Friday, April 2, 2010

स्वदेश फिर्न चाहने सवैको लागि हो - बादल

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै इतिहासमा पहिलो पटक भूटानमा हुन गइरहेको १६ औं सार्क शिखर सम्मेलनमा भूटानी शरणार्थीलाई स्वदेश फिर्ती गराउनु पर्छ भन्दै दवाव दिने उद्देश्यले शुरू गर्न लागिएको रिले मार्च टु भूटान अभियान अन्तरगत गत चैत्र १५ गते शनिश्चरे शिविरबाट निस्किने तयारी गरिरहेको अवस्थामा सो अभियानका संयोजक वादल थापा लगायत तीन जनालाइ प्रहरीले पक्राउ गरि दिनभर थुनेको थियो । प्रहरीले दिनभर पत्रकारहरूसँग उनीहरूलाई भेट गर्न नदिए पनि त्यहि दिन साँझ छोडेको उनीहरूलाई थियो ।
स्थानिय प्रशासनसँग अनुमति लिएर पनि अभियान पूरा गर्न नपाएको गुनासो छ, थापा लगायत अभियानका अभियन्ताको ।

प्रहरी नियन्त्रणका वेला कुनै तस्वीर र अर्न्तवार्ता लिन नदिएपछि बादल थापा तथा धन बहादुर राईलाई भोलिपल्ट भेटी लिएको भिडियो अर्न्तवार्ता यस प्रकार छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment