Tuesday, September 7, 2010

पूनर्वासमा हिँडेकालाई फेरि फर्काइयो

अन्तराष्ट्रिय आप्रबास संस्थामार्फत तेस्रो मुलुक पुनर्बासमा लान काठमाडौं पुर्याइएका २ परिवार भूटानी शरणार्थीलाइ शिविर फर्काइएको छ ।
मोरङ शनिश्चरे शिविरका २ परिवारका १२ जना सदस्यलाइ अमेरिका पुनर्वासका लागि शिविरबाट काठमाडौं पुर्याइ त्यहाँबाट फर्काइदा उनीहरु समस्यामा परेका छन् ।

भीमबहादुर खड्का सहित १० र बलबहादुर थापा सहित २ जनाको परिवार यस्तो समस्यामा परेको उल्लेख छ ।
खड्काका छोरा बिरामी परेको र थापा परिवारको ट्राभल डकुमेन्टको म्याद सकिएको बताउदै अन्तराष्ट्रिय बिमानस्थलको इमिग्रेशनबाट फर्काइएको ती परिवारले बताएका छन् ।
शिविर फर्कनु परेपछि उनीहरु पहिले बसेको आफ्नो छाप्रो मर्मत गरि जेनतेन बसेका छन् भने खाद्यान्न लगायतका सरसामाग्रीको समस्या भइरहेको छ ।
यसअघि पनि झापाको दमकस्थित बेलडाँगी शिविरका केही परिवारलाइ पनि उसैगरी काठमाडौंबाट फर्काइदा समस्यामा परेको राहत पीडित बञ्चित शरणार्थी समुहका संयोजक नन्दु पौडेलले बताउनु भएको छ ।

No comments:

Post a Comment