Saturday, July 31, 2010

भोक हडताल फिर्ता

राहत पीडित भुटानी शरणार्थीले शुरु गरेको भोकहड्ताल कार्यक्रम फिर्ता भएको छ । ।
हिजो स्थानिय प्रशासनले माग सम्बन्धित निकायमा पुर्याउने आश्वासन दिएर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन शरणार्थी समूदायलाई आग्रह गरेको थियो ।

Friday, July 30, 2010

अधिकारीहरुको आग्रह


nandi poudel read out ten points



पाँचदिनदेखि भोक हडतालमा बसेका भुटानी शरणार्थीलाई आन्दोलन स्थागित गर्न अधिकारीहरुले आग्रह गरेका छन् ।
आज झापा सदरमुकाम चन्द्रगढीमा सातै शिविर ब्यवस्थापन समितीका सचिब र राहत बिाचत पिडित शरणार्थीका प्रतिनिधिसगँको छलफलमा शरणार्थी समन्वय इकाइका निर्देशक तथा प्रमुख जिल्ला अधिकारी यादब प्रसाद अधिकारीले त्यस्तो आग्रह गरेका हुन् ।

शिबिर भित्र

 1.टिमाई शरणार्थी शिबिरमा भलिबल प्रशिक्षक प्रशिक्षण भईरहेको छ ।
गएको बुधबार शुरु त्यो प्रशिक्षणमा सातैवटा शिबिर र शिबिर आसपासका समेत ४४ युबा सहभागि छन् । प्रशिक्षार्थी मध्ये १४ महिला छन् ।
प्रशिक्षण ७ अगस्त सम्म चल्ने छ ।
प्रशिक्षणमा झापा जिल्ला खेलकुद समितीकी भलिबल प्र्रशिक्षक हिमा थापा स्रोत ब्यक्ती रहनु भएको छ ।
प्रशिक्षण प्रशिद्ध स्पेनी फुटबल क्लब एफसी बासर्ीलोनाको सहयोग रहेको युबा मैत्री केन्द्र कारितासका कार्यक्रम सहसंयोजक मनोरथ पोखरेलले बताउनु भएको छ ।

Wednesday, July 28, 2010

शिविरमा मनि ट्रान्सफर

भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना हुन थालेपछि झापाको दमक आसपासमा दैनिक रु १० लाख रेमिटेन्समार्फत भित्रिने गरेको छ ।

तेस्रो दिन भोक हड्ताल जारी

राहतको माग गर्दै आन्दोलनरत भुटानी शरणार्थीहरुले आज तेस्रो दिन पनि भोक हड्ताल जारी राखेका छन ।


राहत पिडित ३ हजार एक सय ९० भुटानीहरुले झापा र मोरङका सातै शिविरमा हड्ताल गरिरहेका छन । प्रमाणिकरणबाट छुटेका शरणार्थीहरुले राहत नपाइएको भन्दै एक हप्ते हड्तालमा बसेका छन ।

भलिबल प्रशिक्षण

टिमाई शरणार्थी शिविरको युवा मैत्री केन्द्रले मिति २०१०.०७.२८ बुधबारदेखि भलिबल प्रशिक्षण साचालन गरेको छ । शरणार्थी युवा र शरणार्थी प्रभावित क्षेत्रका युवा सुरक्षा निकाय लगायत विभिन्न सघं-संस्थाका प्रतिनिधिहरु विच सुमधुर सम्बन्ध कायम रहोस् भन्दै ूअभ्यिासले नै प्ररिपक्व बनाउछू मूल नारालाई समेटेर ११ दिनसम्म साचालन गर्ने कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चा एस.जे.ले बताउनु भयो ।

कस्ले गर्ला सहयोग

गत शुक्रवार शरणार्थी शिविरमा अज्ञात समूहले चलाएको गोली लागि घाइते भएका सहवीर सुब्बाको उपचारमा समस्या भएको छ ।
धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका उनलाई दाता निकायले समेत सहयोग नगरेको परिवारले गुनासो गरेका छन् ।

