Thursday, April 22, 2010

कार्यक्रमहरु


अमेरिकाको अरेगनमा पुनर्स्थापित भएका चार जना भुटानी शरणार्थीलाई सम्मान गरिने भएको छ । आगामी २३ अप्रिलका दिन द एसियन रिपोर्टरको बार्हौं बार्षीक छात्रवृत्ती एवं पुरस्कार समारोहमा बेलडाँगी शरणार्थी शिविरबाट अमेरिकाको अरेगनमा पुनर्स्थापित राजु शर्मा (सुवेदी), छवी कोइराला, रेखा कोइराला र सोम सुवेदीलाई सम्मान गरिने भएको हो । उहाँहरुलाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको राजु शर्माले जानकारी दिनु भएको छ ।



अहिलेसम्म पुनरवास भएर तेश्रो देश जाने शरणार्थीको संख्या २९ हजार ४ सय ८९ पुगेको छ । भुटानी शरणार्थी पुनरवासको व्यवस्थापकीय काम गर्दै आएको आइओएमका अनुसार सवैभन्दा धेरै शरणार्थी अमेरिका पुनर्स्थापित भएका छन् । अमेरिकामा पुनर्स्थापित हुने भुटानी शरणार्थीको संख्या २५ हजार ८ सय ६९ पुगेको छ भने अष्ट्रेलियामा १ हजार ३ सय २६, क्यानाडामा १ हजार १ सय १३ शरणार्थी पुनर्स्थापित भएका छन् । यसैगरि न्यूजिल्याण्डमा ४०७, डेनमार्कमा ३२६, नर्वेमा ३१९ र नेदरल्याण्डमा १२९ जना शरणार्थी पुनर्स्थापित भएका छन् । अहिले शरणार्थी शिविरमा ८२ हजार ३ सय ४१ शरणार्थी बसिरहेका छन् । तेश्रो देश पुनर्वास हुन भन्दै इच्छापत्र भरेका शरणार्थीको संख्या पुनर्वास भएका सहित ८५ हजार ६२९ छ ।


भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले शरणार्थी घरफिर्तीका पक्षमा आवाज उठाउन सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग आग्रह गरेको छ । आउँदो बुधबार र विहीबार भुटानमा हुने सार्कको सोह्रौं शिखर सम्मेलनको पूर्वसन्धयामा समितिका अध्यक्ष डा. भम्पा राईले सार्कका आठै देशका सरकार प्रमुखहरुहलाई ज्ञापन पठाएर यस्तो आग्रह गर्नु भएको हो । ज्ञापन पत्रमा भुटानी शरणार्थीको मामिलामा सम्वेदनशील भइदिन पनि सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई आग्रह गरिएको छ ।

भारतका प्रधानमन्त्रीलाइ लेखेको ज्ञापनपत्र चाहिँ यहाँ राखिएको छ । (ज्ञापन पत्रको वेहोरा सवैलाइ एउटै छ)



पाना नं १
पाना नं २
पाना नं ३

अमेरिकामा पुनर्वास भएका भुटानी शरणार्थीले विभिन्न कार्यक्रम गरि नयाँ वर्ष २०६७को स्वागत गरेका छन् । म्यान्चेष्टर, कन्कर्ड लोकोनिया, म्यासाचुएस्टमा पुनर्वास भएका ४ सय भन्दा धेरै शरणार्थीले न्यू ह्याम्सायर युनिभर्सिटीको कलेज हलमा विभिन्न कार्क्रम गरि मनाएका हुन् । उनीहरु, गीतसंगीत, नृत्य, हास्यव्यंग्य जस्ता कार्यक्रम गरेका थिए ।


एचआइभी र एड्सबाट बच्ने तथा यसका बारेमा जानकारी दिने उद्देश्यले शरणार्थी शिविरहरुमा रहेका प्रौढ अंग्रेजी साक्षरता कक्षाका विद्यार्थी, फरक ढंगका सवलाङ्गका लक्षित गरि तालिम चलिरहेको छ । तालिम युवा मैत्री केन्द्रले आयोजना गरेको हो । बेलडाँगी २ शरणार्थी शिविरमा सहभागी २३० शरणार्थीलाई केन्द्रका सामाजिक कार्यकर्ता रिना माझी, आइतसिंह मगर र इन्दिरा मिश्रले तालिम दिइरहेका छन् । यसैगरि शनिश्चरे शिविरमा गएको सोमबार गरिएको तालिममा २०५ शरणार्थी सहभागी थिए ।
यसैविच शरणार्थी शिविरहरुमा आगलागिबाट बच्ने उपायसम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम पनि भइरहेका छन् । गएको शनिबार वेलडाँगी ३ शरणार्थी शिविरमा आगलागिबाट बच्न चेतना जगाउने उद्देश्यले र्याली र सभा गरियो ।
लुथरन विश्व महासंघ र शिविरको युवामैत्री केन्द्रले र्याली र सभा गर्नुका साथै सवै छाप्राहरुमा आगलागीबाट बच्ने उपाय झल्काउने खालका पोष्टर टाँसिएको छ । यस्तै टिमाइ शरणार्थी शिविरको भुटानी शरणार्थी वाल मञ्चले पनि आगलागिबाट बच्ने उपायसम्वन्धी तीन दिने कार्यक्रम गरेको छ ।


खुदुनाबारी शरणार्थी शिविरमा ३ दिने कम्पोष्ट मल बनाउने तालिम भएको छ । लुथरन विश्व महासंघले गरेको तालिममा स्थानीय १२२३ जना सहभागि थिए । तालिममा कुहिने खालका फोहरलाई मल कसरी बनाइन्छ भन्ने कुरा सिकाइएको थियो । तालिमको सहजकर्तामा झापा बुधबारेका रुद्र पोख्रेल हुनुहुन्थयो । तालिम आज सकिएके छ ।



नेपालमा रहेको निजी हवाइ उडान वुद्ध एयरले काठमाण्डौं भुटान हवाइ उडान शुरु गर्ने भएको छ । आउँदो मे अन्त्यतिर काठमाण्डौंबाट बुद्ध एयरले भुटानको पारो एयरपोर्टसम्मको उडान भर्न लागेको क्यूनसेल अनलाइनले जनाएको छ । बुद्ध एयरका प्रतिनिधि र भुटानको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिबीच गएको विहीबार भुटानमा भएको छलफलपछि हवाइ उडान शुरु गर्ने सहमति भएको हो ।

No comments:

Post a Comment