Thursday, April 15, 2010

'कलमद्वारा संसार बदल्ने हाम्रो अभियान'



साहित्यीक भुगोलको कुनै पनि नापन गर्ने सकिदैन, त्यहाँ न कुनै सिमाना हुन्छ न कुनै भेदभाव नै हुन्छ । धेरै साहित्यीक यात्रामा लागिपरेका साहित्यकारहरुले यो मन्त्रलाई आत्मसात गरि कलमी आन्दोलनका लागि अघि बढेको पाइन्छ ।
तिनै साहित्यकारलाई प्रोत्साहन र हौसला प्रदान गर्ने सकियोस् भनि भूटानी शरणार्थी शिविर अर्न्तर्गत शनिश्चरेमा विगत दुइ बर्षअघि झकास ग्रुप नामक संस्थाको जन्म भएको थियो ।
शिविरको कष्टकार जीवन यापन गरिरहेका झकास युवाको मनलाई पूनर्वासले अझ अलिक फरक विचार र चिन्तनको यात्रामा लागि पर्न सिकाएको कुरा सचिब तथा रुवाइकार प्रवाशी कृष्ण घायल बताउँछन् ।



झकास गुप शिविरमा भिन्न उद्देश्य लिएर स्थापना भएपछि,आफ्नो कार्य शिविर तथा अर्न्तराष्ट्रसम्ममा गर्ने लक्ष्य रहँदारहँदै पनि शरणार्थी शरोकारवालाले शरणार्थीलाई तेस्रो देश पूनर्वास गराउने कार्य अघि बढाउँदा यी ग्रुपका यूवा सात मूलुकमा छरिन पुगे ।
आफ्नो देशको नक्शा मात्र देखेका यी युवाले भूटानी इतिहासमा नेपाली भाषा, संस्कृति अनि देश निकालन भएपछि खरानी मात्र रहेको कथा सुनेका यूवा भूटानलाई नयाँ प्रकारले चुनौति दिन विश्वभर 'कलमद्धारा संसार बदल्ने हाम्रो अभियान’ मुल नाराका साथ स्थापना गरि यस ग्रुप आफ्नो संस्था, आफु जहाँ पुगेपनि सधै नेपाली भाषा, कला, साहित्य र सँस्कृतिको संरक्षणमा लागिरहने यस ग्रुपको उद्देश्य रहेको अध्यक्ष अजगर धिसिङ बताउनु हुन्छ ।
झकास गुपले पहिलो पटक 'झकास अन्तराष्ट्रिय साहित्यीक पुरस्कार’ कलमजिवी सहित्यकार प्रकाश आङदेम्बे (नेपाल)लाई दिने भएको छ । आङदेम्बेले भूटानी स्रष्टामाझ कला, साहित्यको एक सुनौलो छाल प्रवेश गरेका, निरन्तर, निस्वार्थ रुपमा नेपाली भाषा, साहित्य र कलाको संरक्षण र विकासमा लागि रहनु भएको र भूटानी स्रष्टाका अभिभावक रहेको भन्दै झकास ग्रुपले ताम्रपत्रका साथ एघार हजार एक सय एघार रूपैयाँको राशी समेत यहि बैशाख ११ गते शनिवार शरणार्थी शिविर शनिच्चरेको क्याम्प ब्यवस्थापन समितीको कार्यलयमा एक कार्यक्रम गरि सम्मान गर्ने निर्णय आज पत्रकार सम्मेलन गरि झकास ग्रुपले जानकारी दिएको छ ।

झकास ग्रुप – एक चिनारी

'कलमद्वारा संसार बदल्ने हाम्रो अभियान'


विश्वका विविध देश (नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया, नर्वे, क्यानाडा, बेलायत) आदिमा छरिएर रहेका नेपालीभाषी भूटानी युवाहरुको साझा समूहको नाम हो झकास ग्रुप । सन् २००८ को फेब्रुअरी २७ का दिन शनिश्चरे शरणार्थी क्याम्प मोरङमा यसको स्थापना भएको हो । तेस्रो देश पुनर्वास सँगसँगै यस ग्रुपका सदस्यहरु आज सबैतिर फैलिएर रहेका छन् ।

झकास ग्रुपको कार्यसमिति
अध्यक्ष - अजगर घिसिङ्ग (मोरङ)
सचिव - प्रवासी कृष्ण घायल
कोषाध्यक्ष - ओ.पी. चापागाई (नर्वे)
सदस्य - होम राई
,, कोपिल खतिवडा (अमेरिका)
,, टोम न्यौपाने (अमेरिका)

यस ग्रुपका उद्देश्यहरू -
१. कलमद्वारा संसार बदल्ने अभियान ।
२. नेपाली कला, साहित्य, संस्कृति र पहिचानको लागि निरन्तर लागि पर्ने ।
3. कलमले संसार बदल्ने अभियानमा लागेका हस्तीहरुलाई सहयोग र सम्मान गर्ने ।
4. विश्वमा नेपाली क्षमता, प्रतिभालाई स्थापित गर्ने, गराउने ।
5. विश्वमा छरिएर रहेका स्रष्टाहरुलाई नेपाली माटोको अर्थवोध गराई, यही माटोलाई केन्द्र मानी एउटै थलोमा गोलवद्ध गराउने ।
6. 'पुरस्कार'लाई दीर्घकालीन बनाउनको लागि अक्षयकोषमा रकम थप गर्दै लगिने ।

झकास अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कारको स्थापना र औचित्य -
1. वि.सं. २०६६ साल फाल्गुन २० गते बसेको समितिको बैठक अनुसार संस्थाको उद्देश्य अनुरुप देश, विदेश जहाँ रहेको भएता पनि प्रत्येक वर्ष 'झकास अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार' द्वारा १ जना प्रतिभालाई सम्मान र हौसला प्रदान गर्न यो पुरस्कारको स्थापना भएको हो ।
2. प्रथम पटक यसको राशि ११,१११/- (एघार हजार एक सय एघार) सहित ताम्रपत्र प्रदान गरिनेछ । क्रमशः अन्य पटक यो राशिमा थप वृद्धि गरिदै लगिनेछ ।

प्रथम पटकको 'झकास अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार' स्रष्टा प्रकाश आङदेम्बे (नेपाल)लाई दिइने सर्वसम्मत निर्णय गरियो । प्रकाश आङदेम्बेलाई यो पुरस्कारबाट प्रथम पटक नै सम्मान गर्नुका कारणहरु -
1. उहाँले भूटानी नेपाली माझ कला, र साहित्यको एउटा सुनौलो छाल नै प्रवेश गराउनु भयो ।
2. सम्पूर्ण भूटानी नेपाली स्रष्टाहरुको अभिभावक बन्नु भएको छ ।
3. उहाँ निरन्तर, निःश्वार्थ रुपले नेपाली भाषा, साहित्य कलाको संरक्षण र विकासमा लागि रहनु भएको छ ।
4. 'कलमद्वारा संसार बदल्ने हाम्रो अभियानको मानक पात्र हुनुहुन्छ ।
5. देश, विदेशमा छरिएर रहेका नेपाली स्रष्टाहरुलाई हौसला प्रदान गर्नुका साथै संयोजनको भूमिका अझै पनि निभाइरहनु भएको छ ।


अर्जुन प्रधान

No comments:

Post a Comment