उनको कोखामा गोली लागि सख्त घाईते भएका थिए । उपचार गर्न लाग्ने पैसाको अभावमा समस्या भएको सहवीरका दाजु आईतराजले बताउनु भयो ।

साथीभाई र छरछिमेकसँग ऋण काडेर उपचार गर्दा हालसम्म ३५ हजार रुपैयाँ खर्च भईसकेको उहाँले जानकारी दिनुभयो ।

शिविर भित्र

                   सोलर बत्ती चोरी गर्न पक्राउ

झापाको दमक स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा सोलार बत्ती चोरी गर्ने कार्यमा संम्पन्न तीनजना पक्राउ परेका छन् ।

दाता निकाय लुथरन विश्व फेडेरेशन नेपालले भूटानी शरणार्थी शिविरको सर्वजनिक स्थलमा सोलार प्यानल जडान गरेको छ ।

बत्ती हराउन थालेपछि निगरानी गर्ने क्रममा बेलडाँगी १ का १८ बर्षिय दिलीप राई २२ बर्षिय मंगल सिङ्ग गुरुङ्ग १८ बर्षिय सन्तोस राई लाई पक्राउ गरिएकॊ सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याप्मका सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र निरैलाले बताउनु भयो ।

उनीहरुले चोरी गरेको बत्ती चुलाचुली ८ बस्ने मनमाया कार्कीलाई दश हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरी समक्ष बयान दिएको निरौलाले जानकारी दिनुभयो ।

चेतनामूलक कार्यक्रममा शरणार्थी युवाहरूको सकृयता

नेपालका पुर्वी भागहरूमा हुने विभिन्न सामाजिक, चेतनामूलक तथा मनोरञ्जनात्मक लगायतका सवैखाले कार्यक्रमहरूमा भूटानी युवाहरूको सहभागिता बढ्न थालेको छ । केही समयअघि दमकमा भएको साँगितिक कन्सर्टमा भूटानीहरूको सकृय सहभागिता रहेको थियो भने अन्य धेरै कार्यक्रमहरूमा भूटानी शरणार्थी युवाहरू उत्तिकै लागिपरिरहेका छन् ।

Tuesday, July 27, 2010

सहायता बि~ाचत शरणार्थीको भोक हडताल

दमक । सहायताबाट बिाचत भुटानी शरणाथीहरुले सोमबारदेखि झापा र मोरङका शिबिरमा रित्तो थाल बोकेर भोक हडताल गरिरहेका छन् ।
दुईमहिना अघि गठित सहायता बिाचत पिडित शरणार्थी समुहको आब्हानमा भोक हडतालमा बसेका शरणार्थीले सहायता दिन नथालिएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
हिजो शुरु रिले भोक हडतालमा सहायता बिाचत शरणार्थी पालै पालो बसिरहेको सहायता बिाचत पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेलले बताएका छन् ।

Sunday, July 25, 2010

युवा सहभागिताबाट व्यावसायिक यौन शोषणको अन्त्य



सीमा क्षेत्र लघु योजनाअनुरुप नेपाल र भारतको सिमानामा भईआएका बालबालिका तथा महिला बेचविखन सम्बन्धी शनिबार नेपालको काकडभिट्टामा माइती नेपालले कडा सुरक्षाको माग गर्दै जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेको छ ।
बालबालिका माथि हुने ब्यावसायिक यौन शोषणको विरुद्धमा युवा सहभागिता आजको आवश्यक्ता भन्दै नेपाल, भारत लगायत भूटानका कलाकारहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरि सम्वन्धित सबै निकायमा जानकारी दिएका छन् ।

Friday, July 2, 2010

शिविरस्तरीय निवार्चन

हिसा रहित समाज हाम्रो आर्दश मूल नाराका साथ स्थपना भएको भूटानी शरणार्थी बालमाचले शिविर स्थरिया २०१०को निवर्चन असार २८का दिन सोमबार सम्पन्न गरेको छ ।