Tuesday, September 21, 2010

शिविर भित्रको खबर

भुटानी शरणार्थी शिविर वेलडाँगी १ का एक वृद्ध शरणार्थीले अहिले साँझ  गरेका छन् । वेलडाँगी १ शिविरको सेक्टर सी १, छाप्रा नं. ७६ का ६५ बर्षीय चकमान लम्जेलले अहिले साँझ ९ बजे झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाइ छाप्रोदेखि पचास मिटरजति टाढा रहेको नर्सरीमा पीपलको रूखमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा उनकै माइला छोरा विर्ख बहादुरले फेला पारेका थिए ।

छोराले भेट्दा जिवितै रहेका उनलाइ डोरी काटी हतारहतार शिविरमै रहेको आम्दा उपचार केन्द्रमा लगिए पनि आम्दा पुर्याउँदा नपुर्याउँदै उनको मृत्यु भइसकेको थियो । वेलडाँगीबाट शरणार्थी कलाकार तथा सञ्चारकर्मी आइतसिंह गुरूङले दिएको जानकारी अनुसार घटना हुनुभन्दा केहीवेरअगाडि लम्जेल र उनकी बुहारीबीच भनाभन भएको थियो । मृतकका छोरा विर्ख बहादुरलाइ नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरिएको र लासको पोष्टमर्टमका लागि लैजाने तयारी भइरहेको कुरा प्रहरीलाइ उद्धृत गर्दै गुरूङले जानकारी दिएका छन् ।

No comments:

Post a Comment