Monday, April 26, 2010

पत्रकार घिमिरेको विदाइ


लामो समयदेखि पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइ रहनु भएका भुटानी श्रष्टा भक्त घिमिरेलाई आज एक कार्यक्रमबीच बिदाई गरिएको छ । उहाँ पुनर्वासधका लागि अमेरिका जाँदै हुनुहुन्छ ।
झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा एक औपचारिक कार्यक्रमबीच समालोचक प्राध्यापक डा. गोबिन्द भट्टराईले खादा र माला लगाएर उहाँलाई विदाई गर्नुभयो ।
दुइ दशकदेखि भुटानी पत्रकारिता तथा साहित्यिक क्षेत्रमा सकृय घिमिरेले नेपाली, भारतीय तथा भुटानी संचार माध्यममा काम गर्नु भएको थियो भने विभिन्न साहित्यिक विधाहरूमा समेत उहाँ कलम चलाउने गर्नु हुन्छ ।
घिमिरे भुटान पत्रकार संघसँग पनि आबद्ध हुनुहुन्थ्यो ।

1 comment:

  1. Dear Arjun,
    Thank you for letting us to know about Mr. Ghimirey's resettlement. Can you kindly provide me his detail contact information.

    ReplyDelete