Wednesday, September 1, 2010

पुनर्गणना सुरु

भुटानी शरणार्थीको पुनर्गणनामा छुटेका शरणार्थीको पुनर्वास प्रकृयाको प्रराम्भिक काम शुरु भएको छ ।
सन् २००६ मा भएको पुनर्गणनमा छुट भएका उनीहरुको दुइ बर्षपछि पुनः गणना र फोटो खिच्ने काम भएको थियो ।
शरणार्थी मामिलासम्बन्धि राष्ट्रसंघीय उच्चायोग र पुनर्वासमा संलग्न आप्रवास सम्बन्धी अन्तराष्ट्रिय संगठन आईओएमले आजबाट उनीहरुसँग अर्न्तवार्ता लिने काम आरम्भ गरेका हुन् ।

झापा र मोरङका विभिन्न सातवटा शिविरका छुट भएका तीनसय बढी भुटानी शरणार्थीले पुनर्वासमा जान निवेदन दिएका भएपनि प्रकृया अघि बढ्न सकेको थिएन ।
दमकस्थित बेलडाँगी १ शिविरका सचिव टिबी गुरुङले त्यो शिविरबाट मात्र ६० जनाको पुनर्वास निवेदनउपर छानबिन शुरु भएको बताए । यता राहत बन्चित शरणार्थीको विषयमा भने नेपाल र सरकार र उच्चयोगले कुनैपनि प्रकृया अघि बढाएका छैनन् । तीनहजार उनीहरुले अहिलेसम्म शरणार्थीको मान्यता पनि पाएका छैनन् ।

No comments:

Post a Comment