Wednesday, September 1, 2010

एकता निर्माण अनिबार्य

ड्रुक नेशनल काँग्रेस डेमोक्रेटिकले भुटानी आनदोलन अघि बढाउन भुटानीबिच बलियो एकता निर्माण अनिबार्य भएको बताएको छ ।
त्यो पार्टीका महासचिब तथा राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानका प्रबक्ता नारद अधिकारीले राजधानी काठमाण्डौमा बिभिन्न चार भुटानी संगठनले गरेको कार्यगत एकताको घोषणाको अर्थ र औचित्य सबै भुटानीले थाहा पाउनु पर्ने बताएका छन् ।

यसअघि पनि कैयौं पटक धेरै भुटानी संघ संगठनबीच एकता तथा मोर्चाको घोषणा भएपनि तिनबाट फलदायी परिणाम हात नलागेको अबस्थामा अहिले गरिएको कार्यगत एकताले कुन मोड लिने हो भन्नेमा शरणार्थी बिश्वस्त हुन बाँकी रहेको जानकारहरुको भनाई छ ।
शरणार्थीको घर फिर्ती तथा भुटानमा परिबर्तनका लागि भारतले सकारात्मक संकेत गरेको भन्ने चर्चाको भित्री पाटो खोतलिन उत्तिकै जरुरी रहेको एकजना भुटानी नेताले बताएका छन् । उनले भने, “संगठन, मोर्चाबन्दी भन्दा पनि साँचो अर्थमा भर्रपर्दो आन्दोलनको शुरुवात एकदमै जरुरी छ र त्यसका लागि खेर फाल्न समय बाँकी छैन ।”
सन् १९९० पछिका बर्षमा भुटानमा सरकारी दमन खप्न नसकेर नेपालमा शरणार्थी बनेका भुटानी नागरिकलाई भारतले बाटो छेकेर घर फर्किन दिएको छैन । शरणार्थीको घर फिर्तीमा बाधक बनिरहेको भारतले शरणार्थीमाथि प्रत्यक्ष र परोक्ष षडयन्त्र गरिरहेको भुटानीहरुको बिश्लेषण छ ।

No comments:

Post a Comment