Monday, April 12, 2010

भूटानको राजनीतिक इतिहासका महत्वपूर्ण घटनाक्रम

सन् १६१६ साब्डुङ नवाङ नाम्ग्येल तिब्बतबाट भूटान आई शासन गर्न थाले ।

- सन् १६२४ नावाङ नाम्ग्येलको पहिलो गोर्खा भ्रमण राम शाहसँग समझदारीमा गोर्खालीहरुलाई भूटान ल्याइयो ।

- सन् १६४०नावाङ नाम्ग्येलको दोस्रो गोर्खा भ्रमण तत्कालीन राजा डम्बर शाहसँग भेटघाट नेपाली परिवारलाई सीमावर्ती क्षेत्रमा बसोबासको व्यवस्था ।

- सन् १६५१५८ वर्षको उमेरमा नावाङ नाम्ग्येलको मृत्यु ।


- सन् १८६३वर्षको सुरुमै टोङसा प्रान्तका पेन्लोप नाम्ग्येल वाङचुक तराई क्षेत्रका काजी अमर प्रधान चिराङका कीर्तिमान बुढाथोकी तराई डुवस्रका गाजवीर थापा आदि करिब बीसवटा घोडामा सरसौगात लिएर काठमाडौं पुगे । तत्कालीन राजा सुरेन्द्र र श्री ३ जंगबहादुरसँग भेटी सुरक्षाका लागि बन्दूक हातहतियार गोली गठ्ठा सरसौगात र जनसमेत लिएर फर्के ।

- सन् १८६५११ नोभेम्बरका दिन बि्रटिस भारत र भूटानबीच सिाचुला सन्धि ।

- सन् १९०४सेम्प्टेम्बरमा तिब्बतका लामा प्रशासकहरुसित बि्रटिस भारतको सम्झौता ।

- सन् १९०६काजी उगेन दोर्जी काजी गर्जमान गुरुङ धनवीर बुढा कीर्तिमान बुढाथोकी र सनमान नेपालले काठमाडौं पुगी चन्द्र शमसेरबाट टोङसा पेन्लोप उग्येन वाङचुकलाई भूटानका प्रथम महाराजा बनाइने स्वीकृतिको मोहोर प्राप्त गरे ।

- सन् १९०७१७ डिसेम्बरका दिन उग्येन वाङचुकद्वारा भूटान राष्ट्रमा वंशानुगत राजतन्त्रको स्थापना आफूलाई देशको प्रथम महाराजा घोषणा । महाराजा बनेपछि बि्रटिस सरकारद्वारा उनलाई सरको उपाधि ।

-सन् १९१०८ जनवरीमा बि्रटिस भारत र भूटानबीच मैत्री सन्धि भूटानको परराष्ट्र नीति बि्रटिस र भारत सरकारद्वारा निर्देशित रहने ।

- सन् १९२६२१ अगस्टमा उग्येन वाङचुकको निधन जिग्मी वाङचुक २१ वर्षको उमेरमा गद्दीमा आसीन ।

- सन् १९४८डी।बी। गुरुङको सकि्रयतामा भूटानी स्टेट कांग्रेसको स्थापना ।

- सन् १९४९८ अगस्टमा सिाचुला सन्धिकै मर्मअनुसार स्वाधीन भारतसँग सन्धि ।

- सन् १९५२जिग्मी वाङचुकको निधन २३ वर्षको उमेरमा जिग्मी दोर्जी वाङचुक तेस्रो राजा ।

- सन् १९५३नोभेम्बरमा ठेकेदारी प्रथाको अन्त्यको घोषणा ।

- सन् १९५८नागरिकता अधिनियम ।

- सन् १९६१प्रथम पाचवर्षीय योजना प्रारम्भ ।

- सन् १९६२१० अक्टोबरका दिन प्रथम हुलाक टिकट जारी ।

- सन् १९६४प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको हत्या ।

- सन् १९६५ १ सेप्टेम्बरमा सेनाका पाँच सय जवानहरुलाई समेटेर रोयल भूटान पुलिसको स्थापना ।

- सन् १९६८न्यायालय र मन्त्रालयहरुको सुरुवात ।

- सन् १९७१२१ सेम्टेम्बरमा संयुक्त राष्ट्र संघको एक सय अठ्ठाइसौं सदस्य । योजना आयोगको स्थापना । भारतमा दूतावास स्थापना । भूटानमा भारतको दूतावास स्थापना । पहिलो जनगणना ।

- सन् १९७२जुलाईमा जिग्मी दोर्जीको नैरोवीमा उपचारकै क्रममा ४३ वर्षकै उमेरमा निधन जिग्मी सिङ वाङचुक १७ वषृको उमेरमा राजा ।

- सन् १९७४आफ्नै मुद्रा न्युल्ट्मको स्थापना र प्रचलन ।

-साभार संवादबाट सशक्तिकरण्

No comments:

Post a Comment