Thursday, April 22, 2010

प्रधानमन्त्रीलाई स्मरण पत्र

 भूटानी शरणर्थी स्वदेशफिर्ति संयुक्त समितिले विहिबार झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री माधवकुमार नेपाललाई आगामी अपि्रल २८ र २९ मा भूटानको राजधानी थिम्पुमा हुनगइरहेको १६औँ सार्क शिखर सममेलनमा भूटानी शरणार्थी जनताको स्वदेश फिर्तिको मागलाई नेतृत्वदायी भूमिकाका साथ बैठकमा राखिदिन आग्रह गर्दै स्मरण पत्र बुझाएका छन् ।

स्वदेश फिर्ति आन्दोलनको अगुवाई गर्दै आएका डा। भम्पा राईको नेतृत्वमा नारद अधिकारी डिबी काफ्ले थिन्ले पेन्जोर जागिरमान लामा शान्तवीर घलॆ सन्मान राई हर्कजोङ सुब्बा लगायत विभिन्न सात वटा शरणार्थी शिविरका सामाजिक अगुवाहरु स्मरण पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए ।

यसैवीच आगामी शुक्रारबार देखि सोमबार सम्म स्वदेशफिर्ति संयुक्त समितिको आयोजनामा सार्क सम्मेलनलाई लक्षित गरी रिले अनसन गरिने समितिका सदस्य शान्तवीर घलेले जानकारी दिनु भयो ।

विहिबार नै भूटानी शरणार्थी स्वदेशफिर्ति समितिले एक विज्ञप्ति जारी गरी भूटान सरकारले ससम्मान स्वदेश फिर्तिको माग राख्दै आएका शरणार्थीहरुलाई आतंककारीको विल्ला भिराउन खोजेको आरोप लगाएको छ । समितिका अध्यक्ष डा। भम्पा राईद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ-त्यस्तो राज्य जहाँ आफ्ना नागरिकलाई सुरक्षा नदिएको मात्र होइन राज्य छोडाउन वाध्य बनाएको छ त्यस्तो राज्यमा सम्पन्न शिखर सम्मेलनले कुन राज्यका नागरिकलाई के सहयोग गर्ला

No comments:

Post a Comment