Friday, April 30, 2010

चार भुटानी अमेरिकामा सम्मानित

अमेरिकाको पोर्टल्याण्डस्थित अरेगनमा पुनर्स्थापित भएका चार जना भुटानी शरणार्थीलाई सम्मानित गरिएको छ ।


गत २३ अप्रिलका दिन द एसियन रिपोर्टरको बार्हौं बार्षिक छात्रवृत्ति एवं पुरस्कार समारोहमा बेलडाँगी शरणार्थी शिविरबाट अमेरिकाको अरेगनमा पुनर्स्थापित राजु शर्मा (सुवेदी), छवी कोइराला, रेखा कोइराला र सोम सुवेदीलाई सम्मानित गरिएको हो ।

३०० भन्दा बढि भुटानीहरूको सहभागिता रहेको सो अवसरमा साँस्कृतिक नृत्यको आयोजनासमेत गरिएको थियो ।

Tuesday, April 27, 2010

जीवन्त अनुभूतिहरुको यो “अनुभूति”


पुरानाघरे / अमेरिका

भूटानी नेपाली साहित्यमा गजललाई न्याय दिन अत्यान्तै सफल मध्येका एक सर्जक हुन् टङ्क वयलकोटी । भूटानी नेपाली साहित्यमा गजल विधाबाट अत्यान्तै शालिन अनुभूतिहरुलाई व्यवहारिक अर्थबाट बेजोड लेखिएको एउटा उत्कृष्ट संग्रह हो टङ्कको यो “अनुभूति” गजल संग्रह । प्रवासी परिवेश, खास गरी शरणार्थीहरुले झण्डै दुई दशकदेखि भोगिरहेका अनुभूतिहरुको प्रतिबिम्ब हो भन्ने लागेको छ यो “अनुभूति” । भूटानी नेपाली साहित्यको गजल विधामाप्रकाशित भएको नवौं कृति तथा भूटान गजल मञ्चको प्रकाशनको आठौं प्रस्तुति टङ्क वयलकोटीको चौंसठ्ठी पृष्ठमा उभिएकोयस कृतिमा समर्पण गजल सहित जम्मा ५२ वटा गजल सङ्कलित छन् ।भूटानी नेपाली साहित्यको क्षेत्रमा गजल विधालाई सशक्तरुपमा उभ्याउँदै प्रकाशित भएको यस कृतिलाई झलक्क हेर्दा सेतो रङ्गको सामान्यताभित्र पहेंलो रङ्ग उभिएर आवरण बन्छ कालो रङ्गको सोभामा, जसभित्र अवोध जीवनका झलकहरु सरल तथा अमूर्त उभिन्छन् अनुभूति बनेर । जब प्रकाश धमालाको प्रकाशकीय पढेपछि हामी “अनुभूति” भित्रका यावत दृष्टान्तहरु नियाल्ने वस्तुतामा प्रवेश गर्दछौं ।

अर्जुनका केही सिर्जनहरु

               गजल
म्ाटो सँग मिल्ने शक्ति देउ मरे पिछ

ह्ारमा जित हुन सिके आफु परे पिछ



सबले भन्थे फूलवारीमा फूल सुवासको

छानी छानी तानी तानी लानुपर्छ रङ्ग भरे पछि

मनले मनसँग बातचित गरायो मेची सम्म

उनले भनिन् हामी एक भयौ सुनकोश तरेपिछ

दुख सुखको जिन्दगी रहेछ दुइ किनारा

उनले हात हल्लाई रहिन् म होराली झरेपिछ


प्रदर्शनमा भुटानी शरणर्थीहरु

आगामी अप्रील २८ र २९ तरीख भुटानमा हुने सोह्रौं सार्क शिखर सम्मेलनमा आफ्ना मुद्दा उठाई दिन ध्यानाकर्षण गराउँदै भुटानी शरणर्थीहरुले आज शिविरमा प्रदर्शन गरेका छन् ।


भुटानी शरणार्थी स्वेदश फिर्ती सहयोग समिति, ज्येष्ठ नागरिक समूह लगायत शरणार्थीका प्रतिनिधिमुलक संगठनहरुको अगुवाईमा वेलडाँगी र खुदुनावारी शिविर अगाडी प्रदर्शन गरेका हुन् । शरणार्थीहरुले त्यहाँस्थित शरणार्थी समन्वय इकाई कार्यालय अगाडी एक घण्टा धर्ना समेत दिएका छन् ।

Thursday, April 22, 2010

अग्नीपिडीत शरणार्थीलाई रहात विवतरण

अमेरिका स्थित टसक्यन राज्यमा पूर्नवाश भएका भूटानी शरणार्थीले बेलडागी १ अन्र्तगत सेक्टर ए ३का अग्नीपिडीत शरणार्थीलाई कारितास नेपालमार्फत रहात विवतरण कार्यक्रम यूवा मैत्री केन्द्र बेलडागी-१को सहयोगमा विहिबार सम्पन्न गरेका छन् ।

