Thursday, September 16, 2010

बुढाथोकी हत्याकाण्डको मुद्दा फिर्ता हुने

भुटानी शरणार्थी नेताको हत्यामा संलग्नहरुको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि शरणार्थी समुदायमा असन्तुष्टी पैदा भएको छ ।
सन् २००१ सेप्टेम्वर ९ तारिकका दिन हत्या गरिएका भुटान पिपुल्स पार्टीका संस्थापक अध्यक्ष आर के बुढाथोकीको हत्याको अभियोग लागेका शनिश्चरे शिविरका राम सुवेदी क्षेत्री लगायतकाको मुद्दा फिर्ता लिने निर्णय मन्त्री परिषदको गत साउन २८ गते बसेको बैठकले गरेको थियो ।

काठमाण्डौंस्थित महान्याधिवक्ताको कार्यालयले झापास्थित सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा हालै पत्र पठाएर मुद्दा फिर्ता प्रकृया अघि बढाएको जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ता प्रकाश श्रेष्ठले बताए ।
भुटान महिला संघकी अध्यक्ष समेत रहेकी स्वर्गीय बुढाथोकीकी धर्मपत्नी जसोदा बुढाथोकीले नेपाल सरकारको यस्तो निर्णयले आफू र भुटानी जनतामाथि एकदमै अन्याय भएको बताइन् ।
नौ बर्षअघि भुटान पिपुल्स पार्टीको युवा संगठनको दमक ११ मा रहेको कार्यालयमा बैठक भइरहेको अवस्थामा खुकुरी प्रहार गरि आर के बुढाथोकीको हत्या गरिएको थियो । उनको हत्या भएको दुइ महिनापछि भारतको आन्ध्र प्रदेशमा अध्ययनका लागि गएका उनका माइला छोरा आनन्दसमेत वेपत्ता छन् ।

                                   

तितोपिरोमिठो बाट

No comments:

Post a Comment