मी प्रकाश धमला, जितेन मुस्कान, अशोक लिम्बु , विवश बलिभद्र कोइराला, वैदिक अत्री, कमन देवन, दाताराम चापागाई, ममता राई, पूर्व क्याम्प सचिव मेनुका कार्की, लगायतले पुस्तक बारे शुभकामना तथा वर्तमान भूटानी साहित्य प्रति आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।



No comments:

Post a Comment