प्रधानमन्त्रीलाई स्मरण पत्र

 भूटानी शरणर्थी स्वदेशफिर्ति संयुक्त समितिले विहिबार झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री माधवकुमार नेपाललाई आगामी अपि्रल २८ र २९ मा भूटानको राजधानी थिम्पुमा हुनगइरहेको १६औँ सार्क शिखर सममेलनमा भूटानी शरणार्थी जनताको स्वदेश फिर्तिको मागलाई नेतृत्वदायी भूमिकाका साथ बैठकमा राखिदिन आग्रह गर्दै स्मरण पत्र बुझाएका छन् ।

कार्यक्रमहरु


अमेरिकाको अरेगनमा पुनर्स्थापित भएका चार जना भुटानी शरणार्थीलाई सम्मान गरिने भएको छ । आगामी २३ अप्रिलका दिन द एसियन रिपोर्टरको बार्हौं बार्षीक छात्रवृत्ती एवं पुरस्कार समारोहमा बेलडाँगी शरणार्थी शिविरबाट अमेरिकाको अरेगनमा पुनर्स्थापित राजु शर्मा (सुवेदी), छवी कोइराला, रेखा कोइराला र सोम सुवेदीलाई सम्मान गरिने भएको हो । उहाँहरुलाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको राजु शर्माले जानकारी दिनु भएको छ ।

Thursday, April 15, 2010

'कलमद्वारा संसार बदल्ने हाम्रो अभियान'



साहित्यीक भुगोलको कुनै पनि नापन गर्ने सकिदैन, त्यहाँ न कुनै सिमाना हुन्छ न कुनै भेदभाव नै हुन्छ । धेरै साहित्यीक यात्रामा लागिपरेका साहित्यकारहरुले यो मन्त्रलाई आत्मसात गरि कलमी आन्दोलनका लागि अघि बढेको पाइन्छ ।
तिनै साहित्यकारलाई प्रोत्साहन र हौसला प्रदान गर्ने सकियोस् भनि भूटानी शरणार्थी शिविर अर्न्तर्गत शनिश्चरेमा विगत दुइ बर्षअघि झकास ग्रुप नामक संस्थाको जन्म भएको थियो ।
शिविरको कष्टकार जीवन यापन गरिरहेका झकास युवाको मनलाई पूनर्वासले अझ अलिक फरक विचार र चिन्तनको यात्रामा लागि पर्न सिकाएको कुरा सचिब तथा रुवाइकार प्रवाशी कृष्ण घायल बताउँछन् ।

Monday, April 12, 2010

भूटानको राजनीतिक इतिहासका महत्वपूर्ण घटनाक्रम

सन् १६१६ साब्डुङ नवाङ नाम्ग्येल तिब्बतबाट भूटान आई शासन गर्न थाले ।

- सन् १६२४ नावाङ नाम्ग्येलको पहिलो गोर्खा भ्रमण राम शाहसँग समझदारीमा गोर्खालीहरुलाई भूटान ल्याइयो ।

- सन् १६४०नावाङ नाम्ग्येलको दोस्रो गोर्खा भ्रमण तत्कालीन राजा डम्बर शाहसँग भेटघाट नेपाली परिवारलाई सीमावर्ती क्षेत्रमा बसोबासको व्यवस्था ।

- सन् १६५१५८ वर्षको उमेरमा नावाङ नाम्ग्येलको मृत्यु ।

Friday, April 2, 2010

स्वदेश फिर्न चाहने सवैको लागि हो - बादल

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै इतिहासमा पहिलो पटक भूटानमा हुन गइरहेको १६ औं सार्क शिखर सम्मेलनमा भूटानी शरणार्थीलाई स्वदेश फिर्ती गराउनु पर्छ भन्दै दवाव दिने उद्देश्यले शुरू गर्न लागिएको रिले मार्च टु भूटान अभियान अन्तरगत गत चैत्र १५ गते शनिश्चरे शिविरबाट निस्किने तयारी गरिरहेको अवस्थामा सो अभियानका संयोजक वादल थापा लगायत तीन जनालाइ प्रहरीले पक्राउ गरि दिनभर थुनेको थियो । प्रहरीले दिनभर पत्रकारहरूसँग उनीहरूलाई भेट गर्न नदिए पनि त्यहि दिन साँझ छोडेको उनीहरूलाई थियो ।
स्थानिय प्रशासनसँग अनुमति लिएर पनि अभियान पूरा गर्न नपाएको गुनासो छ, थापा लगायत अभियानका अभियन्ताको ।