Saturday, July 31, 2010

भोक हडताल फिर्ता

राहत पीडित भुटानी शरणार्थीले शुरु गरेको भोकहड्ताल कार्यक्रम फिर्ता भएको छ । ।
हिजो स्थानिय प्रशासनले माग सम्बन्धित निकायमा पुर्याउने आश्वासन दिएर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन शरणार्थी समूदायलाई आग्रह गरेको थियो ।

राहत बन्चीत पीडित समूहका संयोजक नन्दु पौडेलले एक विज्ञप्ति प्रकाशित गरि आज मध्यान्नबाट आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिएका छन् ।
शिविरमा मध्यन्नसम्म भने शरणार्थीहरु भोक हड्तालमा बसेका थिए । पन्ध्र दिनभित्र समस्याको विषयमा सम्बोधन गर्न आग्रह गरिएको अल्टिमेटम दिएर तत्काललाई आन्दोलन फिर्ता लिइएको बताइएको छ ।
पौडेलले शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्चायोगको दमक स्थित कार्यालयलाई अल्टिमेटम दिइएको बताए ।
हिजो जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा शरणार्थी समन्वय एकाईका निर्देशक तथा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालाले शरणार्थीको माग गृहमन्त्रालसम्म पुर्याउने आश्वासन दिएका थिए ।
गत सोमवारदेखि शरणार्थीहरु बिहान ९ देखि बेलुका ५ बजेसम्म भोक हड्तालमा बस्दै आएका थिए । राहतबाट बन्चीत शरणार्थीको संख्या ३ हजार १ सय ९० रहेको समितिले जनाएको छ ।

No comments:

Post a Comment