Thursday, April 22, 2010

अग्नीपिडीत शरणार्थीलाई रहात विवतरण

अमेरिका स्थित टसक्यन राज्यमा पूर्नवाश भएका भूटानी शरणार्थीले बेलडागी १ अन्र्तगत सेक्टर ए ३का अग्नीपिडीत शरणार्थीलाई कारितास नेपालमार्फत रहात विवतरण कार्यक्रम यूवा मैत्री केन्द्र बेलडागी-१को सहयोगमा विहिबार सम्पन्न गरेका छन् ।

२० जनवरी २०१० मा भएको विषण आगलागीबाट करिब ४०० शरणार्थी विस्थापित भएका थिए । उनीहरुलाई आपतकालीन अवस्थामा कारितास नेपालले आवश्यक बस्तु वितरण गरि सहयोग पुर् याएकॊ थियो ।  

कारितास नेपालका कार्यकारि निदेशक फादर शैलेस भोगोटीको हातमा डलर ६१६ सहयोग स्वरुप अग्नी पिडीत शरणार्थीलाई टसक्यन राज्यमा पूर्नवास भएका शरणार्थीले दिएको र यसले पिडीतलाई मछटदानी ११५ थान पलास्टिक कारपेट ११५ थान र पलङ्गच्यादर १० थान वितरण गरेको कारितास नेपालका प्रमुख फदर अमलराज एस।जेले बताउनु भयो ।  
अग्नीपिडीत शरणार्थीलाई अन्य बस्तु पनि वितरण कार्य गर्ने योजनमा कारितास नेपाल रहेको समेत फदर अमलराज एस।जेले कार्यक्रममा जानकारी दिनुभएको छ ।
  यसैविच शरणार्थी यूवाले आगलागी सम्बन्धि सतर्कता’ नामक सडक नाटक प्रस्तुत गरि कार्यक्रमलाई रोजकिलो भनाएका थिए । नाटकलाई लेखन तथा निर्देशन दिलन समालले गरेका थिए ।
भिषण आगलागीबाट जम्म ६९ छाप्रा जलेर नष्ट भएको थियो । अहिले सम्पूर्ण छाप्राको निमार्ण कार्य सम्पन्न भईसकेको छ ।

1 comment:

  1. hello... hapi blogging... have a nice day! just visiting here....

    ReplyDelete