Wednesday, September 8, 2010

शिविर भित्रको खबर

                                    राहत मिल्ने भो
 परिचय पत्रको लागि फोटो खिचाएका शरणार्थीले चाँडै शरणार्थी परिचय पत्र पाँउनसक्ने अधिकारीहरुसँगको छलफलपछि एक शरणार्थी प्रतिनिधिले बताएका छन् ।
राहत बिाचत पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेलले गएको आईतबार शरणार्थी समन्वय एकाईका निर्देशक तथा झापाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ लगायतका अधिकारीसँगको कुराकानीपछि परिचय पत्र बितरण सम्बन्धी त्यस्तो आश्वासन पाएको बताउनु भएको छ ।


त्यसबिचमा सातै शिबिरका शरणार्थी प्रतिनिधिको पनि उपस्थिती रहेको जनाएको छ । 
सातै शिबिरमा फोटो खिचाएका तर परिचय पत्र नपाएका शरणार्थीको संख्या एक हजार तिनसय रहेको पनि समुहका संयोजक नन्दु पौडेलले जानकारी दिएका छन् ।
समुहले शरणार्थीको पहिचान तथा राहतबाट बिाचत शरणार्थीलाई राहत र पहिचान दिन माग गर्दै अधिल्लो महिना शिबिरहरुमा रिले भोक हडताल गरेको थियो । 

त्यसलाई झापा जिल्लाका अधिकारीहरुले शरणार्थी शरोकारवालसगँ छलफल गरि उचित राहत र पहिचान दिलाउने भन्दै रिले भोक हडताललाई स्थगना गर्नलगाएको समेत पौ्रडेलले जानकारी दिनु भयो । पौडेलले थपे ँकुनै पनि परिणम नआएपछि प्रमुख जिल्ला सम्म ढोका ड्कड्काउन पुगेपछि मात्र यो निणर्य आएको हो 
सातै शिबिरमा परिचय पत्र पाँउन बाँकी  शरणार्थी गणनामा छुटेका शरणापेक्षीको सुचिमा रहेका र रासन कार्ड बितरणमा छुटेका समेत तिन हजार एकसय ९० जना शरणार्थी राहतबाट बिाचत छन् ।

  शिबिर बाहीर काम गर्न गएका एकजना भुटानी शरणार्थीको करेण्ट लागेर ज्यान गएको छ ।
शनिश्चरे शरणार्थी शिबिर सेक्टर बि २ छाप्रो नमबर ६१ का ३० बर्षे दलबहादुर बारकोटीको गएको आईतबार बिहान १० बजे मोरङको उर्लाबारीमा घर बनाँउने क्रममा फलामको रड मिलाउँदा अचानक करेण्ट लागेर ज्यान गएको शनिश्चरेका शिबिर सचिब चम्पिसंह राईले बताउनु भएको छ ।
बाह्रकोटीका श्रीमती र २ छोराछोरी छन् ।

                                       चनचेतनामुलक   
भुटानीहरुको प्रज्ञिक संस्था ब्रेनले गएको शनिबार बेलडाँगी २ शरणार्थी शिबिरमा एचआइएभी एड्स र लागु पदार्थ दुब्र्यसन रोकथाम सम्बन्धी एकदिने अभिमुखीकरण गर् यो ।
बेलडाँगी २ शरणार्थी शिबिरको त्रिरत्न माध्यमिक बिधालयमा भएको अभिमुखीकरणमा ५० महिला सहित एकसय सहभागी थिए ।

अभिमुखीकरणमा भुटानी नेता तथा चिकित्सक भम्पा राई  शरणार्थी स्वास्थ्य सहायता संस्था आम्दाका साथी शिक्षक राम सुबेदी  स्थानिय संस्था स्पर्शका प्रशिक्षक भिम पौडेल लगायतका स्रोत ब्यक्ती रहनु भएको थियो ।
कार्यक्रम त्रिरत्न माबीका प्रधानाध्यापक पुर्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो ।

                                               
                                                  स्वास्थ्य कार्यक्रम

शरणार्थी स्वास्थ्य सेबा दिँदै आएको एशियाली चिकित्सक संगठन आम्दाले एभिन एण्ड पेन्डामिक इन्फ्लुएन्जा एच वान एन वान लगायतका महामारीबाट बच्ने उपाय केन्द्रित अन्र्तकृया गर्ने भएको छ । बिभिन्न चरणमा  शुक्रबारदेखि शुरु हुने अन्र्तकृयामा सातै शिबिरका र स्थानिया समेत कम्तिमा दुइसय स्वास्थ्य तथा सामाजीक कार्यकर्ता सहभागी रहने बताईएको छ । अन्र्तकृया एकसाता सम्म चल्ने आम्दाले भुटान समाचार सेवालाईजानकारी दिएको  छ ।
 
                                                 खेलकुद

शरणार्थी शैक्षिक सहायता संस्था कारीतासको युबा मैत्री केन्द्रको आयोजनामा हिजो खुदुनाबारी शरणार्थी शिबिरमा अन्तर शिबिर भलिबल प्रतियोगिता शुरु भयो ।
खुदुनाबारी शिबिरका चार र बाँकी छ शिबिरका १२ समेत १६ टिम स्पर्धी प्रतियोगीतामा आधा टिम महिलाका छन् ।प्रतियोगिता अन्र्तगत हिजो भएका महिला तर्फका खेलमा बेलडाँगी ३ ले बेलडाँगी २ लाई र खुदुनाबारीले बेलडाँगी १ लाइृ्र हराए ।

यसैगरि पुरुष तर्फ शनिश्चरेले बेलडाँगी ३ लाई र खुदुनाबारीले गोलधापलाई पराजीत गरे । स्पेनी फुटबल संस्था एफसी बासर्ीलोनाको सहयोगमा भएको प्रतियोगिताको उद्घाटन कारीतासका ब्यबसायीक तालिम संयोजक आरपी दास र संयुक्त राष्ट्रसंघिय शरणार्थी समबन्धी उच्च आयोग दमकका सामाजकि कार्यक्रम बिशेषज्ञ नबीन उप्रेतीले संयुक्त रुपमा गर्नँ भएको थियो । प्रतियोगीताको फाईनल पसर्ी शुक्रबार हुँदैछ ।

No comments:

Post a Comment