गजल
म्ाटो सँग मिल्ने शक्ति देउ मरे पिछ
ह्ारमा जित हुन सिके आफु परे पिछ
सबले भन्थे फूलवारीमा फूल सुवासको
छानी छानी तानी तानी लानुपर्छ रङ्ग भरे पछि
मनले मनसँग बातचित गरायो मेची सम्म
उनले भनिन् हामी एक भयौ सुनकोश तरेपिछ
दुख सुखको जिन्दगी रहेछ दुइ किनारा
उनले हात हल्लाई रहिन् म होराली झरेपिछ
२
वर्षबनि परेलीमा चुन मन लाग्छ
आँसु बगाई पिडाहरु धुन मन लाग्छ
मौसम जति बढ्ले पनि ब्यथा बढ्लिएन
उही कथा सम्झि मलाई रुन मन लाग्छ
बिसौ्र भन्छु पुरानो चोट झन बल्झि दिन्छ
किन होला पागल जस्तो हुन मन लाग्छ
एक्लै बसी सुन्यतमा त्यसै हराउदै
च्यातिएको आफ्नै तस्बिर छुन मन लाग्छ
३
नङ्ग र मासुको सम्बन्ध खास एकै हो
र पछि अनि हुदै फेरिने दोरो सास एकै हो
मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय
अचम छ अन्धकारमाथि प्रकाश चल्ने बतास एकै हो
हुदाँ हुदाँ दिनपछि महिना॥अनि बर्ष हुन्छ
उनले टेक्ने धर्ती र मैले हेर्ने अकाश एकै हो
अन्तमा जीवन जिउनका लागि रङ्गि संसार पाए
त्यसमा शरिर नरहे आत्म रहन्छ अखिर लास एकै हो
४
रुवाइ
किन टाँडा बन्छौ जुन भन्दा पिन
आखिर नाता एकै हो खुन भन्दा पिन
छदै छैन् हुदै होइन त्यस्तो अरु केही
सब मनै त हो ठूलो आखिर सुन भन्दा पिन
No comments:
Post a Comment